होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • सागमा नेपालले पायो १३ स्वर्ण पदक
देश/प्रदेश

सागमा नेपालले पायो १३ स्वर्ण पदक

  • नागरिक रैबार
सागमा नेपालले पायो १३ स्वर्ण पदक

कराँतेकी अनु अधिकारीले नेपाललाई १३ औं स्वर्ण दिलाइन् । कराँतेकी अनुसँगै कुसुम खड्काले २–२ स्वर्ण हात पार्दा पदकतालिकामा नेपालले १३ ओटा स्वर्ण दर्ज गर्न सफल भयो ।

यस्तै करातेकै विप्लवलाल श्रेष्ठले नेपाललाई दशौं स्वर्ण जिताएका थिए । कराँतेको कुमुतेतर्फ ८४ तौलमाथिको समूहमा स्वर्ण जितेका हुन् ।

विप्ललाले पाकिस्तानका मुहम्मोद बाजलाई ६–५ को स्कोरले पारजित गर्दै स्वर्ण जितेका हुन् । कतारेमा काता तर्फ पुरुष र महिला टिमले पनि स्वर्ण जितेको छ ।

विज्ञापन

यस्तै, करातेको ५५ केजी तौल समूहमा लक्ष्मण तामाङले स्वर्ण जितेका छन् । यता तेक्वान्दोतफै नेपालले अहिलेसम्म चार स्वर्ण हात पारेको छ । पुम्से २३ देखि २९ बर्षको क्याटगोरिमा कमल श्रेष्ठले स्वर्ण जित्दा पुम्सेतर्फ नै महिलामा पावर्ती गुरुङले २३–२९ बर्षमा स्वर्ण हात पारिन् ।

यस्तै, एघारौं सागमा स्वर्ण पदक हात पारेकी आयशा शाक्यले तेक्वान्दोमा पुम्सेमा २९ बर्षमाथिको क्याटागोरिमा नेपाललाई स्वर्ण दिलाइन् । यो सँगै उनले सागमा दुई स्वर्ण हात पारेकी छन् ।

पोखरामा भइरहेको ट्रायथलमा सोनु गुरुङले स्वर्ण दिलाइन् । अहिलेसम्मका खेलहरुबा नेपालले १३ स्वर्ण, २ रजत र १ कास्य पदक पक्का भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार