होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’को सचिवालयले कुलमान घिसिङलाई पुनः चार वर्षे कार्यकालका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा प्रस्ताव गरेको जानकारी दिएको छ । मन्त्री पुनका सचिवालय प्रमुख दुर्गाप्रसाद चापागाईंले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत सोमबारको मन्त्रिपरिषद बैठकमा मन्त्री पुनले घिसिङलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्तिका लागि प्रस्ताव पेश गरेको जानकारी दिएका हुन् । […]
१ असोज, काठमाडौं । झण्डै दुई तिहाइ बहुमत प्राप्त केपी ओली नेतृत्वको सरकारले आफ्नो कार्यकालको आधा समय व्यतीत हुँदा पनि संविधानतः गठन हुनुपर्ने संरचनाहरुलाई चलायमान बनाउन सकेको छैन । अहिलेसम्म संवैधानिक आयोगहरुमा ४८ पदहरु रिक्त छन् । प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आदिवासी जनजाति, मधेसीलगायतको पहिचानको मुद्दामा अरुचि राख्ने गरेको आरोप लाग्ने गरेको छ । यही […]
कैलाली – सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । बुधबार धनगढी उपमहानगरपालीका ५ बस्ने ५७ बर्षिया महिलाको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुनेको संख्या १२ पुगेको हो । उनलाई भाद्र १७ गते कोरोना पुष्टि भएको थियो भने १९ गते अस्पताल भर्ना गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए […]
जीवन कैला/कोल्टी १ असोज। हिमाली गाउँपालिकाले असोज ४ गतेबाट सामुदायिक विद्यालय खोल्ने तयारी गरेको छ । शिक्षा शाखा हिमाली गाउँपालिकाका प्रमुख परमलाल पाण्डेको अध्यक्षतामा वसेको बैठकले आवश्यक परामर्श र छलफल गरी असोज ४ गतेबाट हिमालीका सामुदायिक विद्यालयमा पठन पाठन सञ्चालन गर्ने निर्णय गरेको हो । विहिबार गाँउपालिकाको केन्द्र धुलाचौरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक […]
१ असोज, काठमाडौं । गत चैत ११ गतेदेखि बन्द लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातका साधन आजबाट सन्चालनमा आएका छन् । कोरोना सक्रमणबाट जोगिने उपाय अपनाएर सरकारले ६ महिनापछि सार्वजनिक यातायात सञ्चालनको अनुमति दिएको हो । आज विश्वकर्मा पूजाको दिन परेको र पूजा सकेर गाडीहरु चल्ने यातायात व्यवसायीहरु बताउँछन् । साबिक भाडामा ५० प्रतिशत बढी […]
काठमाडौँ – कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदूरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । आजकै दिन नेपालमा अमृत क्याम्पस (अस्कल) का संस्थापक अमृतप्रसाद प्रधानको […]
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई उसको जन्मको उपलक्ष्यमा शुभकामना दिएका छन् । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री अोलीले आफ्नो ट्वीटरमार्फत प्रधानमन्त्री मोदीको जन्म दिनको शुभकामना दिँदै स्वास्थ्य र खुशीको लागि कामना पनि गरेका छन् । प्रधानमन्त्री ओलीले सो अवसरमा दुवै देशको बीचमा रहेको सम्बन्धलाई अझ बलियो बनाउन मिलेर काम गर्ने कार्यलाई जारी […]
३१ भदौ, काठमाडौं । करिब ६ महिनादेखि बन्द लामो दूरीको यातायात सेवा सरकारले १ असोजदेखि खुलाउने निर्णय गरेसँगै काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो बसपार्क, नयाँ बसपार्कमा आवश्यक तयारी सुरु गरिएको छ । लामो दुरीको यातायात खुल्ने समाचार आएपछि धेरै यात्रुहरु बुधबार बिहानै बसपार्क पुगेका थिए । तर एक दिन अगाडि मात्रै टिकट काट्ने भनिएपछि उनीहरु फर्किए […]
३१ भदौ, काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा नयाँ भर्ना प्रक्रिया सुरु भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले स्वीकृति दिएसँगै नयाँ भर्ना प्रक्रिया थालिएको हो । सरकारको स्वीकृतिपछि नेपाल प्रहरीले बुधबार प्रहरी निरीक्षकको १ माघ ०७६ मा प्रकाशित सूचना अनुसारको भर्नाका लागि प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्तीको परीक्षाको तालिका प्रकाशित गरेको […]
३१ भदौ, काठमाडौं । गत वर्ष असोज १२ गते भारतले आफ्नो मुलुकबाट हुने प्याजको निर्यातमा प्रतिबन्ध लगायो । विश्वमा धेरै प्याज उत्पादन हुने मुलुक मध्येको एक भारतले निर्यातमा रोक लगाएपछि दक्षिण एशियाली मुलुकहरुमा प्याजको भाउ छोई नसक्नु भयो । ४ अक्टोबर २०१९ (असोज १७,२०७६ मा) बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले आफ्नो भान्सामा महँगो प्याज प्रयोग नगर्न […]
३१ भदौ, गलकोट । साविक धौलागिरि अञ्चलका चार जिल्ला बागलुङ, म्याग्दी, मुस्ताङ र पर्वतमध्ये एक जिल्लामा विद्युत् अवरोध हुँदा चार जिल्ला नै अन्धकार हुँदै आएका छन् । राष्ट्रिय प्रसारण ग्रिडको एक लाख ३२ हजार भोल्ट क्षमताको मोदी पावरहाउसबाट पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ जिल्लामा एउटै फिडरबाट विद्युत् वितरण भइरहेका कारण समस्या हुँदै आएको छ । […]
३१ भदौ, काठमाडौं । सर्वोच्च अदालतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग कोरोना भाइरस संक्रमण पत्ता लगाउन गरिने आरटी–पीसीआर परीक्षण निशुल्क गर्न नसक्नुको लिखित कारण माग गरेको छ । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरूले जस्तै सर्वसाधारणले पनि नोवेल कोरोना भाइरस (कोभिड–१९) को पीसीआर परीक्षण निःशुल्क पाउनुपर्ने माग गर्दै दायर भएको रिटमा सुनुवाई गर्दै अदालतले १५ दिनभित्र जवाफ मागेको हो […]
३१ भदौ, काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनमा बिहीबार एक दिन देशभरका अदालतमा बिदा दिने निर्णय गरेको छ । सर्वोच्च अदालतको बुधबार बसेको आकस्मिक पूर्ण बैठकले सिंहको निधनप्रति दुःख व्यक्त गर्दै सर्वोच्च अदालतसहित देशभरका अदालतमा बिहीबार शोक बिदा दिने निर्णय गरेको हो । सिंहको निधनबाट राष्ट्रले एउटा सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्व गुमाएको […]
कैलाली(गोदावरी): नेपाल टेलिकमले सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा फोर जी इन्टरनेट सेवा विस्तार गरेको छ। यो प्रदेशका नौ वटै जिल्लामा २१७ वटा टावरमार्फत फोर जी इन्टरनेट सेवा विस्तार गरिएको नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियाले जनाएको छ। “प्रदेशभर फोर जी सेवाको पहुँच पु¥याउन ३८४ टावर निर्माण गरी विस्तार गर्ने योजना छ”, सो कार्यालयका निर्देशक नामाकर न्यौपानेले […]
लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कूल पूर्णाङ्कको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको जोखिम बढ्दो स्थितिमा प्रत्यक्षरुपमा देशभर परीक्षा लिनसक्ने स्थिति नभएको निष्कर्षसहित कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २० नम्बरको प्रयोगात्मक र कक्षा ११ को कूल प्राप्ताङ्कलाई बाँकी ४० नम्बरमा गणना गरी […]
काठमाडौं । आगामी तीन दिन देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शुक्रबारसम्म देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताए । “उक्त अवधिमा राति तथा बिहानीपख बढी वर्षा हुने गर्दछ, यो मनसुन अन्त्य हुने पूर्वको क्रियाकलाप हो”, मौसमविद् पौडेलले भने […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाले शुक्रबार सचिवालय बैठक बोलाएको छ । गत २६ गते बसेको स्थायी समिति बैठकका निर्णयहरु कार्यान्वयनमा लैजान छलफलका लागि बैठक बोलाएको नेकपाले जनाएको छ । शुक्रबारको बैठक पूर्वमाओवादी केन्द्रको कोटेश्वर पेरिशडाँडास्थित पार्टी कार्यालयमा बस्ने स्रोतको भनाई छ । पार्टी एकतापछि पेरिसडाँडामा नेकपाको पहिलोपटक बैठक बस्न लागेको हो । नेकपाको अधिकांश […]
३१ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्यु भइसकेका व्यक्तिहरुको कोरोना परीक्षण नगर्न निर्देशन दिएको छ । मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले शंकास्पद व्यक्तिको मृत्युपछि कोरोना परीक्षण नगर्न नगराउन भनेको हो । तर शव व्यवस्थापन गर्दा सबै सावधानी अपनाउनुपर्ने र सम्पर्कमा आएकाहरु १४ दिन क्वारेन्टिनमा बस्नुपर्नेछ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘शवबाट […]
३१ भदौ, काठमाडौं । भदौ २६ गते गुल्मीको धुर्कोट गाउँपालिकाले आफ्नो फेसबुकमा एउटा सूचना सार्वजनिक गर्यो । सूचनामा किसान र कृषि समूहहरुले गाउँपालिकालाई बेच्न सक्ने उत्पादन र तिनका मूल्य विवरण थियो । धुर्कोट भित्रका किसानले उत्पादन गरेको तितौरा, मुलाको सिन्की र सुकेको चानो, बेसारको चानो, कोदो, मकै र भटमास उचित मुल्यमा किनिदिने योजना गाउँपालिकाले बनाएको […]
काठमाडौं, ३१ भदौ । नेपालमा थप १५ सय ३९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार थप १५ सय ३९ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ५८ हजार ३ सय २७ पुगेको हो ।