होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, चैत्र २६, २०८०
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुग्यो
स्वास्थ्य-जीवनशैली

सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुग्यो

  • नागरिक रैबार
सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुग्यो

कैलाली – सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

बुधबार धनगढी उपमहानगरपालीका ५ बस्ने ५७ बर्षिया महिलाको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुनेको संख्या १२ पुगेको हो ।

उनलाई भाद्र १७ गते कोरोना पुष्टि भएको थियो भने १९ गते अस्पताल भर्ना गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

विज्ञापन

यसअघि नै अछाममा १, बझाङ्गमा २, बाजुरामा २ र कैलालीमा ६ जना कोरोना संक्रमितको मृत्यु भइसकेको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह कार्कीले  जानकारी दिए ।

यसैगरी, बितेको २४ घण्टामा बिभिन्न अस्पतालबाट थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएपछि सकृय संक्रमितको संख्या ७ सय ४९ पुगेको छ ।

कैलालीका २१, कंचनपुरका ८ , डोटीका ४० र अछामका १ जनामा संक्रमण पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जानकारी दिएको हो ।

सकृय संक्रमितमा अछाम २९, बैतडी ६३, बझाङ्ग ६५, बाजुरा ९, डडेल्धुरा ९, दार्चुला १०, डोटी १०१, कैलाली ४१४, कंचनपुर ४९ जना रहेको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले बताए ।

योसंगै यस प्रदेशमा निको हुने संक्रमित संख्या पनि ५ हजार ७०७ पुगेको छ । बिभिन्न अस्पताल बाट १८ जना डिस्चार्ज भएपछि निको हुने संक्रमितको संख्या ५ हजार ७०७ पुगेको उनले बताए । त्यसै गरी बिभिन्न अस्पतालहरुमा ६३ कोरोना संक्रमितको उपचार भइरहेको छ ।

कैलालीको सेतीप्रादेशिक अस्पताल धनगढीमा २९,टिकापुर ७, महाकाली ११, अछाम १०, डोटी २, डडेल्धुरा ३ र दार्चुला अस्पतालमा १ जनाको उपचार भईरहेको छ । शंकास्पद १४ जना आईसोलेसनमा छन् ।

प्रदेशका ९ वटै जिल्लामा ९९ आइृसोलेसन सेन्टरमा २ हजार ५६४ बेडहरु छन । सो बेडमा २ सय १८ पुरुष र ८९म्हिला र होम आईसोलेसनमा ३ सय १८ जना रहेको स्वास्थय महाशाखा प्रमुख नरेन्द्र सिह काक्री को भनाई छ । ७० हजार ६६७ नमुना जाच मध्य ६ हजार २३२जनामा संक्रमण फेला परेको छ भने भने ६४ हजार ४३५ नमुनामा भने नेगेटिभ आएको छ । अझै ९ सय ८२ नमुनाको रिजल्ट आउन बाँकी रहेको उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै