होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सगरमाथा चुचुरोमा फिफा विश्वकपको गीत
समाचार

सगरमाथा चुचुरोमा फिफा विश्वकपको गीत

  • नागरिक रैबार
सगरमाथा चुचुरोमा फिफा विश्वकपको गीत

सर्वोच्च शिखर सगरमाथा चुचुरोमा छायांकन भएको फिफा वर्लडकपको नेपाली गीत सार्वजनिक भएको छ। गायक पूर्ण राईले गाएको गीतलाई आरोही नर्बिन मगरले लेखेका हुन्। गीतलाई विकास चौधरीले संगीत दिएका छन्।

सगरमाथाको चुचुरोमा पुगेर गीत रेकर्ड गराउँन आरोही नर्बिन मगरको नेतृत्वमा आङदावा शेर्पा, स्वस्थानी मगर र दोर्ची शेर्पाले गाइड गरेका थिए। त्यहाँ पुगेर गीतको भिडिओ खिच्न निकै गाह्रो भएको गायक पूर्ण राईले बताए।

‘सगरमाथा चुचुरोमा सोचेजस्तो एउटा तस्बिर खिच्न पनि कठिन काम हो। तर नेपाली आरोहीहरूले असाधारण इतिहास बनाएका छन्,’ उनले भने।

विज्ञापन

यो टोलीले पहिलोपटक फिफा वर्लडकपको ट्रफी (रेप्लिका) फिफा सम्बद्ध २११ राष्ट्रहरूको झण्डासहित गीत सार्वजानिक तथा सुटिङ सम्पन्न गरेका हुन्।

सन् २०२२ नोभेम्बर २१ देखि कतारमा फुटबल महासंग्राम फिफा वर्लडकप हुँदैछ। विश्व केन्द्रित सो कार्यक्रममा पनि यो टोलीले सगरमाथा उचाइमा पु¥याएका सामाग्रीसहित नेपालबाट सहभागीता जनाउने बताएका छन्। खेलकुद, पर्यटन, जलवायु परिवर्तन र विश्वशान्तीका लागि यो अभियानको सुरू भएको हो।

चुनौतिपूर्ण सगरमाथा चुचुरोमा सम्पूर्ण सामाग्री पु¥याइसकेको र गीत सार्वजानिक सँगै भिडिओ सुटिङसमेत सकिएकाले अबको अभियान अन्तरगत विश्वको सात महादेशको अग्लो हिमालको सफल आरोहण सम्पन्न गर्ने उनीहरूको उद्देश्य छ। साथै, नेपालको तर्फबाट फिफालाई संग्राहलयमा सुरक्षित राख्न सम्पूर्ण एतिहासिक सामाग्रीहरू हस्तान्तरण गर्ने लक्ष्य रहेको गायक राईले बताए।

यो गीत राईकै युट्युब च्यानलबाट सार्वजनिक भएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार