होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले काठमाडौं–तराई/मधेस द्रुतमार्गको काम निर्धारित समयमा सम्पन्न गर्नेगरी कार्ययोजना बनाउन निर्देशन दिएको छ । सोमबार बसेको समितिको बैठकले काठमाडौं–तराई/मधेस द्रुतमार्ग आयोजनाको हालसम्मको अवस्था हेर्दा निर्धारित समयमा काम सम्पन्न हुन नसक्ने निस्कर्ष निकालेको हो । समितिले पूर्वनिर्धारित कार्यतालिका बमोजिम ठेक्का व्यवस्थापनका कामहरु हालसम्म हुन नसकेको भन्दै निर्धारित समयमा सम्पन्न गर्नका लागि […]
काठमाडौं । आगामी दिनमा मूल्यवृद्धि अझै उच्च हुने देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिक अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजाले आगामी तीन महिनामा मूल्यवृद्धि उच्च हुने बताएको हो । सर्वेक्षण अनुसार आागमी तीन महिना १४ प्रतिशतले मूल्य बढ्ने अपेक्षा गरिएको छ । त्यस्तै आगामी एक वर्ष पछिको अपेक्षित मुद्रास्फीति […]
सर्वोच्च शिखर सगरमाथा चुचुरोमा छायांकन भएको फिफा वर्लडकपको नेपाली गीत सार्वजनिक भएको छ। गायक पूर्ण राईले गाएको गीतलाई आरोही नर्बिन मगरले लेखेका हुन्। गीतलाई विकास चौधरीले संगीत दिएका छन्। सगरमाथाको चुचुरोमा पुगेर गीत रेकर्ड गराउँन आरोही नर्बिन मगरको नेतृत्वमा आङदावा शेर्पा, स्वस्थानी मगर र दोर्ची शेर्पाले गाइड गरेका थिए। त्यहाँ पुगेर गीतको भिडिओ खिच्न निकै […]
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२ छपकैयाँकी ४ वर्षीया बालिका साउन ५ गतेदेखि नै हराइरहेकी थिइन् । बेलुका ७ बजेसम्म घर नआएपछि परिवारले खोजी सुरु गरे । अभिभावकले छरछिमेक, साथीभाइ र आफन्त सबैसँग सोधखोज गरे । तर उनी फेला परिनन् । भोलिपल्ट साउन ६ गते शुक्रबार हजुरबुबा मो.मैनुदिन मिया ठकुराईले नातिनी हराएकाले खोजी दिन आग्रह गर्दै प्रहरीमा […]
नेपालटारमा मृत फेला परेकी लोक गायिका दिलमाया सुनारको हत्या आरोपमा पक्राउ परेका सूर्य श्रेष्ठलाई अदालतले थुनामा राख्न आदेश गरेको छ । सिन्धुपाल्चोक घर भएका सूर्य श्रेष्ठलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको थियो । आइतबार जिल्ला अदालत काठमाडौँको आदेशले उनलाई मुद्दा पुर्पक्षका लागी केन्द्रीय कारागार चलान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले बताए । […]
काठमाडौं । भारतकी नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मूले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।विपक्षी दलका उम्मेदवार यशवन्त सिन्हालाई पराजित गर्दै एनडीएकी मुर्मू राष्ट्रपति निर्वाचित भएकी हुन् । झारखण्डकी पूर्व राज्यपाल समेत रहेकी मुर्मू पहिलो आदिवासी र दोस्रो महिला राष्ट्रपति हुन् ।
बागमती — नेपाल प्रेस युनियनको केन्द्रीय अध्यक्ष पदमा शिव लम्साल ७४५ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी अनिता विन्दुले ६१२ मत प्राप्त गरेकी छन् । युनियनको हेटौंडामा आइतबार सम्पन्न नवौं महाधिवेशन अन्तर्गतको निर्वाचनमा एक हजार ६७९ मतदातामध्ये एक हजार ३९७ मत खसेको थियो । यसैगरी वरिष्ठ उपाध्यक्ष पदमा प्रेम केसी, उपाध्यक्षद्वयमा […]
दार्चुला — दार्चुला सदरमुकाम खलंगा बजार र सीमावर्ती भारतको धारचुला बजारमा भारी बोक्ने अधिकांश ग्रामीण भेगका महिला कामदार भेटिन्छन् । घरको कमजोर आर्थिक अवस्था भएका महिलाहरू नेपाल र भारत वारिपारि भारी ओसारेरै घरखर्च चलाउँदै आएका छन् । सामान्य खेतीपातीबाहेक वैकल्पिक रोजगारी नभएपछि उनीहरू भारी बोकेर घरखर्चसँगै बालबालिकाको पढाइ खर्चसमेत धानिरहेका छन् । गाउॅका पाखोबारीबाट वर्षभरिलाई खान नपुग्ने भएपछि […]
काठमाडौँ — राष्ट्रिय सभाको सोमबारको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ टेबुल भएको छ । आज बसेको राष्ट्रिय सभाको पहिलो बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई सभा समक्ष टेबुल गरेका हुन् । त्यस्तै उनले नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक २०७६ र जेष्ठ नागरिक […]
धनगढी: के तपाईंलाई राति सुत्ने बेला उठेर बत्तीको स्वीच अफ(बन्द) गर्न अल्छी लाग्ने गर्छ? वा, हामीले शारीरिक अपांगता भएका व्यक्तिहरुलाई बत्ती, पंखा, फ्रिजलगायत विद्युतीय उपकरण बन्द तथा खुला गर्न अप्ठारो भएको देखेका छौं। स्वीच टाढा भएर, शारीरिक अपांगता भएर वा अन्य कुनै कारणले इलेक्ट्रोनिक्स डिभायस (उपकरण)लाई कन्ट्रोल गर्न अप्ठ्यारो हुने समस्याको समाधान धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी […]
नागरिक रैबार बाजुरा ७ साउन बडीमालिका नगरपालिकाले भाैनेराका बाढीपीडित ४ परिवारलाई खाद्यान्न सहयाेग गरेकाे छ । साउन ४ गते बुढीगंगा नदिमा आएकाे बाढीका कारण बडीमालिका २ काे भाैनराका ४ परिवारकाे घरमा क्षति पुगेकाे थियाे । बाढीका कारण भाैनेराका तर्कराज पंडित, लक्ष्मी पंडित, चन्द्रराज पंडित र अम्मराज पंडितकाे घरमा क्षेति पुगेकाे थियाे । बाढीपीडित परिवारलाई केही […]
काठमाडौं । नेपाल राष्ट्र बैंक अनिवार्य नगद मौज्दात (सीआरआर) को सीमा बढाएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाले कायम गर्न सीआरआर अनुपात ३ प्रतिशतबाट बढाएर ४ प्रतिशत कायम गरेको छ । कोभिड अगाडि ४ प्रतिशत रहेको सीआरआर २०७६ चैत १६ मा एक निर्देशनमार्फत ३ प्रतिशत कायम गरीएको थियो । नयाँ नीतिमार्फत राष्ट्र बैंकले […]
काठमाडौं । पछिल्लो २४ घण्टामा ४५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन जार ८३८ परीक्षणमा ४५६ जनामा संक्रमण पुष्टि भएको हो । दुई हजार १६८ पीसीआर परीक्षणमा ३८४ र एक हजार ६७० एन्टिजेन परीक्षणमा ७२ जना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ८० […]
धनगढीः धनगढीमा रहेको निसर्ग अस्पतालले ऐश्वर्य विद्या निकेतनलाई स्वास्थ्य सेवामा छुट दिने भएको छ। हस्पिटलका अध्यक्ष तीर्थ राज पन्त र विद्यालयको तर्फबाट प्राचार्य प्रेम निधि ओझाले आज सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। ऐश्वर्य विद्या निकेतनले निसर्ग हस्पिटललाई बिरामी उपचारको लागी पठाउँदा संस्थाको पत्र र बिरामीको परिचय खुल्ने कागजातको प्रतिलिपि पेस गर्नुपर्ने बताएको छ। सम्झौता २०७९ […]
नागरिक रैबार/बाजुरा ६ साउन। बुढीगंगा नगरपालिकाले पालिकाको नगरसभा साउन १४ गते गर्ने निणर्य गरेको छ । नगरपालिकामा आज बसेको कार्यपालिका बैठकले साउन १४ गते नगर सभा गर्ने निणर्य गरेको हो । साउन ९ गते भित्र नगरका १० वटै वडामा भेला गरि सक्न कार्यपालिकाको बैठकले सम्वन्धित ठाउँका वडा अध्यक्षहरुलाई निर्देशन गरेको नगर प्रबक्ता जैशीले बताएका छन् […]
नेपाल प्रहरीका अतिरिक्त महानिरिक्षक (एआईजी) मुकुन्दराज आचार्य सवार गाडी दुर्घटना भएको छ । बागमती अञ्चल ७४७३ नम्बरको गाडी बाराको कोहल्वीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । एआईजी आचार्य जनकपुरबाट कोहल्वी तर्फ आइरहेका थिए । बाराका डिएसपी राजेश थापाका अनुसार दुर्घटनाबाट गाडीमा सामान्य क्षती पुगेको छ । एआईजी आचार्यसहित गाडीमा सवार सवै सकुसल […]
शुक्रबार आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति आउँदैछ । मौद्रिक नीतिमार्फत खस्किएको भनिएको सेयर बजार पुनः मौद्रिक नीतिले नै ठिक पार्ने अपेक्षा गरिएको छ । तर, शुक्रबार मौद्रिक नीति आउने दिन नै भने सेयर बजारमा २७ अंकमाथिको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक २७.२६ अंकले घट्दै २ हजार १७.४६ […]
काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा गम्भीर घाइते वा विरामी भई विभिन्न देशका विभिन्न अस्पतालमा सघन उपचार गराइरहेका नेपालीहरुको स्थिति बुझ्न सरकारले कार्यदल गठन गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले त्यस्ता श्रमिकहरुको उद्धार गर्न तथा आवश्यक सहयोग गर्न मन्त्रीस्तरीय निर्णयबाट एक कार्यदल गठनका निम्ति निर्देशन दिएका छन्। तीन सदस्यीय […]
नागरिक रैबार/बाजुरा ६ साउन। बाजुराको बुढीगांगा नगरपालिकाले नगरको प्रबक्तामा हेमराज जैशीलाई तोकेको छ । शुक्रबार बसेको कार्यापालिकाको बैठकले वडा नम्बर ६ का वडा अध्यक्ष समेत रहेका जैशीलाई नगरको प्रबक्ता तोकेको हो । असार २३ गते सम्पन्न बुढीगंगा नगरपालिकाको निर्बाचन पछि नगरमा नयाँ जनप्रतिनिधिहरु आएका थिए । नयाँ जनप्रतिनिधिहरु आएसंगै शुक्रबार नगर कार्यपालिकाको बैठक बसेको थियो […]
धनगढीः सिरहाको लहान नगरपालिकाका उपमेयर राम चलितर महतोविरुद्ध बलात्कार प्रयासको जाहेरी परेको छ। एक महिलालाई जागिर लगाइदिन्छु भन्दै कोठामा लगेर बलात्कारको प्रयास गरेको आरोपमा महतोविरुद्ध जाहेरी दर्ता भएको हो। पीडित महिलाले महतोमाथि इलाका प्रहरी कार्यालय लहानमा जबरजस्ती करणी उद्योगसम्बन्धी जाहेरी दर्ता गराएकी हुन्। केही दिन अगाडि नगरपालिकामा दैनिक ज्यालादारीमा कम्प्युटर अपरेटरसम्बन्धी विज्ञापन खुलेको थियो। ति […]