होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
समाचार

किन डुब्छ धनगढी ?

  • नागरिक रैबार
किन डुब्छ धनगढी ?

धनगढी : हरेक वर्षायाममा सुदूरपशिचमको अस्थायी राजधानी धनगढी डुबानमा पर्दै आएको छ। सोमवार पनि धनगढीका अधिकासं क्षेत्र डुबानमा परेका छन् भने तीन सय बढि घरमा पानी पसेको छ।

पछिल्ला वर्षहरूमा खोला तथा नालाहरु अतिक्रमणको चपेटामा परेका कारण धनगढी जलमग्न हुने गरेको छ। ठूलो पानी पर्दा हुने डुबानका कारण विभिन्न भएपनि सानो पानीमा पनि धनगढी डुब्नुको कारणचाहिं खोला अतिक्रमण नै रहेको धेरेको तर्क छ।

स्थानीय पूर्ण विश्वकर्माले भने, ‘घर पसल मात्रै होईन मुख्य सडक नै जलमग्न भएपछि आवतजावत गर्न पनि मुस्किल छ।’ उनले धनगढीमा पानीको निकास नहुँदा डुबानको समस्या बढेको बताए।

विज्ञापन

धनगढीकै अर्का स्थानीय नरेश चौधरीले पूराना नालाहरु स्थानीय तहकै अगुवाइमा अतिक्रमण भएपछि डुबानको समस्या बढेको बताए। ‘पूराना नालाको स्थानमा स्थानीय तहले नै सडक बनाएको छ,’ उनले भने, ‘यस्ले पानीको निकास रोकिएपछि घरमा पानी पस्न थालेको हो।’

सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई धनगढीका सूचना अधिकारी तथा इन्जिनियर श्यामचन्द्र बुढाथोकीले डुबानको समस्या समाधान गर्नका लागि गुरुयोजना नै बनाएर अगाडि बढ्नुपर्ने बताए।

‘अहिले निर्माण भएका नाली सडकको पानी निकास गर्नका लागि मात्रै हो,’ उनले भने, ‘डुबानको समस्या समाधान गर्न छुट्टै ढल निकासको व्यवस्था हुनुपर्छ।’ उनले खोलानालामािथ भईरहेको अतिक्रमण पनि डुबानको कारण रहेको बताए।

धनगढी उपमहानगपालिकाका इन्जिनियर द्धीजराज भट्टले पनि प्राकृतिक रूपमा पानी बग्ने स्थानमा घर, सडक निर्माण हुँदा बहाव रोकिएर पनि धनगढी डुबानमा पर्ने गरेको बताए।

उनले भने, ‘पहिले खेतमा पानी जम्थ्यो तर अहिले खेतमा संरचना बन्दा डुबानको समस्या निम्तियो।’ उनले डुबान समस्या समाधानका लागि नाला अतिक्रमण रोक्नुपर्ने र गुरुयोजना बनाएर निकासको व्यवस्थापन गर्नुपर्ने बताए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार