होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी : सुदूरपश्चिम प्रदेशमा शुक्रबार १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल, स्टार अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परीक्षणमा आज १० जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा कैलालीका तीन र बाजुराका एक गरी चार […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवाद समाधान उन्मुख भएको छ । अहिले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमतिका विषयमा अन्तिम छलफल चलिरहेको छ । विचार, महाधिवेशन केन्द्रित कार्यक्रम, अन्य काम बाँडफाटलगायतका विषयमा अन्तिम चरणको छलफल चलिरहेको छ । नेकपाका एक शीर्ष नेताका अनुसार अध्यक्षद्वय ओली र प्रचण्डबीच महाधिवेशनमा जानेगरी छलफल चलिरहेको […]
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवादमा सहमति खोज्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार दोस्रो दिनको भेटवार्ता सुरु भएको छ । ओली र प्रचण्डबीच नौ दिनको मौनता तोड्दै बिहीबार चार घण्टा वार्ता भएको थियो । वार्ताका लागि अध्यक्ष प्रचण्ड सवा ११ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । द्विपक्षीय वार्तामा सहमतिका […]
सिन्धुपाल्चोक, ३० साउन । लिदीबाट पहिलो चरणमा चार सिकिस्त घाइतेलाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौँ पठाइएको छ । अन्यको उद्धार जारी रहेको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो ।पहिरो गएका क्षेत्रमा सभामुख अग्निप्रसाद सापकोटालगायतको टोली उद्धारका लागि आएको र चार नेपाली सैनिक र एका इञ्जिनीयरलाई त्यसतर्फ पठाइएको छ । त्यस्तै रेडक्रस पनि राहत सामग्री लिएर घटनास्थल […]
काठमाडाैं: त्रिभुवन विश्वविद्यालयले तत्काल परीक्षा सञ्चालन नगर्ने भएको छ। कोभिड –१९ को सङ्क्रमण बढ्न थालेपछि त्रिविले तत्काल परीक्षा नगर्ने भएको परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए। यसअघि बन्दाबन्दी खुलेसँगै पनिकाले आगामी भदौ १६ गतेदेखि सेमेष्टर र असोजको पहिलो हप्तादेखि वार्षिक परीक्षाको तयारी गरेको थियो। “हामीले स्थिति सहज भएपछि परीक्षाको तयारी गरेका […]
काठमाडौं- नेपालमा विहीबार थप ४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९५ पुगेको छ । मन्त्रालयका अनुसार महोत्तरी मटिहानीका ७५ वर्षीय पुरुष, धनुषा मिथिला-७ की ८५ वर्षीय महिला, अछाम रामारोसनका १८ वर्षीय पुरुष, मोरङ विराटनगर-३ का ५७ वर्षीय पुरुष गरी ४ […]
बितेको २४ घण्टामा देशभर थप ५२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उपत्यकाका १२७ सहित ५२५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए। उपत्यकाका संक्रमितमा काठमाडौंका १११, ललितपुरका ११ र भक्तपुरका ५ गरी १२७ जना रहेका छन् । योसहित हालसम्म देशभर कुल संक्रमितको संख्या २४ […]
धनगढी: अत्तरिया उद्योग वाणिज्य संघले साउन ३० गते(भोली) बजार बन्दको आवह्वान गरेको छ। गोदावरी नगरपालिका –२ महेन्द्रनगर रोडमा रहेको न्यु उग्रतारा बिजुली भण्डारका प्रोपराइटर खेम साँकीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएका कारण उनको शोक मनाउन बजार बन्दको आवह्वान गरिएको हो। गोदावरी नगरपालिकाका सम्पूर्ण व्यापारीहरुलाई व्यापार व्यवसाय बन्द गर्न अनुरोध गरेको उद्योग वाणिज्य संघका अध्यक्ष अशोक देवकोटाले […]
काठमाडौं । रोमनबाट नेपाली तथा चलनचल्तीको देवनागरी (बकमान सपिवजव) मा किबोर्ड सुविधा रहेको हाम्रो ‘नेपाली किबोर्ड’ ले ताजा अपडेट सार्वजनिक गरेको छ । ताजा अपडेट स्मार्ट फोन एप्लिकेशनको कुनैपनि नेपाली संस्करणमा पहिलो एप्लिकेशन पनि बनेको छ जसले अब तपाईंले बोलेको नेपाली भाषालाई बुझेर (भ्वाइस टाइपिङ) टाइप गरिदिनेछ । बोलेर टाइप गर्ने सुविधा (भ्वाइस टाइपिङ)का लागि […]
अछाम – अछाममा चुलोमा पेट्रोल छर्केर आगो बाल्न खोज्दा चार जना गम्भीर घाइते भएका छन् । रामारोशन गाउँपालिका ३ कालापानीका रतन बुढामगरको घरमा पेट्रोल छर्केर आगो बाल्ने क्रममा उहाँसहित पार्वतीदेवी बुढामगर, भीम बुढामगर तथा पञ्चदेवल विनायक नगरपालिका २ बस्ने जनक शाही घाइते भएको दिपायलका प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो । घाइतेहरुको जिल्ला अस्पताल […]
काठमाडौं । कोरोना भाइरस संक्रमणको दर बढ्दै गएपछि काठमाडौबाट बाहिरिन तथा काठमाडौं भित्रिनका लागि सवारी पास बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहिबार सूचना प्रकाशन गर्दै गृह मन्त्रालयको निर्देशनअनुसार काठमाडौंबाट अन्य जिल्लामा जानका लागि दिइदै आएको पास र काठमाडौं भित्रिनका लागि दिइने पास पनि बन्द गरिएको जनाएको छ । अर्को व्यवस्था नभएसम्मका लागि […]
२९ साउन, काठमाडौं । असार १० बाट सुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी ओलीको राजीनामा माग भएपछि विभाजनको डिलमा पुगेको सत्तारुढ नेकपाको विवाद मिलाउन दुई अध्यक्ष पुनःवार्तामा बसेका हुन् । प्रधानमन्त्री ओलीले बुधवार एक टेलिभिजनसँगको अन्तर्वार्तामा पाँच दिनभित्रै नेकपाको संकट समाधान हुने बताएका थिए । त्यसको भोलिपल्टै दुई अध्यक्ष र सहयोगी नेताहरुसहितको वार्तामा समाधानका […]
२९ साउन, काठमाडौं । लामो समयको संवादहीनतापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । ओलीलाई भेट्न प्रचण्ड केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । भेटमा पार्टीको समस्या समस्या समाधानलगायतका विषयमा कुराकानी भइरहेको बताइएको छ । स्थायी कमिटीको बैठकमा प्रचण्ड–माधव नेपाल पक्षका नेताहरुले ओलीको राजीनामा मागेपछि नेकपामा […]
काठमाडौं : सन् २०२२ मा कतारमा आयोजना हुन लागेको फिफा विश्वकप छनोटका बाँकी खेलहरू फेरि स्थगित भएको छ। कोरोना भाइरसको बढ्दो महामारीका कारण विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी)ले विश्वकप र एसियन कपको समेत छनोट खेल सन् २०२१ सम्मका लागि स्थगित गरेको जनाएको छ। यसअघि दोस्रोपटक सरेको छनोटका बाँकी खेल अक्टोबर र नोभेम्बरमा […]
महेश कार्की/कोल्टी २८ साउन। नेपाल कम्युनिष्ट पार्टी नेकपा बुढीनन्दा नगर संगठन कमिटीको कार्यकर्ता प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएकोे छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा बुढीनन्दा नगर संगठन कमिटीका अध्यक्ष जंगविर रोकायाको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा नेकपा प्रदेश कमिटी सदस्य तथा सुदुरपश्चिम प्रदेश सदस्य बलदेव रेग्मी प्रमुख अतिथि रहनु भएको थियो । त्यस्तै नेपाल […]
२८ साउन, काठमाडौं । काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपलाई मान्यता दिएको घोषणा गरे । ‘स्पुतनिक भी’ नाम दिइएको यो खोप आफ्नी छोरीलाई दिएको र उनको ज्वरो पहिलेभन्दा कम भएको दाबी गरेका छन् । विश्व कोरोनाले आक्रान्त बनेका बेला रुसले बनाएको भनिएको यो खोपले आशासँगै आशंका पनि जन्माएको छ […]
एजेन्सी । कोराना भाइरस महामारीबाट बच्नका लागि सम्पूर्ण विश्व भ्याक्सिनको प्रतिक्षामा छ । विश्वका धेरै मुलुक यसको कोसिसमा जुटेका छन् । क्लिनिकल ट्रायलदेखि ह्युमन ट्रायलसम्म सफल भएको छ । यसअघि अक्सफोर्डको भ्याक्सिनबारे धेरै चर्चा थियो । तर मंगलबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशले विश्वको पहिलो कोभिड–१९ भ्याक्सिन तयार गरेको दाबी गरे । रुसको स्वास्थ […]
काठमाडौं । पछिल्लो विवरणअनुसार कोरोनाभाइरसबाट थप ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका १, धादिङका १, धनुषाका २, सप्तरीका १, मोरङका १, कपिलवस्तुका १ र बाराका १ जना गरी जम्मा ८ जनाको मृत्यु भएको हो । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा […]
२८ साउन, वीरगञ्ज । कोरोना भाइरस (कोभिड–१९) को कहर कट्यो कि भन्ने आशमा बसेका वीरगञ्जबासीलाई ८ साउनको एउटा खबरले झस्कायो । खबरको शीर्षक थियो– कोरोना संक्रमणबाट वीरगञ्जमा एकजनाको मृत्यु । साउन पहिलो साताभर कहिले शूल्य त कहिले एकाध कोरोना भाइरसका संक्रमित भेटिएको पर्सामा त्यसपछि हरेक दिन संक्रमित मात्र थपिएनन्, मृत्यु पनि बढेको छ । त्यसपछि […]
२८ साउन, काठमाडौं । बुधबार नेपालमा थप ४८४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४ सय ८१ जनाको परीक्षण गर्दा ४८४ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २४ हजार ४३२ पुगेको छ । गत २४ घण्टामा कोरोना भाइरस निको भएर ६४ जना […]