होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
भुटानी शरणार्थीको कोटामा नेपालीलाई अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाणको बयान पूरा भएको छ । मंगलबार राति १० बजे बयान पूरा भएको जिल्ला सरकारी वकिल कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए । सोमबार (जेठ १) मा पनि सरकारी वकिलको रोहबरमा प्रहरीले उनलाई बयान गराएको थियो । तर, ५ वटा […]
काठमाडौं । सर्वोच्च अदालतले टिकापुर घटनाका दोषी रेशम चौधरीलाई जन्मकैदको सजाय हुने उच्च अदालत दिपायलको फैसला नै सदर गरेको छ । सर्वोच्चका न्यायाधीशद्व डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले चौधरीलाई जन्मकैदको सजाय हुने फैसला गरेको सर्वोच्चका प्रवक्ता विमल पौड्यालले जानकारी दिए । २०७२ भदौमा कैलालीको टिकापुरमा थरुहट थारुवान आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण […]
काठमाडौं, २ जेठ । भारतबाट डिजेल र पेट्रोलको मूल्य घटेर आएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पठाएको पत्रमा डिजेल र पेट्रोलको मूल्य घटाएको हो। आईओसीले नेपाल आयल निगमलाई पठाएको पत्रमा पेट्रोलमा ९ रुपैयाँ ५२ पैसा र डिजेलमा ८ रुपैयाँ १३ पैसा घटाएको हो।
काठमाडौं, २ जेठ । अयोग्य लडाकुलाई तत्काल २/२ लाख नदिन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। मंगलबार सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सो आदेश अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। सरकारको अयोग्य लडाकुलाई २/२ लाख दिने निर्णयकोविरुद्ध अधिवक्ता ज्ञानेन्द्रराज आरणनले रिट हालेका थिए। उक्त रिटको प्रारम्भिक सुनवाईमा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश […]
नागरिक रैबार/बाजुरा २ जेठ।नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववीयु बाजुराका युवा विद्यार्थीले जिल्ला अस्पताल बाजुराका निमित्त कार्यालय प्रमुख डाक्टर मिलन जोशीलाई १ हप्ता भित्र जिल्ला छाड्न कार्यकक्षमै पुगेर चेतावनी दिएका छन् । एमाले निकट राष्ट्रिय युवा संघ र अनेरास्ववियु बाजुराका युवा विद्यार्थीहरुले आज जिल्ला अस्पताल बाजुरामा पुगेर निमित्त कार्यालय प्रमुख जोशीलाई १ […]
काठमाडौँ । कैलालीको टिकापुरमा २०७२ सालमा भएको नरसंहारका प्रतिवादी रेशमलाल चौधरी लगायतको मुद्दामा आज बहस सकिएको छ । सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा परेको उक्त मुद्दामा बहस नसकिएपछि पुनः हेर्दाहेर्दैमा राखिएको थियो । मंगलबार बहस सकिएपछि सकेसम्म आजै फैसला आउनसक्ने पनि बताइएको छ । यसअघि कैलाली जिल्ला अदालत […]
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठकमा भनाभन भएपछि केहीबेर बैठकको माहोल बिथोलिएको छ । बैठकमा आफ्नो धारणा राख्ने क्रममा एक केन्द्रीय सदस्यले अध्यक्ष राजेन्द्र लिङ्देन आफैँले यसअघि भनेको ‘चोर नेता’कै पछि लागेको आरोप लगाएपछि बैठकको माहोल बिथोलिएको हो । धुम्बाराहीमा सोमबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा मंगलबार आफ्नो धारणा राख्नेक्रममा केन्द्रीय […]
बाजुरामा नयाँ स्याउ उत्पादनमा किसानको चासो बढ्दैगएको छ। पहिला गाउँमा स्थानीय स्याउ धेरै उत्पादन गरे पनि त्यसले कतै बजार नपाउँदा स्याउ खेतीप्रति दिक्दार भएका किसान अहिले फेरि नयाँ स्याउ उत्पादनमा चासो दिएका छन्। अहिले कृषि ज्ञान केन्द्र बाजुराले बैगचामा पुगेर स्याउ विक्रीका लागि समेत अनुदान दिन थालेपछि किसानलाई स्याउ खेतीप्रति आकर्षित भएको स्थानीय कृषकको भनाइ […]
काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतका १० वटा संसदीय समितिका बैठक आज बिहान बस्दैछन् । समितिका बैठक बिहान नौ बोलाइएको छ । प्रतिनिधिसभा गठन भएको छ महिनासम्म पनि मिनी संसद भनिने संसदीय समितिहरू क्रियाशील थिएनन् ।सभामुख देवराज घिमिरेले कानून निर्माण र जनताका सरोकारका मुद्दामा संसदीय समिति एकैसाथ छन् भन्ने सन्देश प्रवाह होस् भनी बिहान नौ बजे […]
काठमाडौँ । नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीको बयान पूरा भएको छ । भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगेको आरोपमा प्रहरीले वैशाख ३१ मा रायमाझीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । सोमबार म्याद थप गरेपछि प्रहरीले जिल्ला सरकारी वकिलको रोहबरमा रायमाझीसँग बयान लिएको थियो । रायमाझीको बयान पुरा भएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका […]
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको हिरासतमा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा लगिएको छ । आइतबार खाणसहित १२ आरोपितमाथि अदालतबाट चार दिनको म्याद थप गरेको प्रहरीले सोमबार खाणलाई बयानका लागि लगेको हो । सरकारी वकिलको कार्यालयले प्रहरीलाई चार दिनभित्र आरोपितहरुको अनुसन्धान प्रतिवेदन बुझाउन आइतबार निर्देशन दिएको थियो । पूर्वमन्त्री […]
नागरिक रैबार/बाजुरा २९ बैशाख। बार्जु महोत्सवको आज १० औं दिनमा गरिएको समृद्धिका लागि बार्जु संवाद कार्यक्रममा सहभागी राजनीतिक दलका प्रमुख बक्ताहरुले बाजुराको परिचय बदल्न विकासमा राजनीति नगर्ने सामुहिक प्रतिवद्धता जनाएका छन् । बार्जु सभ्यताको पहिचान र समृद्धिको सहयात्रा भन्ने मुल नाराका साथ सुदूर साहित्य प्रतिष्ठान बाजुराले आयोजना गरेको संवाद कार्यक्रममा बाजुराका ४ वटा राजनीतिक दलका […]
काठमाडौं,२९ वैशाख । नेकपा एमालेले पार्टीको तर्फबाट स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ ।एमाले केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख बिष्णु रिजालका अनुसार आगामी जेठ १२ र १३ गते काठमाडौंमा स्थानीय तहका प्रमुख,उपप्रमुख, अध्यक्ष,उपाध्यक्षलाई प्रशिक्षण दिन लागिएको हो। एमालेले स्थानीय तहमा बजेट बनाउने बेला भएको र बजेट बनाउनुअघि पार्टीका तर्फबाट सल्लाह, सुझाव […]
काठमाडौं । नेकपा एमालेले २०८४ को चुनावमा पहिलो शक्ति बन्ने गरि पार्टी परिचलानका कार्यक्रम घोषणा गर्ने भएको छ ।बिहीबारदेखि जारी केन्द्रीय कमिटी बैठकबारे जानकारी दिँदै प्रचार विभाग उपप्रमुख विष्णु रिजालले त्यसबारे सुझाव माग्न ८ वटा समूह बनाएर छलफल भइरहेको बताए । ‘८ समूहमा विभाजित गरेर आआफ्ना प्रदेशका के कस्ता कार्ययोजना हुन सक्छन्, ती बार्षिक कार्ययोजनाका […]
काठमाडौँ, २९ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याइने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज राष्ट्रिय प्रजातन्त्र पार्टीको ज्ञापनपत्र बुझ्दै उनले दोषीले छुट नपाओस् र निर्दोष नपरोस् भन्नेमा सरकार स्पष्ट रहेको बताएका हुन् ।प्रधानमन्त्री दाहालले उक्त प्रकरणमा भइरहेको छानविनमा कुनै प्रभाव र […]
नागरिक रैबार/बाजुरा २९ बैशाख। बाजुराको बुढीगंगा नगरपालिका वडा नम्वर ८ को वडा कार्यालयको भवन निर्माणको काम सुस्त गतिमा भएको पाईएको छ । वडा कार्यालयको भवन निर्माणको जिम्मा पाएको समि टपिक ईञ्जिनियरिङ्ग कन्सल्टेन्सीले भवन निर्माणको काममा ढिलाई गरेको पाईएको हो । ठेकेदार कम्पनिले पटक पटक म्याद थपेर २०७९ चैत्र मसान्तभित्र भवन निर्माणको काम सम्पन्न गर्ने भनेको […]
काठमाडौं, २९ बैशाख । गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार हुने भएको छ।मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसबाट २, नेकपा (माओवादी केन्द्र)बाट २ र नेकपा (एकीकृत समाजवादी)बाट १ जना गरी ७ सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। मुख्यमन्त्री पाण्डेले कांग्रेसबाट महेन्द्रध्वज जिसी, दिपेन्द्रबहादुर थापा, एकीकृत समाजवादीबाट राजीव गुरुङ(दीपक मनाङे) र माओवादीबाट रेशमबहादुर जुग्जालीलाई मन्त्रीमा नियुक्त गरेका […]
काठमाडौं, वैशाख २९ । पूर्वराजा ज्ञानेन्द्र शाहले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेटेसँगै नयाँ तरंग सिर्जना भएको छ । नेपालमा हिन्दूराष्ट्र र राजसंस्थाको पुनस्र्थापनाको विषयमा बोल्दै आएका योगीसँगको भेटले नेपाली राजनीतिमा आशंका सिर्जना गरेको छ । पूर्वराजा शाह केही समयदेखि नेपालगन्जको सोल्टी होटलमा बस्दै आएका थिए । उनी करिब १ महिना नेपालगन्जमै बस्ने कार्यक्रम रहेको […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भ्रष्टाचार देशको साझा दुश्मन भएको बताएका छन् । भ्रष्टाचारविरुद्ध सबै नेपाली नागरिक एकजुट हुनुपर्नेमा जोड दिँदै लामिछानले वैशाख ३० गते राजधानीमा आयोजित भ्रष्टाचारविरुद्धको अभियानमा सहभागी हुन आह्वान गरेका छन् । राम्रो काम जसले गरेपनि सघाउनु पर्ने धारणा राख्दै रविले देशभर यस्ता कार्यक्रम जहाँ जसले गरेपनि पार्टीको […]
धनगढी । सुदूरपश्चिम प्रदेश सरकार विस्तारको तयारी भइरहेको छ । मुख्यमन्त्री कमल बहादुर शाहले नेतृत्व सम्हालेको ३ महिनापछि बल्ल सरकार विस्तारमा गृहकार्य अघि बढेको हो । नेपाली कांग्रेसका सांसद प्रकाश बमले नेकपा माओवादी र नागरिक उन्मुक्तिले आफ्नो हैसियतभन्दा बढी मन्त्रालय खोजेको र अझैसम्म मन्त्रीहरुको नाम टुङ्गो नलगाउँदा सरकार विस्तारमा ढिला भएको आरोप लगाए । उनले […]