होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, माघ ६, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • साग महिला भलिबल फाइनल : दुई सेटमा भारतविरुद्ध नेपालको जित
देश/प्रदेश

साग महिला भलिबल फाइनल : दुई सेटमा भारतविरुद्ध नेपालको जित

  • नागरिक रैबार
साग महिला भलिबल फाइनल : दुई सेटमा भारतविरुद्ध नेपालको जित

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबल फाइनलमा भारतविरुद्ध नेपालले लगातार दुई सेट जितेको छ। पहिलो सेटमा भारतसँग १७-२५ ले पराजित भएको नेपाल दोस्रो र तेस्रो सेटमा विजयी भएको हो।

दोस्रो सेटमा भारतमाथि २५-२३ ले विजयी भएको नेपालले तेस्रो सेटमा २५-२१ को जित दर्ता गरेको हो। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हल त्रिपुरेश्वरमा भएको फाइनलमा नेपालले प्रतिस्पर्धात्मक दुई सेटमा जित निकालेको हो।

नेपाल श्रीलंकाविरुद्ध शानदार जित निकाल्दै फाइनल पुगेको हो। शनिबार दोस्रो सेमिफाइनलमा नेपालले श्रीलंकाविरुद्ध ३-० को सोझो सेटको जित निकालेको थियो। यो नै अहिलेसम्म महिला भलिबलमा नेपालको ऐतिहासिक जित हो। यसअघि भएका सागमा नेपालले कास्य पदक मात्र हात पार्न सकेको थियो।

विज्ञापन

भारत सेमिफाइनलमा माल्दिभ्सविरुद्ध ३–० को सेटमा विजयी हुँदै फाइनल प्रवेश गरेको हो। समूह चरणको खेलमा भने नेपाल भारतसँग पराजित भएको थियो। भारतसँग पराजित भए पनि समूह उपविजेता बन्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको थियो। फाइनलको पहिलो सेट भारतले जितेको छ। अन्नपूर्णपोष्टबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार