होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • सुदूरपश्चिम प्रदेशमा सक्रिय संक्रमितको संख्या ६ सय १६ पुग्यो
देश/प्रदेश

सुदूरपश्चिम प्रदेशमा सक्रिय संक्रमितको संख्या ६ सय १६ पुग्यो

  • नागरिक रैबार
सुदूरपश्चिम प्रदेशमा सक्रिय संक्रमितको संख्या ६ सय १६ पुग्यो

कैलाली – सुदूरपश्चिम प्रदेशमा कोरोना सक्रिय संक्रमितको संख्या ६ सय १६ पुगेको छ ।

शनिबार गरिएको परिक्षणबाट थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सक्रिय संक्रमितको संख्या ६ सय १६ पुगेको हो ।

सेती प्रादेशिक अस्पताल धनगढीबाट १३ , डडेल्धुरा अस्पतालको प्रयोगशालाबाट, २ जनामा संक्रमण पुष्टि भएको स्वास्थय निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ ।

विज्ञापन

कैलालीका ४ पुरुष, ५ महिला, कंचनपुरका २ पुरुष, २ महिला, बझाङ्ग १ पुरुष र डडेल्धुराका १ महिलामा सक्रमण पुष्टि भएको निर्देशनालय ले जनाएको हो ।

यसअघि नै ४ हजार २०२ जना निको भएर घर गइसकेका छन् भने ११ जना संक्रमितको मृत्यु भइसकेको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले रातोपाटीलाई जानकारी दिए ।

प्रदेशमा हालसम्म ४४ हजार ६८१ जनाको पीसीआर बिधिबाट जाँच गरिएको र ३९ हजार ८५२ मा नेगेटिभ आएको उनले बताए । २ हजार २३३ को रिपोर्ट आउन बाँकी रहेको छ ।

आरडिटी बिधिबाट १ लाख २४ हजार ६९० जनामा परिक्षण गरिएको छ ।

हाल सम्म फेला परेका संक्रमितहरु अछामका ७२४, बैतडीका ३२४, बझाङ्गका २८५ ,बाजुरा ४५२, डडेल्धुराका ३०५, दार्चुलाका ४३, डोटीका ७४३ , कैलालीका १३५८ र कंचनपुरका ५९५ गरि ४ हजार ८२९ रहेका छन । जस्मा महिला १ हजार १८४ , पुरुष ३ हजार ६४५ रहेका छन । क्वारेन्टिाईनमा २ हजार ४७७ पुरुष र १ हजार २९ महिला रहेका छन । प्रदेशका बिभिन्न आईसोलेसनमा शंकास्पद १४ र संक्रमित ६० गरी ७४ जनाको उपचार भइरहेको छ ।

१ हजार १४ जना भने सामान्य उपचार पछि घर गइसकेका छन् । सेती प्रादेशिक अस्पतालमा ७, टिकापुर ३४ , महाकाली ४, अछाम १०, डोटी २, डडेल्धुरा १ र मालाखेती अस्पतालमा २ जनाको उपचार भई रहेको उनले बताए ।
बाँकी को भने ९ वटै जिल्लाको आईसोलेसनमा उपचार भइरहेको स्वास्थ्य महाशाखा प्रमुख कार्कीको भनाइ छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार