होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
भारत भ्रमणको क्रममा रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज उच्चस्तरीय भेटवार्ता गर्ने भएका छन् । भारतीय जनता पार्टीको निमन्त्रणामा हिजो प्रचण्ड भारत प्रस्थान गरेका थिए । आज प्रचण्डले भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डासँग भाजपा मुख्यालयमा भेटवार्ता गर्नेछन् । प्रचण्डले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशमन्त्री […]
काठमाडौँ — नेपाल प्रहरीका लागि हतियार खरिद प्रक्रिया विवादित बनेपछि अर्थ मन्त्रालयले रकम निकासा रोकेको छ । इटालीको हतियार चिनियाँ कम्पनीमार्फत नेपाली बिचौलियाको सेटिङमा किन्नका लागि प्रतीतपत्र (एलसी) खोल्न लागिएको समाचार शुक्रबार कान्तिपुरमा छापिएपछि अर्थ मन्त्रालय आफैंले रकमान्तर गरेको ८४ करोड रुपैयाँको निकासा रोकेको हो । प्रहरीले हतियार र गोलीगट्ठा खरिद गर्न २०७९ असार मसान्तभित्र एलसी खोल्ने […]
काठमाडौँ — असारयता वृद्धि हुँदै आएको कोभिडको दैनिक संक्रमण नरोकिने देखिएपछि अस्पतालहरूलाई उपचारका लागि तयारी अवस्थामा रहन स्वास्थ्य सेवा विभागले निर्देशन दिएको छ । असार १ यता शुक्रबारसम्म दैनिक संक्रमण दर १० गुणा र सक्रिय संक्रमितको संख्या १३.२३ गुणाले बढेको हो । असार १ मा देशभर ९७ जना सक्रिय संक्रमित र दैनिक संक्रमण दर ०.६४ थियो । ३० […]
धनगढीः सुदूरपश्चिम प्रदेशभर विद्युत सेवा अवरुद्द रहेको छ। टनकपुरतर्फको प्रसारण लाइन र नेपाल तर्फको राष्ट्रिय प्रसारण लाईनमा समस्या आउँदा विद्युत अवरुद्द भएको हो। अहिले सुदूरपश्चिम तथा कर्णाली प्रदेशका विभिन्न स्थानहरुमा विद्युत सेवा अवरुद्द रहेको विद्युत प्रादेशिक कार्यालय अत्तरियाले जनाएको छ। यस्तै समस्या समाधानको कार्य भइरहेकाले विद्युत सेवा सुचारु हुन केहीँ समय लाग्ने बताइएको छ। विद्युत […]
धनगढीः सुदूरपश्चिम प्रदेशको बेरुजु रकम झन बढेको पाइएको छ। महालेखापरीक्षकको चौथो वार्षिक प्रतिवेदन २०७९ अनुसार यो प्रदेशको बेरुजु रकम बढेर एक अर्ब ५४ करोड ९६ लाख रुपियाँ पुगेको छ। महालेखापरीक्षकले आर्थिक वर्ष २०७७–७८ को वार्षिक खर्चको लेखापरीक्षण गरेर प्रतिवेदन सार्वजनिक गरेको हो। गत वर्षसम्म यो प्रदेशको बेरुजु रकम एक अर्ब २३ करोड तीन लाख १० […]
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३ हजार ७१८ नमुना परिक्षण गर्दा २२९ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल सक्रिय संक्रमितको संख्या १२८४ पुगेको छ । जसमध्ये १ हजार ६४४ जनाको पीसीआर परीक्षण गर्दा १६१ जना […]
काठमाडौं । श्रीलंकामा प्रधानमन्त्री रनिल विक्रमसिंहेले कार्यवाहाक राष्ट्रपतिको सपथ लिएका छन् । आर्थिक संकट गहिरिएका कारण आन्दोलन चर्किएपछि मुलुक छाडेर माल्दिभस हुँदै सिंगापुर पुगेका राष्ट्रपति गोटाबाय राजपक्षले बिहीबार राजीनामा दिएसँगै कार्यवाहाक राष्ट्रपतिको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री विक्रमसिंहेले शुक्रबार सपथ लिएका हुन् । एनले प्रधानमन्यायाधीश जयन्थ जयसुरियासामू सपथ लिएका हुन् । राजपक्षले नै विक्रमसिंहेलाई बुधबारै कार्यवाहाक राष्ट्रपतिमा […]
काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागमा तीन महिनादेखि रिक्त अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा कुलदेव थापा बढुवा भएका छन् । शुक्रबार बसेकोे मन्त्रिपरिषद् बैठकले थापालाई मुलुकको गुप्तचरी निकाय राअविको दोस्रो वरियताको पद अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा बढुवा गरेको हो । थापा हाल गुप्तचरका लागि गण्डकी प्रदेश प्रमुखका रुपमा कार्यरत थिए । एआईजी सरहको अतिरिक्त मुख्य अनुसन्धान […]
झन्डै ३ वर्षपछि प्रतिनिधि सभाले उपसभामुख पाएको छ । नेपाली काँग्रेसकी सांसद पुष्पा भुषाल गौतम प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित भएकी छिन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा भएको निर्वाचनमा एमालेबाट उपसभामुखको उम्मेदवार रहेकी विद्या भट्टराईलाई पराजित गर्दै भुसाल निर्वाचित भएकी हुन् । १ सय ४८ मत पाएर भुसाल बहुमतले विजयी भएकी हुन् । ९३ सांसदले मत […]
काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित भएकी छन् ।शुक्रबार संसदमा भएको मतदानमा पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सांसद भुसालको पक्षमा १४८ मत परेको थियो । उनको विपक्षमा ९३ मत परेको थियो । एक जना भने तटस्थ बसेका थिए ।उपसभामुखमा भुसाल र नेकपा एमालेकी विद्या भट्टराई उम्मेदवार थिए । भुसाललाई उपसभामुखमा चयन गरियोस […]
काठमाडौं । उपसभामुख चयनका लागि संसदमा मतदान सुरु भएको छ । उपसभामुखका लागि नेपाली कांग्रेसकी पुष्पा भुसाल र नेकपा एमालकी विद्या भट्टराई उम्मेदवार छन् । २०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि अहिलेसम्म खाली रहेको यो पदमा आज चुनाव भएको हो । भुसाल पाँच दलीय सत्ता गठबन्धनका तर्फबाट उपसभामुखमा साझा उम्मेदवार […]
काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भारतको तीनदिने औपचारिक भ्रमणका क्रममा शुक्रबार दिउँसो नयाँदिल्ली पुगेका छन् । शुक्रबार दिउँसो उनी नेपाल एयरलाइन्सको विमानमार्फत स्वकीय सचिवहरू छोरी गंगा दाहाल र रमेश मल्लसहित उनी नयाँदिल्ली ओर्लिएका हुन् । स्वकीय सचिव मल्लका अनुसार दाहाललाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय जनता पार्टी(भाजपा) विदेश विभाग प्रमुख विजय […]
काठमाडौं । शुक्रबार प्रतिनिधिसभाको प्रत्यक्ष रिर्पोटिङमा पत्रकारलाई निषेध गरिएको छ । उपसभामुखको निर्वाचन हुँदै गर्दा मर्यादापालकहरुले बाल्कोनी (ग्यालरी)मा गएर प्रत्यक्ष रिर्पोटिङ गर्न रोक लगाएका छन् । उनीहरुले ‘माथिको आदेश’ भन्दै पत्रकारलाई बाल्कोनी जानमा रोक लगाएका हुन् । प्रतिनिधि सभामा उपसभामुख चयनको प्रक्रिया सुरु भएको छ । उपसभामुखका लागि नेपाली कांग्रेसकी पुष्पा भुसाल र नेकपा एमालेकी […]
काठमाडौँ — श्रीलंकाको नयाँ राष्ट्रपति चयनका लागि आगामी जुलाइ २० मा निर्वाचन हुने भएको छ । निवर्तमान राष्ट्रपति गोटाबाया राजापाक्ष देश छाडेर भागेपछि यहाँको संसद्ले नयाँ राष्ट्रपति चयन गर्न लागेको हो । शुक्रबार सभामुख महिन्दा यापा अबेयर्दानेले नयाँ राष्ट्रपति चयनको मिति घोषणा गरेका हुन् । देश छाडेर शरण लिन माल्दिभ्स हुँदै सिंगापुरमा पुगेर बसेका निवर्तमान […]
एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट खारेज भएको छ । सर्वोच्च अदालतले शुक्रबार आईजीपी नियुक्तिविरुद्ध पोखरेलले दायर गरेको रिट खारेज गर्ने फैसला गरेको हो। यससँगै पोखरेलको आईजीपी बन्ने सपना चकनाचुर भएको छ। सर्वोच्चका प्रवक्ता विमल पौडेलले पौडेलले कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले पोखरेलको मुद्दा खारेज गर्ने फैसला गरेको जानकारी दिए । […]
पछिल्लो दुई सातायता कोरोना संक्रमण दर तीन गुणा बढेको छ।स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो दुई सातामा ४३ हजार ४३९ जनाको परीक्षण गरिएकोमा १६५५ जनामा संक्रमण पुष्टि भएको छ। यो भनेको ३.८ प्रतिशत संक्रमण दर हो। जबकि त्यसअघि संक्रमण दर जम्मा १.१७ प्रतिशत थियो। असार १ देखि १५ गतेसम्म कुल ४१ हजार २२४ जनाको परीक्षण गर्दा […]
गृहमन्त्री बालकृष्ण खाँणले संविधानमा भएको प्रावधानहरुको आधारशिलामा उभिएर नै सरकारले नागरिकता सम्बन्धी विधेयक ल्याएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री खाँणले संविधानको भावना अनुसार नै नागरिकता विधेयक ल्याइएको दावी गरे । उनले यसअघि २ वर्ष लगाएर राज्य व्यवस्था तथा […]
नागरिक रैबार बाजुरा ३१ असार । नेकपा एमाले जिल्ला कमिटी बाजुराकाे सचिवालय बैठक मार्तडीमा बसिरहेकाे छ । स्थानीय तह निर्वाचन पछि पहिलाेपटक बसेकाे एमालेकाे सचिवालय बैठकमा निर्वाचनकाे समीक्षा लगाएत जिल्ला समन्वय समितिकाे पदाधिकारीमा कसलाई बनाउने भन्ने विषयमा समेत छलफल गरिने भएकाे छ । एमाले जिल्ला कमिटी अध्यक्ष कालिबहादुर शाहीकाे अध्यक्षतामा बसेकाे पार्टीकाे सचिवालय बैठकमा एमालेका […]
काठमाडौं : प्रतिनिधि सभाबाट नेपाल नागरिकता (पहिलो संशोधन विधेयक) २०७९ पारित भएको हो।सो विधेयक बुधबार गृहमन्त्री बालकृष्ण खाडले सदनमा प्रस्तुत गरेका थिए। सो विधेयकमाथि बिहीबार र शुक्रबार दफावार छलफल भएको थियो। आज दफावार छलफल सकिएपछि सभामुख अग्निप्रसाद सापकोटाले पारित भएको घोषणा गरेका हुन्। पहिले नै संसदमा टेबुल भएको नागरिकता विधेयक मन्त्रिपरिषद बैठकले फिर्ता लिएर पुन: […]
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल उत्साहका साथ भारत जान लागेको बताएका छन् । भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नड्डाको निम्तोमा प्रचण्ड शुक्रबार भारत प्रस्थान गरेका छन् । भारत जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले आफ्नो भ्रमण सद्भावना भ्रमण भएको बताए । साथै उनले भ्रमण आकस्मिक नभएको समेत दाबी गरे […]