होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • राष्ट्र बैंकले बढायो सीआरआर र एसएलआर
समाचार

राष्ट्र बैंकले बढायो सीआरआर र एसएलआर

  • नागरिक रैबार
राष्ट्र बैंकले बढायो सीआरआर र एसएलआर

काठमाडौं । नेपाल राष्ट्र बैंक अनिवार्य नगद मौज्दात (सीआरआर) को सीमा बढाएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाले कायम गर्न सीआरआर अनुपात ३ प्रतिशतबाट बढाएर ४ प्रतिशत कायम गरेको छ ।

कोभिड अगाडि ४ प्रतिशत रहेको सीआरआर २०७६ चैत १६ मा एक निर्देशनमार्फत ३ प्रतिशत कायम गरीएको थियो ।

नयाँ नीतिमार्फत राष्ट्र बैंकले वैधानिक तरलता (एसएलआर) अनुपात पनि बढाएको छ । वाणिज्य बैंक १२ प्रतिशत र विकास बैंक र वित्त कम्पनी १० प्रतिशत वैधानिक तरलता अनुपात कयम गर्नुपर्ने २०७९ पुसम्म अवधि दिने राष्ट्र बैंकले जनाएको छ ।

विज्ञापन

यसअघि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले कायम गर्नुपर्ने विद्यमान वैधानिक तरलता अनुपात क्रमशः १० प्रतिशत, ८ प्रतिशत र ७ प्रतिशत थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार