होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, कार्तिक ६, २०८१
जोडिनुहोस
  • होमपेज
  • अपराध
  • महरा निर्दोष भन्दै रोशनी पुगिन् उच्च अदालत
अपराध

महरा निर्दोष भन्दै रोशनी पुगिन् उच्च अदालत

  • नागरिक रैबार
महरा निर्दोष भन्दै रोशनी पुगिन् उच्च अदालत

 आफैंले बलात्कार प्रयासको आरोप लगाएपछि पूर्पक्षका लागि थुनामा रहेका पूर्व सभामुख कृष्णबहादुर महरालाई छुटाउन रोशनी शाही सक्रिय भएकी छिन् । संसद सचिवालयकी कर्मचारीसमेत रहेकी शाहीले महरालाई छुटाउन उच्च अदालत पाटनमा आज निवेदन दिएकी हुन् ।

काठमाडौं जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा पठाउने आदेश बेरितको भन्दै महरा पनि उच्च अदालत पुगेका छन् । सुनुवाइका क्रममा रोशनीले पनि निवेदन दिएकी हुन्।

उच्च अदालत पाटनका रजिष्ट्रार बाबुराम दाहालका अनुसार रोशनीको निवेदनलाई अदालत प्रशासनले दरपीठ गरिदिएको छ। रोशनीले निवेदनमा महराविरुद्धको जाहेरीमा आफूलाई जवरजस्ती हस्ताक्षर गर्न लगाएको, जिल्ला अदालतले थुनामा राख्‍न गरेको आदेश कानुनसम्मत नभएको कारण उल्लेख गर्दै थुनामा राख्‍ने आदेश बदर गर्न माग गरेकी छन्

विज्ञापन

निवेदनलाई प्रशासनले दरपीठ गरेपछि रोशनी दरपीठ आदेशविरुद्ध आज इजलासमा निवेदन दिन पुगेकी हुन्। रजिष्ट्रार दाहालका अनुसार उनको निवेदन भोली इजलासमा पेश हुँदैछ। पूर्पक्ष थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध महराले मंसिर ५ गते उच्च अदालत पटनमा निवेदन दिएका थिए। जिल्ला अदालत काठमाडौंले कात्तिक १८ गते मा महरालाई बलात्कार प्रयासको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाएको थियो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार