होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडाैं-राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सोमबार सार्वजनिक गर्ने भएको छ। बोर्ड स्रोतका अनुसार आइतबार परीक्षार्थीको सम्पूर्ण प्राप्ताङ्कलाई रुजु गरेर कम्प्युटरमा इन्ट्री गरिसकिएको छ। आइतबार रुजु गर्ने क्रममा कुनै समस्या नदेखिएकोले सोमबार नतिजा प्रकाशन गर्न लागिएको हो | नतिजा प्रकाशनका लागि सोमबार साँझ बोर्ड बैठक बोलाइएको छ। गत वैशाखमा सम्पन्न परीक्षामा मुलुकभरबाट चार […]
आईसीसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गतको खेलमा नेपालले कुवेतलाई ७ विकेटले हराएको छ। टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले कुवेतले दिएको १४२ रनको लक्ष्य १५ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गरेको हो। नेपालका लागि कप्तान पारस खड्काले ६८ रनको अर्धशतकीय पारी खेले। उनले ४२ बलमा ११ चौका र १ छक्कासहित ६८ रन बनाएका हुन्। त्यस्तै […]
नागरिक रैबार/बाजुरा ११ साउन। शुक्रबार राति परेको भारी वर्षाका कारण साँफे–मार्तडी सडक खण्ड अन्तरगत पानी नाउला नजिकैको सडकमा खसेको पहिरो प्रहरीले हटाएपछि अवरुद्ध सडक सूचारु भएको छ । शनिबार विहान सदरमुकाम मार्तडी सम्म आउने यातायातका साधानहरु र सर्वसाधारणहरु पहिरोका कारण सडकमै अलपत्र परेपछि पहिरोलाई प्रहरीले हटाएर अवरुद्ध सडक सूचारु गरेको हो । जिल्ला प्रहरी कार्यालय […]
चितवन,साउन ११-भरतपुर महानगरपालिका वडा नः १० की ७८ बर्षिया एक वृद्धाले चितवनको भरतपुरमा निर्माणधिन गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि ५० हजार दिएकी छन् । धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मसलाई उनी बस्दैं आएको होटलमा नै पुगेर डम्वरकुमारीले सो रकम दिएकी हुन् । भरतपुरको गर्मीमा नालाखाला पसिना निकाल्दै नाती र ज्वाईको साथ लागेर आएकी डम्वर […]
मोरङ, साउन ११ । बाढीका कारण मोरङमा अहिलेसम्म २ सय ७५ परिवार विस्थापित भएका छन्। विराटनगर महानगरपालिका–१२ मा मात्रै ६० मुसहर परिवार विस्थापित भएका छन्। शुक्रबार वर्षापछि केसलिया खोलामा बाढी आउँदा विराटनगर महानगरपालिका–६ रामपुरमा बाँध भत्केर गाउँ पस्दा वडा नम्बर ६, १२ र १६ का विभिन्न गाउँ डुबानमा परेका छन्। केसलियाको बाढी ब्रम्हपुरा बस्तीमा पस्दा […]
काठमाडौं, साउन ११ । मनसुनपछिको विपदबाट कारण मुलुकभर १११ जनाले ज्यान गुमाएका छन् । गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार विपदमा परेर ४० जना बेपत्ता भएका छन् भने ६७ घाइते भएका छन् । मृत्यु हुनेमा सबैभन्दा बढी गुल्मीमा १३ जना छन् । यस्तै, बाढीबाट रौतहटमा १० जनाले ज्यान गुमाएको केन्द्रका […]
काठमाडौंं – तीजका गीत घन्किन थालिसकेका छन्। रेडियो, टेलिभिजनदेखि यूट्युब र अन्य सामाजिक सञ्जालमा तीजका गीतले स्थान जमाउँदै छन्। लोकदोहोरी क्षेत्रका गायक–गायिका, मोडलदेखि भिडियो निर्देशक, छायांकार, भिडियो सम्पादकसम्म तीजका गीतमा ब्यस्त छन्। धेरैले तीजका गीत सार्वजनिक गरिसकेका छन्। कोही सार्वजनिक गर्ने अन्तिम तयारीमा छन्। यद्यपी विगतका वर्षको तुलनामा यसवर्ष तीजका गीतको रेकर्डिङ र भिडियो निर्माणमा […]
भैरहवा : प्रदेश ५ सरकारले समयमा योजना सम्पन्न नगर्ने ठेकेदारलाई कारबाही गर्नुको साटो म्याद थपिदिएर ‘प्रोत्साहन’ दिएको छ। असार मसान्तभित्र सम्पन्न गर्नुपर्ने प्रदेश मातहतका थुप्रै योजना सम्पन्न नभए पनि असार २६ गते मन्त्रीस्तरीय बैठकबाट म्याद थपको बाटो खोलिदिएको हो। बैठकले एकातिर ठेकेदारलाई कारबाही गर्ने र अर्कोतिर म्याद थप गरेर काम अघि बढाउने दोहोरो निर्णय गरेको छ। […]
९ साउन, गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ३ ठूलो लुम्पेक र वडा नम्बर ४ लिम्घामा गएको पहिरोमा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । लिम्घाका डेढ वर्षीय बालक सञ्जु विक र ७ वर्षीया तारा विक तथा ठूलोलुम्पेकका माया विक र बबी विकको शव फेला परेसँगै मृतकको संख्या १३ पुगेको हो । ३ जनाको […]
उत्तरी लमजुङको दोर्दी खोलामा बुधबार दिउँसो आएको बाढीमा परी ४ जनाको मृत्यु भएको छ। घटनास्थल पुगेका प्रमुख जिल्ला अधिकारी डिजन भट्टराईका अनुसार साँझ अबेरसम्म ४ जनाको शव फेला परेको छ। मृतकको सनाखत हुन भने सकेको छैन। भट्टराईले अरु ७ जना बेपत्ता भएको बताए। ‘जलविद्युत आयोजनामा काम गर्दै गर्दा बेपत्ता भएका ११ मध्ये ४ जनाको शव भेट्यौँ, अरु […]
९ साउन, काठमाडौं । बाढी–पहिरो र राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको मौद्रिक नीति आजका सबैजसो दैनिक पत्रिकाहरूको ‘हेडलाइन’ बनेको छ । यसबाहेक स्मार्ट लाइसेन्स, विद्युत् निर्यात, कालोसूचीले नेपाल वायु सेवा निगमलाई पारेको असरलगायत विषय पनि पत्रपत्रिकाहरूले उठाएका छन् । जलमग्न जलेश्वरको तस्वीर छापेको अन्नपूर्णले नेपाल वायु सेवा निगमलाई परेको असजिलोबारे मुख्य समाचार बनाएको छ । […]
काठमाडौं : कांग्रेस केन्द्रीय कार्यसमिति बैठक नियमावली विवादमा अल्झिएको छ। महामन्त्री पूर्णबहादुर खड्काले २२ असारमा सुरु भएको बैठकमा १४ वटा एजेन्डा पेस गरेका थिए। २९ असारमा पार्टीको संशोधित नियमावलीको मस्यौदाउपर आवश्यक सल्लाह गरी प्राप्त सुझावलाई मस्यौदा समितिले सहमतिमा परिमार्जन गर्ने गरी सहमति जुटेको थियो। यो अवधिमा नियमावली मस्यौदा संशोधन समितिले असन्तुष्टिको सम्बोधन गरेको छैन। बाढी, पहिरो […]
काठमाडौं । सशस्त्र प्रहरीका १५१ जना सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको एकैपटक सरुवा भएको छ । सशस्त्र प्रहरी मुख्यालयले मंगलबार साँझ एक सूचना प्रकाशित गर्दै १ सय ५१ जना डीएसपीको सरुवा गरिएको जानकारी दिएको हो । सशस्त्र प्रहरी महानिरीक्षकको कार्यालयले बुधबार गरेको निर्णय अनुसार साउन महिनाको तलब भत्तासमेत हाल सरुवा भएको स्थानबाट खान पाउने गरी […]
काठमाडौँ — बुधबार र बिहीबार देशभर पूर्ण बदली र अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन न्यून चापीय रेखा नेपालको दक्षिणतर्फ अवस्थित रहेको र बङ्गालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायूको प्रभावका कारण पूर्व र मध्यका अधिकांश साथै पश्चिमका केही स्थानमा वर्षाको सम्भावना रहेको हो । महाशाखाले आज मौसम […]
धनगढी : नेकपाको एकीकरणसँगै सुदूरपश्चिम प्रदेश सरकार चरम गुटवन्दीको चपेटामा परेको छ। लोकतान्त्रीक परिपाटीअनुसार मन्त्रीहरु मुख्यमन्त्रीप्रति उत्तरदायी हुनुपर्छ भने प्रदेशसभा सदस्य, सभामुखप्रति। तर सुदूरपश्चिममा मन्त्रीहरु मुख्यमन्त्रीप्रति उत्तरदायी नदेखिएको आरोप लाग्ने गरेको छ। प्रदेश सरकारको काम, बजेट, योजना छनोटमा चरम गुटबन्दी देखिँदै आएको छ। गुटबन्दीको स्पष्ट नमुना आर्थिक वर्ष २०७६/७७ को बजेट आएपछि छरपस्ट रुपमा देखियो। बजेट […]
८ साउन, काठमाडौं । आजका पत्रिकाहरुमा गुल्मीको पहिरोले पुर्याएको क्षति प्राथमिकतामा परेको छ । तर, मृतकको संख्या पत्रिकाहरुमा फरक-फरक छ । गोरखापत्र दैनिकले ११ जनाको मृत्यु भएको लेखेको छ भने कान्तिपुरले ८, नागरिकले ९ र अन्नपूर्णले १० जनाको मृत्यु भएको लेखेका छन् । त्यसबाहेक नेकपाको स्कुल विभागमा जारी विवाद, पूर्वमाओवादीलाई विनाप्रतिस्पर्धा मेलम्चीको ठेक्का, १८ सय […]
नागरिक रैबार/बाजुरा ७ साउन । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसरमा वृक्षारोपण गरिएको छ । पुष्पलालको ४१ औँ स्मृति दिवसको अवसरमा नेपाल कम्युनिष्ट पाटी (नेकपा) बाजुराले बाजुरा क्याम्पस परिसरमा वृक्षारोपण गरिएको हो । दिवसको अवसर पारी वृक्षारोपण कार्यक्रममा पुर्व सविधान सभा सदस्य माननिय बसुन्धारा रोकायाले बाजुरा क्याम्पसको प्राङ्गणमा विरुवा रोपेर […]
अनिल शाही/बाजुरा ७ असार। बाजुराको कोल्टीमा स्थापना भएको राष्ट्रिय बाणिज्य वैंकले आज देखि ईलोक्ट्रोनिक्स चेक किलियरीङ्ग मेसीन जडान गरेपछि अन्य निजि बैंकमा चेक समेत साँटिने भएका छन । राष्ट्रिय बािणज्य बैंक कोल्टीमा विभिन्न बैंकका चेकहरु आउने र सर्वसाधारण लाई अन्य बैंकका चेक साट्न समेत मार्तडी नेपालगन्ज लगाएत विभिन्न ठाउँहरुमा जानु पर्ने बाध्यता थियो । सर्वसाधारणले […]
गुल्मी । गुल्मीमा पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् । जिल्लाको सत्यबति गाउँपालिका २ वटा वडामा पहिरोले घर पुरिदा ११ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताउनु भयो । सत्यवति गाउँपालिका वडा नम्बर ४ को लिम्घामा एकै घरका ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा […]
सोमबारदेखि परेको अविरल वर्षाका कारण गुल्मीमा ६ जनाको मृत्यु भएको छ । जिल्लाको सत्यवति गाउँपालिका दुईवटा वडामा पहिरोले घर पुरिदा ६ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । सत्यवति गाउँपालिकाको ३ को ठूलोलुम्पेक कसिन डाँडा पहिरोमा पुरिएर ३२ वर्षीय तिलकुमारी त्रामु, ९ वर्षीय दर्शन त्रामु मृत्यु भएको हो । यता, १२ वर्षीया […]