होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिका–७ भगतपुरमा गए राति धारिलो हतियार प्रयोग गरी अज्ञात समूहले ५५ वर्षीय बेलु खातीको हत्या गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले श्रीमती खातीको हत्या गरिएको बताउँदै उनका श्रीमानलाई हतियार प्रयोग गरी गम्भीर घाइते बनाएको जानकारी दिए । […]
काठमाडौँ – अब सबै नगरपालिकाले व्यवस्थित सहरीकरणको मापदण्ड पालना गर्नुपर्ने भएको छ । अधिकांश नगरपालिका व्यवस्थित सहरीकरणतर्फ उन्मुख हुन नसकेका बेला अब व्यवस्थित मापदण्ड पालना गराउने तयारी गरिएको हो । नेपाल नगरपालिका सङ्घले २९३ वटै नगरपालिकाको एकीकृत सहरी पूर्वाधारको विकासको मापदण्ड अगाडि सारेको छ । सङ्घले सबै नगरपालिकामा सहरी पूर्वाधार कायम गर्ने, सहरी गरिबी, सुुकुम्बासी […]
काठमाडौं – नेकपामा पूर्वमाओवादीतर्फका आधा जति स्थायी कमिटी सदस्यहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर अघि बढ्न दबाब दिएका छन् । दुई अध्यक्षबीच विगत केही समयदेखि सम्बन्ध चिसिँदै आएको छ । अध्यक्ष प्रचण्डले आफू निकट असन्तुष्ट नेताहरुसँग गरेको छलफलमा ती नेताहरुसँग गरेको छलफलमा ती नेताहरुले पार्टी एकता जोगाउन अध्यक्ष […]
वीरगन्ज : पर्सामा सांसदसहित थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राति गरिएको पीसीआर परीक्षणमा पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादव, उनका सवारी चालक र अंगरक्षकसहित ६४ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि भएपछि सांसद यादव, वीरगन्ज १३ राधेमाइ टोलस्थित आफनै घरको होमआइसोलेसनमा छन्। सामान्य खोकी लागेपछि […]
धनगढी: अछाममा एकैदिन फरकफरक स्थानमा भालुको आक्रमणबाट तीन जना घाइते भएका छन्। शुक्रबार जिल्लाको रामारोशन गाउँपालिका –६ भाटाकाटीया स्थित तुर्सानी समुदायिक वनमा भालुले आक्रमण गर्दा भाटाकाटियाका ३० वर्षीय दानबहादुर साउद र ३८ वर्षीय तुल साउद घाइते भएका छन्। दिउँसो १२ बजेतिर घाँस दाउरा काट्ने क्रममा भएको आक्रमणबाट उनीहरुको शरिरमा चोट लागेकाले अवस्था गम्भीर रहेको जिल्ला प्रहरी […]
कोरोना संक्रमण समुदाय तहसम्म पुगेपछि मोरङको विराटनगर महानगरपालिकाले १४ दिन लामो लकडाउन घोषणा गरेको छ। विराटनगर महानगरपालिका क्षेत्रमा भोलि शनिबारदेखि लकडाउन गरिने भएको हो। कोरोना भाइरस संक्रमितको संख्या तीव्र गतिमा बढ्दै गएपछि महानगरपालिका क्षेत्रमा १४ दिनका लागि लकडाउन गर्ने निर्णय गरिएको हो।मोरङका सहायक जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले शनिबार बिहानैदेखि विराटनगरमा लकडाउन गरिने जानकारी दिए। ‘ […]
बाजुरा १६ साउन। जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष दिपक रावतले गाउँमा पटक पटक ज्यान मार्ने धम्की दिएपछि छेडेदह गाउँपालिका स्तरीय बाल संजालका अध्यक्ष मिन खड्का सहितको टोलीले जिल्ला प्रहरी कार्यालय बाजुरामा निवेदन दिएका छन् । खप्तड छेडेदह गाउँपालिका वडा नं. ३ मा गत असार २४ गते राति सोही वडा कै […]
धनगढी : सुदूरपश्चिमका आज एक सय १३ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा ४०, सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २६, धुलिखेल अस्पतालको प्रयोगशालामा ३४ र डडेल्धुरा अस्पतालको प्रयोगशालामा १३ गरी आज एक सय १३ जनामा कोरोना पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा बझाङका २५ […]
काठमाडौं । साउन १३ गते बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक र पार्टीका उपाध्यक्ष वामदेव गौतमले प्रस्तुत गरेका ६ बुँदे प्रस्तावपछि पार्टीमा तीव्र असन्तुष्टि बढेको छ । नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्माओलीले स्थगित गरेको स्थायी कमिटी बैठक अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बसाएका थिए । सो बैठकमा अधिकांश प्रचण्ड–माधवकुमार नेपाल समूहका […]
१६ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ७८६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यो नेपालमा २४ घण्टामा गरिएको अहिलेसम्मकै सबैभन्दा धेरै परीक्षण हो । कहाँकहाँ थपिए संक्रमित ? मन्त्रालयका अनुसार सबैभन्दा धेरै पर्सामा ४१ जना संक्रमित […]
काठमाडौं- पछिल्लो २४ घण्टामा थप १५१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १४ हजार ३९९ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५६ पुगेको छ । काठमाडौंमा संक्रमितको […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टीका दुईजना अध्यक्षसमक्ष ल्याएको ६ बुँदे प्रस्तावले पार्टीमा झन् धुर्वीकरण बढाएको छ । नेकपाभित्र देखिएको शक्ति संघर्ष अन्त्यका लागि भन्दै उपाध्यक्ष गौतमले अघि सारेको प्रस्तावले अन्ततः पार्टीमा ध्रुवीकरण बढाएको हो । साउन १३ गते प्रचण्डको अध्यक्षतामा स्थायी कमिटीको बैठक बस्नुअघि वामदेव गौतमले ल्याएको ६ बुँदे […]
१६ साउन, काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले सरकारसँग नेपाल टेलिकमको फोरजी सेवा विस्तारमा भएको ढिलाइको कारण स्पष्ट गर्ने निर्देशन दिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडा, दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल र नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीसँगको छलफलपछि समितिले फोरजी सेवा विस्तारमा चरम ढिलाई हुनुको कारण ७ दिनभित्र लिखित रुपमा […]
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका साथी हर्मन केनको कोरोना भाइरसका कारण मृत्यु भएको छ । उनले मास्क लगाउन अस्वीकार गर्दै आएका थिए । ७४ वर्षीय केन आफैं कुनै समय रिपब्लिन पार्टीमा राष्ट्रपतिको उम्मेदवारका प्रत्यासी थिए । गत चुनाव र यसपटक पनि उनी ट्रम्पको चुनावी अभियानमा समर्थक थिए । कोभिड–१९ को संक्रमणपछि केनको मृत्यु भएको जानकारी बिहीबार […]
साउन १६, २०७७ काठमाडौं : एसइई परीक्षाको आन्तरिक मूल्यांकनको नतिजा मंगलबारसम्ममा प्रकाशित हुने भएको छ। आगामी सोमबार र मंगलबारसम्ममा एसइई परीक्षाको नतिजा प्रकाशित हुने सम्भावना रहेको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक कार्यालय (कक्षा १०) का उपनियन्त्रक महेश्वर शर्माले जानकारी दिए। उपनियन्त्रक शर्माले एसइई परीक्षाको नतिजा प्रकाशित गर्नको लागि धमाधम तयारी गरिरहेको बताए। ‘एसइई परीक्षाको नतिजा प्रकाशितको […]
१६ साउन, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) गंगा पन्त बिहीबार राति एम्बुलेन्स खोज्दै थिइन् । रातिको समयमा उनले एम्बुलेन्सको व्यवस्था गर्न सकिनन् । त्यसपछि प्रहरीकै गाडीमा राखेर सुत्केरी व्यथाले छटपटाईरहेकी एक महिलालाई गण्डक कोरोना अस्पताल पुर्याइन् । एसपी पन्तले वीरगञ्ज महानगरपालिका वडा नम्बर–१ निवासी ३१ वर्षीया महिलाकै लागि एम्बुलेन्स खोजीरहेकी थिइन् […]
काठमाडौं – निर्देशक दीपेन्द्र के खनालले दुई फिल्म घोषणा गरेका छन् । आफ्नै लेखन तथा निर्देशनमा उनले दुई फिल्म निर्माणको घोषणा गरेका हुन् । दीपेन्द्रले चलचित्र बिकाश बोर्डमा बिहीबार ‘चिसो मान्छे’ र ‘लकडाउन’ नामका दुई फिल्म आधिकारीक रुपमा दर्ता गर्दै निर्माण घोषणा गरेका हुन् । दुबै फिल्मका निर्माता शर्मिला पाण्डे रहेकी छन् । लकडाउन अगाडि […]
बाजुरा । जडीबुटीका लागि प्रख्यात बाजुराको हिमाली गाँउपालिका वडा नम्बर १, २ र ३ (साविक बिच्छँया गाविस) तीव्र गतिमा जडीबुटीविहीन बन्दैछ । वडा नम्बर १ मा पर्ने हिमाली सामुदायिक वन उपभोक्ता समिति सदस्य बृखबहादुर भण्डारी मनोमानी ढंगबाट संकलन र तस्करीले जडीबुटी सखाप पारेको बताउँछन् । बाजुराको ४० प्रतिशत भूभाग ओगटेको बिच्छँया भौगोलिक हिसाबले ज्यादै बिकट […]
आन्तरिक विवाद र जनप्रतिनिधिबीचको असमझदारीका कारण सिरहाका ६ स्थानीय तहले गत असार १० गतेसम्ममा ल्याउनुपर्ने चालु आर्थिक वर्षको बजेट अझै प्रस्तुत गर्न नसक्दा अन्यौलता बढ्ेको छ। सङ्घीय सरकारले प्रत्येक स्थानीय तहलाई पत्राचार गरी असार १० भित्रै बजेट ल्याइसक्न निर्देशन दिए पनि सिरहाका १७ स्थानीय तहमध्ये छ स्थानीय तहले निर्धारित समयभित्र बजेट ल्याउन असफल भएका हुन्। […]
प्रहरी आचरण र अनुशासनविपरीत काम गरेको अभियोगमा वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाले एक प्रहरी हवल्दारसहित तीन प्रहरीलाई निलम्बन गरेको छ। सो कार्यालयका अनुसार सेवाग्राहीसँग घुस लिदैगर्दा रङ्गेहात पक्राउ परेपछि चार प्रहरी निलम्बनमा परेका हुन्। यसअघि १२ हजार घुस सेवाग्राहीसँग लिएको आरोपमा प्रहरी निरीक्षक रामवालक राय यादवलाई कारवाही गरिएको थियो। निलम्बनमा पर्नेमा जिल्ला प्रहरी कार्यालय रामनगरमा […]