होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • लेवान्डोस्की बार्सिलोना जाने पक्का
समाचार

लेवान्डोस्की बार्सिलोना जाने पक्का

  • नागरिक रैबार
लेवान्डोस्की बार्सिलोना जाने पक्का

काठमाडौं । फरवार्ड रोबर्ट लेवान्डोस्की स्पानिस क्लब बार्सिलोना जाने लगभग पक्का भएको छ । बार्सिलोनाले लेवान्डोस्कीलाई बायर्न मयुनिखबाट ५० मिलयन युरोमा अनुबन्ध गर्न सहमतीमा पुगेको स्काई स्पोर्ट्सले उल्लेख गरेको छ ।

फुटबल सरुवा बजारका विज्ञ फाब्रिजियो रोमानोले लेवान्डोस्कीले बार्सिलोनासँग यतै साता सम्झौता गर्ने बताएका छन् । स्काई स्पोर्ट्सका अनुसार लेवान्डोस्की स्वास्थ्य परिक्षणका लागि शनिवार स्पेन जानेछन् ।

उनले बार्सिलोनासँग तीन वर्षको सम्झौता गर्ने र एक वर्ष सम्झौता थपको विकल्प समेत रहेको स्काई स्पोर्ट्सले जनाएको छ । जर्मन च्याम्पियन बायर्नसँग एक वर्षको सम्झौता बाँकी हुँदै पोल्याण्डका लेवान्डोस्कीले क्लब छाड्न चाहेको बताउँदै आएका थिए ।

विज्ञापन

चेल्सी र पेरिस सेन्ट जर्मेनबाट आएको प्रस्ताव अस्वीकार गर्दै लेवान्डोस्कीले बार्सिलोना नै जान चाहेको बताउँदै आएका थिए ।बार्सिलोना प्रि सिजन टुर सकाएर फर्केपछि लेवान्डोस्कीलाई क्लमा प्रस्तुत गरिने मार्काले उल्लेख गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार