होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १९ मंसिर। नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले बाजुरामा बद्रि पाण्डेले जनताको जनमतबाट नभई गुण्डागर्दीबाट बुथ कव्जा गरेर चुनाव जितेकाे आराेप लगाएका छन् । साेमबार केपि बा स्पाेर्ट्स क्लव बाजुराले आयाेजना गरेकाे एक कार्यक्रममा बाेल्दै थापाले भने पाण्डेले बाजुरामा चुनाव जित्नकै लागि राज्य शक्तिकाे चरम दूरूपयाेग समेत गरेर चुनाव जितेकाे आराेप लगाएका […]
नागरिक रैबार/बाजुरा १८ मसिर । बाजुरा प्रदेश (ख) मा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका पदम बहादुर शाही बिजयी भएका छन । कुल ३९हजार १ सय अन्ठाउन्न मत खसेको निर्वाचन क्षेत्र २ (ख) मा मतगणनाको प्रारम्भिक चरण बाटै अग्रता कायम गर्नुभएका शाहीले २०हजार १ सय १९ मत प्राप्त गरि विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी […]
प्रतिनिधि सभा अप्डेट गणना भएकाे मत ३३४२६ सदर मत ३२७३६ बदर ६९० कर्णबहादुर थापा १४२१० सुर्य ब्रदिप्रसाद पाण्डे १८२३१ रूख प्रदेश २ (ख) पदम बहादुर शाही (रूख) १३६५५ लालबहादुर थापा (सुर्य) ११०९८
काठमाडौँ — निर्वाचन आयोगले अहिलेसम्म सात वटा राजनीतिक दलहरुले राष्ट्रिय पार्टीको मान्यता पाएको जनाएको छ । निर्वाचन आयोगका समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले शुक्रबार अपराह्नसम्मको समानुपातिकतर्फको मतपरिणामअनुसार नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय मान्यता प्राप्त दल बन्न पाउने गरी ३ प्रतिशत ‘थ्रेस […]
बाजुरा प्रदेश सभा (ख) अप्डेट: अहिलेसम्म ६९४१ गणना हुदाँ बदर ९० मत लाल ब थापा (सुर्य) ३५२६ पदम ब शाहि (रुख) ३२७० हलाे ५२ धारा ३ अन्तर २५६ हाल सम्म गणना भएको मतदान केन्द्र बुढिगंगा १,२ र ३ त्रिवेणि नपा ७,५ ,२ र ३
नागरिक रैबार/ बाजुरा १६ मंसिर । बाजुराकाे प्रदेश सभा (क)मा एकीकत समाजवादका नरेश शाहीले अग्रता लिएका छन् । उनले नेकपा एमाले उम्मेदवार बल्देब रेग्मि भन्दा १३ सय ६० मतले अग्रता लिएका हुन् । अहिलेसम्म ६ हजार ६ सय २७ मतगणना हुँदा शाहीले ३७ सय ४३ मत र रेग्मीको २३ सय ८३ रहेकाे छ । माओवादी […]
नागरिक रैबार/१६ मसिर। बाजुरामा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता कायम गरेका छन् । आज बिहानको मत परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डे ५ हजार १०६ मतसहित अगाडि छन् । उनलाई नेकपा एमालेका उम्मेदवार कर्ण थापाले ३ हजार ९९४ मतसहित पछ्याइरहेका छन् । उनीहरुबीचको अन्तर १ हजार ११२ मत छ ।
नागरिक रैबार/बाजुरा १५ मंसिर। बाजुरामा साढे ३ बजेपछि मतगणना सूरू हुने भएकाे छ । आज बसेकाे सर्वदलीय बैठकले साढे ३ बजेबाट मतगणना गर्ने निर्णय गरेकाे हाे । निर्वाचन आयाेगले १० दिनपछि हिजाे मतगणना गर्न निर्देशन दिएपछि मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले आज साढे ३ बजेबाट सुरू गर्ने जनाएकाे छ ।बाजुरा जम्मा मतदाता ८३ हजार५६७ मतदाता मध्ये […]
नागरिक रैबार।निर्माण व्यवसायी संघ बाजुराको अध्यक्षमा वीरेन्द्र बहादुर शाही निर्वाचित भएका छन् । संघको मार्तडीमा सम्पन्न छैटौ जिल्ला अधिवेशनबाट शाही सर्वसम्मत निर्वाचित भएका हुन् । शाही यस अघि पनि संघको जिल्ला अध्यक्ष नै थिए । जिल्ला अधिवेशनले अध्यक्षमा वीरेन्द्र बहादुर शाही सहीत प्रथम उपाध्यक्ष सुरत शाह, द्धितीय उपाध्यक्ष दीपा बोहरा, महासचिव रमबहादुर शाही, सचिव हिमाल […]
नागरिक रैबार/बाजुरा ९ मंसिर।प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनमा खटिएका म्यादी प्रहरीको विदाई गरिएको छ । विहिबार जिल्ला प्रहरी कार्यालयले म्यादी प्रहरीहरुलाई प्रमाणपत्र दिएर विदाई गरेको हो । बाजुरामा निर्वाचनको सुरक्षाका लागि ७ सय ४९ जना म्यादी प्रहरीहरु लाई भर्ना गरिएको थियो । मंसिर ४ गते निर्वाचन […]
नागरिक रैबार/बाजुरा ८ मसिर। अनेरास्ववियूका नेता चेतन अएडीको विभत्स हत्याको बिषयलाई लिएर अनेरास्ववियु बाजुराले आज चाैथाे दिनपनि बिहानैदेखि बजार बन्द गरेको छ । अनेरास्ववियु चेतन अयडीको घटनामा सलग्न रहेकाहरुलाइ तत्काल पक्राउ गर्न माग गर्दै बाजुरामा ४ दिनदेखि प्रर्दशन गर्दै आएको छ । अनेरास्ववियुले हिजो साँझ प्रर्दशनका क्रममा मुख्य निर्वाचन अधिकृत सुरक्षा निकायका प्रमुखहरुलाई दुर्यवहार गरेको […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौंका तीन क्षेत्रमा जित हात पारेको छ ।काठमाडौं क्षेत्र नम्बर–२ मा उपाध्यक्ष सोविता गौतम, काठमाडौं–७ मा गणेश पराजुली र काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ निर्वाचित भएका हुन् । काठमाडौं क्षेत्र नम्बर २ मा सोविता गौतम १५ हजार २२९ मत ल्याएर विजयी हुँदा पूर्व सभामुख एवम् नेकपा माओवादी केन्द्रकी उम्मेदवार ओनसरी […]
नागरिक रैबार/बाजुरा ६ मसिर। नेकपा एमाले बाजुराले मसिर ४ मा भएको निर्वाचनमा बाजुराका ७० मध्ये १७ वटा बुथमा नेपाली काँग्रेसले बुुथ कब्जा गरेर फर्जी मत खसाएकोले उक्त ठाउँमा मतदान स्थगित गरि पुन: मतदान गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाइ माग गरेको छ । मगलबार मार्तडीमा नेकपा एमालेले पत्रकार सम्मेलन गर्दै १७ बुथमा मतदान केन्द्रको निर्वाचन स्थगित […]
नागरिक रैबार/बाजुरा ६ मंसिर।नेकपा एमाले बाजुराले त्रिवेणीमा चेतन अयडीमाथि घटेकाे घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारबाही अघि नबढाउँदासम्म निर्वाचनका कुनै पनि प्रकृया अघि बढाउन नदिने पत्रकार सम्मेलन मार्फत नेकपा एमाले बाजुराले जनाएको छ । मगलबार आज दिउसो पत्रकार सम्मेलनमा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा एमालेका प्रतिनिधि सभाका उम्मेदवार कणर्बहादुर थापाले बाजुरामा निर्वाचनका क्रममा काँग्रेसले […]
काठमाडौं । नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ काठमाडौं-९ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । श्रेष्ठ ११ हजार ९५६ मत प्राप्त गर्दै विजयी भएका हुन् । आफ्नो राजनीतिक जीवनको आठौं स्पर्धामा उनले चौथो जित निकालेका हुन् । श्रेष्ठका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ मत प्राप्त गरे ।सत्ता गठबन्धनकी उम्मेदवार नेकपा […]
नागरिक रैबार/बाजुरा ६ मसिर। बाजुराको त्रिवेणी नगरपालिकामा–७ मा मंसिर ४ मा ज्यान गुमाएका चेतन ऐडीको ‘हत्या’ आरोपमा किटानी जाहेरी दर्ता भएको छ । ऐडीको हत्या आरोपमा २२ जनाविरुद्ध किटानी जाहेरी दर्ता गरिएको बाजुराका डीएसपी सूर्यबहादुर थापाले बताएका छन् । मंसिर ४ मा निर्वाचन हुँदै त्रिवेणी–७ स्थित नाटेश्वरी मतदान केन्द्रमा चेतन मतदान प्रतिनिधि थिए । मतदान […]
चितवन, मंसिर ६–चितवनका सञ्चारकर्मी महाविर विश्वकर्माको आज बिहान सवारी दुर्घटनामा परेर मृत्यु भएको छ । राप्ती नगरपालिका–४ सुन्दरबस्तीस्थित आफ्नो घरबाट काठमाडौं जाँदै गर्दा राप्ती नगरपालिका–६ हर्दीमा आज बिहान साढे ५ बजे माइक्रो बस दुर्घटना हुँदा उहाँको मृत्यु भएको हो । आफू सवार बा ४ ख ४१२ नम्वरको माइक्रोबसमा च्यापिनुभएका विश्वकर्मालाई झण्डै २ घण्टापछि निकालिएको थियो […]
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ नेकपा एमाले अगाडि देखिएको छ । निर्वाचन आयोगका अनुसार हालसम्मको मत परिणाम अनुसार एमालेले ६१ हजार १८१ मतसहित अग्रता लिएको छ । यस्तै, दोस्रो नम्बरमा नेपाली कांग्रेस छ । कांग्रेसले हालसम्म ५४ हजार १२५ मत पाएको छ । तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टी छ । सो पार्टीले २७ हजार १६० मत पाएको […]
नागरिक रैबार/बाजुरा ६ मंसिर।बाजुराको त्रिवेणी नगरपालिका वडा नम्वर ७ मा निर्वाचनका दिन भएको घटनाको विषयलाई लिएर नेकपा एमालेको अनेरास्ववीयुले आजपनि सदरमुकाम मार्तडी बजार र सरकारी कार्यालय बन्द गर्ने भएको छ । अनेरास्ववीयुका केन्द्रिय सचिवालय सदस्य तथा बाजुराका क्याम्पसका स्ववियु सभापति चेतन अयडीको हत्यामा संलग्नहरुलाई कारवाहीको माग गर्दै अनेरास्ववीयु बाजुराले मंगलबार विहान सदरमुकाम मार्तडीको तुफान डाँडामा […]
नागरिक रैबार/बाजुरा ५ मंसिर।बाजुराको त्रिवेणी नगपालिका ७ मा मंसिर (४) गते हिजो सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा अनेरास्ववीयुका केन्द्रिय कमिटी सचिवालय सदस्य एंव सुदूरपश्चिम विश्व विद्यालयका अध्यक्ष चेतन अयडीको हत्या सत्ता गठबन्धनको आडमा भएको नेकपा एमाले बाजुराले बताएको छ । नेकपा एमाले बाजुराले सोमबार (आज) एक प्रेस विज्ञप्ति जारी गर्दै त्रिवेणी […]