होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं १६ भदौ । पाँच महिना लामो गतिरोधपछि सरकारले आज रातिबाट औपचारिकरुपमा नियमित उडान सुचारु गर्दै छ । मध्यराति १ बजे नेपाल एयरलाइन्सको जहाज जापानको नारिताका लागि उड्ने भने बुधबार नै क्वालालाम्पुरबाट मालिन्दो एयरको जहाजले यात्रुलाई काठमाडौं ल्याउने छ । कोरोनाका कारण सरकारले गत चैत १० गतेबाट सबै हवाई उडानहरु बन्द गरेको थियो । त्यसयता […]
नागरिक रैबार/बाजुरा १५ भदाै। जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी टंक प्रसाद भट्टराईको सरुवा राष्ट्रिय सुरक्षा परिषद् सचिवालय सिंहदरबार, काठमाडौंमा भएको छ। उनको ठाउँमा प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय नक्सालमा कार्यरत मदनजित महरा आउने जनाइएको छ। प्रहरी प्रधान कार्यालयले देशभरमा ७२ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को सरुवा गरेको छ। कार्यालयले सोमबार सार्वजनिक गरेको […]
१५ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भीआईपीहरुमा पनि कोरोना संक्रमणको जोखिम बढेको भन्दै यसबाट जोगिएर काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् । आइतबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई त्यस्तो निर्देशन दिएका हुन् । गृहमन्त्री रामबहादुर थापा बादल र रक्षामन्त्री ईश्वर पोखरेल आइसोलेसनमा बसेका कारण नेकपा सचिवालय बैठकै रोकिएको थियो । तर, आइतबारको […]
मनाङ – मनाङको स्याउ अहिले विश्व बजारमा पुग्न थालेको छ ।मनाङ एग्रो प्रालिका पोल्देन छोपाङ गुरुङले मनाङमा उत्पादन गरेको स्याउ अहिले विश्व बजारमा पुगेको छ । ङिस्याङ गाउँपालिका–१ भ्राताङमा रहेको पुरानो स्याउबारीसँगै उनले गाउँपालिकासँग थप जग्गा भाडामा लिएका छन् । सात्ताइस वर्षका लागि १२ करोड ९१ लाख ११ हजार भाडा तिर्ने गरी भाडामा लिएको जग्गामा […]
नेपालकै छैटौँ कोरोना सङ्क्रमित बागलुङ नगरपालिका–३ की ६५ वर्षीया मनकुमारी पौडेलले कोरोनामुक्त भएर अस्पतालबाट बाहिरिने क्रममा भनेकी थिइन्, “मैले आत्मबल र तातोपानी खाएरै कोरोना जितेँ ।” धौलागिरि अस्पतालको आइसोलेसनमा उपचार गराएकी उनलाई दुई हप्ताको बीचमा एक दिन उच्च रक्तचापबाहेक कुनै पनि औषधिको प्रयोग गर्नुपरेन । चैतमा पहिलो पटक देखिएका दुई सङ्क्रमितको एकै स्वर थियो, “स्वास्थ्यकर्मीको […]
कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्मका चार घर भत्किँदा एकै परिवारका चारसहित १० जनाको मृत्यु भएको छ । दुई जना अझै बेपत्ता छन् । घटनास्थलबाट उद्धार गरिएका दुई जनालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लगिएको छ । नाग्म बजारको पछाडिपट्टिको भिरालो जमिन आइतबार बिहान सात बजेतिर भासिएर पहिरो जाँदा घरभित्रै रहेकाहरू पुरिएका हुन् । पहिरोले […]
काठमाडौँ । सर्वोच्च अदालतले गैर न्यायिक थुनाबाट रिहा गर्न आदेश दिए लगतै नेकपा नेत्री उमा भुजेल रिहा भएकी छन । उमा भुजेलको तर्फबाट उनकी बहिनी शुशिला भुजेलले दायर गरेको रिट उपर सुनुवाई गर्दै आज सर्वोच्च अदालतले यस्तो आदेश दिएको थियो । नेतृ भुजेललसँगै सुमनसिहं पौडेल पनि रिहा भएका छन । भुजेललाई सुनसरी जिल्ला अदालतले भदौ […]
सरकारले अन्तर जिल्ला तथा लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नखोल्ने भएको छ। मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले भदौ १५ सम्मका लागि गरेको स्थगतलाई भदौ मसान्तसम्म लब्याएको हो। यसअघि सरकारले भदौ १६ गतेदेखि लामो तथा छोटो दुरीका सवारीसाधन चलाउने निर्णय गरेको थियो।
महेन्द्रनगर/दार्चुला: मुलुकको कार्यकारी पददेखि राज्य संयन्त्र सञ्चालन हुँदै राजनीति समेतमा प्रभाव राख्ने हस्ती भएको सुदूरपश्चिम प्रदेशको स्वास्थ्य सेवाको अवस्था भने जर्जर छ। नौ जिल्ला भएको प्रदेशमा सात पहाडी जिल्ला छन्। मुलुककै विकट पहाडी जिल्ला बाजुरादेखि यसअघि क्षेत्रीय सदरमुकाम रहीसकेको डोटीले हालसम्म नत जिल्लामा आइसियु सेवा दिन सक्यो नत भेन्टिलेटर सेवा नै। पछिल्लो दशकयता स्वास्थ्य सेवा प्रवाहमा […]
काठमाडौं । पछिल्लो अध्यावधिक विवरणअनुसार नेपालमा कोरोनाबाट ४ महिला र १० पुरुषसहित १४ जनाको मृत्यु भएको छ । मृतक महिलामा सुनसरी, बारा, महोत्तरी र काठमाडौंका १–१ जना रहेका छन् । यस्तै मृतक पुरुषमा महोत्तरी र रुपन्देहीका २–२ तथा सुनसरी, मोरङ, रौतहटका, ललितपुर, भक्तपुर र नवलपरासीका १–१ जना गरी १० जना रहेका छन् । योसँगै देशभर […]
१४ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा १२२१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ७१७ नमुना परीक्षण गर्दा ३४८ महिला र ८७३ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ । उनीहरुमध्ये २२१ जनाको मृत्यु भएको छ भने २० हजार […]
काठमाडौं । बीमा समितिले हालसम्म ८ लाख ४७ हजार नेपालीको कोरोना बीमा भएको बताएको छ बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले बीमलेख जारी भएको चार महिनामा ८ लाख ४७ हजार नेपाली नागरिकको कोरोना बीमा भएको बताए । त्यसबापत अहिले सम्म ४७ करोड रुपैयाँ बीमा प्रिमियम संकलन भएको पनि अध्यक्ष चापागाईंले बताए । बीमा समितिले वैशाख ४ […]
काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिले गत असारमा गरेको निर्णयअनुसार पार्टीको १४ औँ महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा हुनेछ । १४ औँ महाधिवेशनको मिति तोकेर कार्यतालिका नै निर्धारण भइसकेको अवस्थामा पनि घोषित मितिमा महाधिवेशन हुनेमा आशंका देखिएको छ । किनकि १४ औँ महाधिवेशनको संशोधित कार्यतालिका समेत कोरोना महामारीका कारण विभिन्न […]
१४ भदौ, काठमाडौं । पछिल्लो समय कारागारमा रहेका कैदी बन्दीहरुमा कोरोना संक्रमण बढ्न थालेको भन्दै गृहमन्त्री रामबहादुर थापा बादलले चिन्ता व्यक्त गरेका छन् । साथै सुरक्षाकर्मीहरुमा पनि संक्रमण बढेकोमा गृहमन्त्री चिन्तित देखिएका छन् । आइतबार राज्य व्यवस्था समितिको भर्चुअल बैठक बैठकमा सहभागिता जनाउँदै मन्त्री थापाले कारागार र ब्यारेकहरुमा संक्रमण बढेकोमा चिन्ता प्रकट गरेको बैठकमा सहभागी […]
अर्जुन शाह। फुर्सद मिल्यो कि बडिमालिका खबर र नागरिक रैबार पल्टाइरहन्छु । शनिवार मध्यान्ह्रतिर पनि बडिमालिका खबर पल्टाउँदै थिएँ । संयोगले त्यसभित्र कुनै कार्यक्रमको ‘जुम लाइभ’ चलिरहेको रहेछ । त्यो ‘लाइभ’ बाजुराको अवरुद्ध सडक सूचारु गर्ने सन्दर्भमा जिम्मेवारहरुबीचको भर्चुअल मिटिङको रहेछ । बाजुराको विकासका सवालहरुमा उहिल्यैदेखि रुची र पैरवीकर्ताको नाताले पनि होला, मेरा आँखाहरु अरु […]
१४ भदौ, काठमाडौं । नेपालले गत आर्थिक वर्ष २०७६/७७मा झण्डै एक अर्ब रुपैयाँको विद्युत् भारत निर्यात गरेको छ । आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात गरिरहेको भन्ने आरोप खेपिरहेको नेपाल विद्युत प्राधिकरणले गत आवमा ९५ करोड ७० लाख रुपैयाँको विद्युत भारत निर्यात गरेको हो । यसले देश विद्युतमा आत्मनिर्भरतातर्फ अगाडि बढेको संकेत गरेको प्राधिकरणले जनाएको […]
काठमाडौं – सरकारले कोरोना रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि गठन गरेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)का नेतृत्वकर्ता (कमान्डर)हरू नै आइसोलेसनमा पुगेका छन् । नेतृत्वकर्ता नै आइसोलेसनमा पुगेपछि कोभिड नियन्त्रणमा झनै समस्या देखिएको छ । यस्तो अवस्थामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तत्काल बैठक बसेर कोभिड नियन्त्रण सम्बन्धमा वैकल्पिक व्यवस्था गर्नुपर्नेमा प्रधानमन्त्री कार्यालय आफैं शिथिल देखिएको छ […]
काठमाडौं । नेपाल आइडल सिजन–३ को विजेता सज्जा चौलागाईँ बनेकी छिन् । यस्तै फस्ट रनरअफ प्रवीण वेडवाल बनेका छन् । यस्तै सेकेण्ड रनरअप किरण कुमार भुजेल बनेका छन् । शुक्रबारको ग्राण्ड फिनालेमा आइडलका एक सदस्यमा कोरोना संक्रमण भएपछि अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाले आइडल घोषणा गरेका थिए । घोषणा अघि कार्यक्रममै नेपाल आईडल सिजन […]
काठमाडौं । बितेको २४ घण्टामा कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १९५ पुगेको छ । यस्तै देशभर थप ९२७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । संक्रमितमा ३३४ महिला र ५९३ जना पुरुष रहेका छन् । मृतकमा ४ महिला र ८ पुरुष रहेको शुक्रबारको नियमित प्रेस ब्रिफिङमा […]
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ९ सय २७ संक्रमित थपिएका छन् । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ३३४ महिला र ५९३ पुरुष गरी देशभर थप ९२७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३६ हजार ४५६ पुगेको उनले बताए ।