होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • यस्तो छ भारत भ्रमणमा रहेका प्रचण्डको आजको कार्यसूची
समाचार

यस्तो छ भारत भ्रमणमा रहेका प्रचण्डको आजको कार्यसूची

  • नागरिक रैबार
यस्तो छ भारत भ्रमणमा रहेका प्रचण्डको आजको कार्यसूची

भारत भ्रमणको क्रममा रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज उच्चस्तरीय भेटवार्ता गर्ने भएका छन् । भारतीय जनता पार्टीको निमन्त्रणामा हिजो प्रचण्ड भारत प्रस्थान गरेका थिए ।

आज प्रचण्डले भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डासँग भाजपा मुख्यालयमा भेटवार्ता गर्नेछन् । प्रचण्डले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशमन्त्री एस जयशङ्करसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रचण्डले भोलि बिहान भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । मोदीसँगको भेटपछि प्रचण्ड भोलि नै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार