होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • सुदूरपश्चिममा फोरजी सेवा प्रभावकारी भएन, फागुन भित्रै सेवा विस्तार गर्ने लक्ष्य
देश/प्रदेश

सुदूरपश्चिममा फोरजी सेवा प्रभावकारी भएन, फागुन भित्रै सेवा विस्तार गर्ने लक्ष्य

  • नागरिक रैबार
सुदूरपश्चिममा फोरजी सेवा प्रभावकारी भएन, फागुन भित्रै सेवा विस्तार गर्ने लक्ष्य

आवश्यक टावर निर्माण नहुँदा नेपाल टेलिकमले सुदुरपश्चिमका मुख्य  शहरमा सञ्चालन गरेको फोरजी सेवा प्रभावकारी हुन सकेको छैन्। प्रदेशको अस्थायी राजधानी सहित सुदूरपश्चिम विभिन्न स्थानमा गत असोजमा टेलिकमले फोरजी सेवा सञ्चालनमा ल्याएको भएपनि प्रभावकारी हुन नसकेको हो।

नेपाल टेलिकमले गत असोजमा प्रदेशको अस्थायी राजधानी धनगढी सहित अत्तरिया, टीकापुर, लम्की, सुखड, झलारी लगायत कैलाली कञ्चनपुरका विभिन्न शहरमा सञ्चालन गरेको फोरजी सेवा प्रभावकारी नभएको गुनासो गरिएको हो।

प्रदेशको अस्थायी राजधानी धनगढीमै फोर जी नेटवर्कले राम्रो संग काम नगरेको धनगढी मिलनचौकका भवानीदत्त जोशी गुनासो गरे। जस्का कारण ईन्टरनेट सञ्चालनमा समस्या भएको उनले बताए।

विज्ञापन

धनगढी मात्र नभएर अन्य स्थानमा पनि फोरजी सेवा प्रभावकारी नभएको गुनासो गरिएको छ। टेलिकमको फोरजी औपचारिकतामै सिमित भएको अत्तरियाका रमेश भट्टले बताए। यता टेलिकम भने अगामी माघ मसान्त भित्र प्रदेशभरी नै सेवा विस्तार गर्ने दावी गर्दै आएको थियो।

माघ मसान्त भित्र प्रदेशका तीन सय ६१ टावरबाट फोरजी सेवा सञ्चालन गर्ने बताएपनि कामले गति लिन नसक्दा फागुन सम्म लम्बिने देखिएको छ। टेलिकमले ७७ टावरबाट अहिले सेवा सञ्चालन गरिरहेको नेपाल टेलिकम क्षेत्रीय निर्देशनालय सुदूरपश्चिमका प्रमुख नामाकरण न्यौपानेले बताए।

‘अहिले प्रक्रियामै रहेकाले प्रदेशभरी विस्तार भएपछि समस्या हल हुन्छ,’ न्यौपानेले भने, ‘मुख्य सहरमा पनि अहिले आवश्यक टावर निर्माण गर्नै बाँकी छ। फागुनपछि सेवा प्रभावकारी हुँदै जान्छ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै