होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कञ्चनपुरमा बोक्सी आरोपमा दम्पतीको हत्या, हत्या गर्न छिमेकीले दिए ४ लाख
समाचार

कञ्चनपुरमा बोक्सी आरोपमा दम्पतीको हत्या, हत्या गर्न छिमेकीले दिए ४ लाख

  • नागरिक रैबार
कञ्चनपुरमा बोक्सी आरोपमा दम्पतीको हत्या, हत्या गर्न छिमेकीले दिए ४ लाख

धनगढी : कञ्चनपुरमा बोक्सीको आरोपमा श्रीमान् श्रीमतीको हत्या भएको छ। गत शुक्रबार राति कञ्चनपुरको बेलौरीमा ६२ वर्षीय घनश्याम खाती र उनकी श्रीमती वालादेवीमाथि आक्रमण भएको थियो।

वालादेवीको सोही राति ज्यान गएको थियो भने घाइते उनका श्रीमानको उपचारका क्रममा आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा प्रहरीले सुरुमा उनका छोरालाई नियन्त्रणमा लिएको थियो। तर अनुसन्धान गर्दै जाँदा छोराको संग्लनता नदेखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर स्रोतले जनाएको छ।

विज्ञापन

अनुसन्धानकै क्रममा मृतकका छिमेकी प्रकाश ऐरले चार लाख रुपैयाँ दिएर हत्या गर्न लगाएको खुलेको छ। छिमेकी प्रकाश र मृतकका परिवारबीच लामो समयदेखि विवाद भएकाले प्रकाशले उनीहरुमा बोक्सी छ भन्दै एक तन्त्रमन्त्र गर्ने व्यक्तिलाई चारलाख रुपैयाँ दिएर हत्या गर्न लगाएका स्रोतको दावी छ।

प्रहरीले हत्यामा संग्लन आरोपमा प्रकाशसहित चार जनालाई पक्राउ गरेको छ।  धारिलो हतियार प्रहार गरेर दम्पतीको हत्या गरेको अनुसन्धानमा खुलेको छ। कञ्चनपुर प्रहरीले आज दिउँसो घटनाबारे पत्रकार सम्मेलन गर्दैैछ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार