होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं: नेपाल चिकित्सक संघले भदौ ९ गतेदेखि जुम्लामा १९ औं सत्याग्रहमा बसेका चिकित्सा शिक्षा तथा स्वास्थ्यका अभियन्ता डा गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसँग माग गरेको छ। संघले शुक्रबार विज्ञप्ति जारी गर्दै गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाका लागि गरिएको सत्याग्रहप्रति सरकारले गम्भीर रुपमा मनन गरी वार्ताद्वारा माग सम्बोधन गर्न आग्रह गरिएको छ। विगतमा भएका सम्झौता […]
काठमाडौं: नेपाल नर्सिङ परिषदको नाम दर्ता प्रमाणपत्र(लाइसेनिङ) परीक्षा आगामी मंसिरमा हुने भएको छ। लाइसेन्स परीक्षा आगामी मंसिर १३ गते हुने परिषदले जनाएको छ। पीसीएल, बीएससी नर्सिङ र नेसनल लाइसेनिङ एक्जामिनेसनमा सहभागी हुने विद्यार्थीले ब्याचलर इन मिडवाइफरी साइन्स उत्तीर्ण भएको हुनुपर्ने छ। परीक्षामा सहभागी हुन असोज ४ देखि कार्तिक ३ गते सम्ममा अनलाइन फाराम बुझाउनुपर्ने र कार्तिक […]
महेन्द्रनगर । साउदी अरबबाट हरेक महिना घर खर्च पठाउने छोरो कोरोना कहरमा घर फर्किएपछि कञ्चनपुरको शुक्लाफाँटा–१ का सिताराम डगौंरा यतिबेला चिन्तामा छन् । धन कमाएर घर धान्न भन्दै करिब २२ महिनाअघि रु डेढ लाख ऋण काडेर २५ वर्षीय छोरा राजेन्द्र डगौंरालाई साउदी अरब पठाएका सीतरामको सपना कोरोना कहरसँगै तुहिएको छ । “छोराले विदेशमा कमाएर एउटा […]
जनकपुर: शुक्रबार दिउँसो जयनगर चल्ने दुई सेट रेल जनकपुर स्टेशनमा पुगेको छ। जयनगरबाट बिहान हिँडेको रेल दुई सेट जनकपुर आइपुगेको हो। लामो समयको प्रतीक्षापछि आउन लागेको रेल सेट हेर्न जनकपुरबासीको ठूलो भीड लागेको छ। रेल हेर्न विहान ८ बजेदेखि नै स्टेशन आइपुगेको जनकपुरका विजय मेस्तरले बताए। अब दशैँअघि नै रेल संचालन गर्ने तयारी रेल्वे विभागले गरिरहेको […]
धनगढी २ असोज। कैलालीमा कार्यरत एक पत्रकार मृत फेला परेकी छिन्। जिल्लाको घोडाघोडी नगरपालिकामा २३ बर्षीया पत्रकार निर्मला पहराइ मृत फेला परेकी हुन्। घटनास्थलमा पुगेका नेपाल पत्रकार महासंघ जिल्ला शाखा कैलालीका सहसचिव श्रवण देउवाले उनी झुण्डिएको अवस्थामा मृत फेला परेको जानकारी दिए। उनका अनुसार घोडाघोडी नगरपालिका वडा नम्वर ४ की पहराइ जिल्लाको कैलाली एफएममा कार्यरत थिईन्। पहराइ […]
नारायणगढ-मुग्लिङ सडकखण्ड दुईतर्फि अवरुद्ध भएको छ । आज विहान साँढे ५ बजेतिर सडक खण्डको भरतपुर महानगरपालिका २९ को चौध किलो, सत्र किलो र घुमाउने भन्ने स्थानमा ठूलो पहिरो खसेपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको हो । अबिरल बर्षासँगै आएको पहिरो हटाउन केही समय लाग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
काठमाडौँ । असोज ३ गते संविधान दिवस मनाउने गरिन्छ । सरकारले संविधान दिवस मनाउनका लागि आवश्यक तयारी गरिसकेको छ । तर प्रदेश २ सरकारको नेतृत्व गर्दै आएको जसपा नेपालमा भने असोज ३ गतेलाई कसरी मनाउने हो भन्नेमा अन्योलता देखिएको छ । नेपालको संविधान २०७२ प्रति असन्तुष्टि जनाउँदै आएका तत्कालीन मधेसवादी दलहरुसहित विभिन्न राजनीतिक शक्ति मिलेर […]
मनसुनी न्यूनचापीय प्रणालीको प्रभावले भोलिसम्म देशका धेरैजसो स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै प्रदेश नम्बर १, २, ५, वाग्मती, गण्डकी र सुदूरपश्चिमप्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, […]
उत्तरी छिमेकी चीनले अनुमति नदिँदा एक वर्षदेखि उपल्लो डोल्पामा चामल ढुवानी हुन नसक्दा सदरमुकाम दुनैमा चामल भए पनि उपल्लो डोल्पामा खाद्यान्न अभाव भएको छ । उपल्लो डोल्पामा चामल ढुवानी गर्न चीनको नाका प्रयोग गर्नुपर्छ तर एक वर्षदेखि चीनले नाका प्रयोगका लागि अनुमति नदिँदा ढुवानी गर्न नसकिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड डोल्पा प्रमुख कमलराज […]
१ असोज, कैलाली । जिल्ला अस्पताल बैतडीमा पनि कोरोना परीक्षण सुरु भएको छ । यसअघि बैतडी र दार्चुला क्षेत्रको स्वाब परीक्षणका लागि डडेल्धुरा पुराउनु पर्ने बाध्यता रहेको थियो । बिहीबारबाट जिल्लामै स्वाब परीक्षण सुरु भएको जिल्ला अस्पतालका प्रयोगशाला इन्चार्ज श्यामराज जोशीले बताए । बैतडीमा जडान भएको पीसीआर मेसिनले दार्चुलाका नागरिकहरूलाई समेत सहजता हुने उनले बताए […]
१ असोज, काठमाडौं । राष्ट्रियसभा सदस्य बामदेव गौतमले राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम नगर्ने बताएका छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष गौतमलाई बिहीबार राष्ट्रियसभा सदस्य मनोनित गरेकी थिइन् । लगत्तै उनले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनासमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् । सपथपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै […]
काठमाडौं । नेकपाका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग नेपालका लागि भारतीय राजदूत महामहिम विनय मोहन क्वात्राले शिष्टाचार भेटवार्ता गरेका छन् । खनाल निवास डल्लुमा राजदूत क्वात्राले बरिष्ठन नेता खनालसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटका क्रममा पूर्वप्रधानमन्त्री खनाल र राजदूत क्वात्राबीच दुई देश बीचको आपसी हितको विषयमा कुराकानी भएको खनालका स्बकिय सचिब कृष्ण भट्टराईले […]
काठमाडौं । नेपाल टेलिकमले असोज ३ गतेको संविधान दिवस (राष्ट्रिय दिवस) को अवसरमा विभन्नि अफरहरु सार्वजनिक गरेको छ । टेलिकमले बुधबार अनलिमिटेड युट्युब अनलिमिटेड फेसबुक र एड–अन प्याक उपलब्ध उपलब्ध गराउने भएको हो । यही असोज २, ३ र ४ गते अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक प्याक छुट्टाछुट्टै रु. ५५ प्रति प्याकमा खरिद गरी खरिद गरिएको […]
१ असोज, सप्तरी । १३ बर्ष पहिले रोजगारीका लागि पञ्जाब गएका श्रीमान फर्किएन् । उनले एक छोरा र दुई छोरी एक्लै हुर्काइन् । सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ ब्रहमपुरकी रधियादेवी मण्डलले छोरा श्याम, छोरीहरु संगीता र सवितालाई बाबुको अभाव हुन दिइनन् ।घरमा गर्जो टार्न गाह्रो भएपछि दुई वर्ष पहिले रधियादेवीका २२ वर्षीय छोरा श्याम मलेसिया गए । […]
१ असोज, गुल्मी । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दुईवटा संकटलाई सामान गरेर जिन्दगीको गाडी गुडाउनु पर्ने बेला आएको बताएका छन् । नेपाल पत्रकार महासंघ गुल्मीले तम्घासमा गरेको पत्रकार भेटघाटमा मन्त्री ज्ञवालीले स्वास्थ्य संकट र आर्थिक संकटको सामना गर्दै जिन्दगीको गाडीलाई गुडाउनु पर्ने बेला आएको बताएका हुन् । व्यवसाय चलाउनु पर्ने भयो, बजार खोल्नु पर्ने भयो भनेर […]
१ असोज, काठमाडौं । राष्ट्रियसभा सदस्यमा मनोनित वामदेव गौतमले पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारील मन्त्रिपरिषदको सिफारिसमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष गौतमलाई बिहीबार राष्ट्रियसभा सदस्य मनोनित गरेकी थिइन् । अपराह्न राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गौतमलाई पद तथा गोपनियताको सपथ खुवाएका छन् ।
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शहर बजारमा ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्नेहरु कोभिड–१९ (कोरोनाभाइरस) का कारण निकै ठूलो संकटमा परेकाले सरकारले उनीहरुका लागि ‘विशेष राहत’ प्याकेज घोषणा गर्नुपर्ने बताएका छन् । अध्यक्ष प्रचण्डले यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत कुरा गरिरहेको र छिट्टै निष्कर्षमा पुग्ने बताएका छन् […]
नागरिक रैबार/बाजुरा १ असोज। सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले सुदूरपश्चिम प्रदेशलाई फलफुल तथा तरकारीमा आत्मनिर्भर बनाउन लागि परेको बताएका छन् । बाजुराबाट हवाइजहाज मार्फत धनगढी बजारमा पुगेको स्याउ विक्रि केन्द्रको उद्धघाटन् गर्दै मन्त्री शाहले स्याउको लागि प्रदेश सरकारले कोल्ड स्टोर निर्माण गर्ने, सुदुरपश्चिम लाई फलफुल, तथा तरकारीमा आत्मनिर्भर बनाउन प्रदेश […]
बाजुरामा फलेको स्याउँ यसबर्ष पनि धनगढी पुगाइएको छ। कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत मीनप्रसाद जैशीले बाजुरामा फलेको स्याउँ धनगढी पुगाइएको जानकारी दिए। उनका अनुसार “जसले एकपटक खायो, उसले स्वाद थाहा पायो” भन्ने नाराका साथ बाजुराको स्याउँ धनगढी पुगाइएको हो। धनगढीको ट्राफिक चौराह नजिक हिमाली होटललाई बिक्री स्थान तोकिएको छ। दुई सय १२ पेटी स्याउँ […]
काठमाडौं, १ असोज । मनसुनी न्यूनचापीय प्रणालीको प्रभावले गर्दा शुक्रबारसम्म देशभर वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन अन्त्य हुने पूर्वको क्रियाकलाप भएकाले सो अवधिमा राति तथा बिहानीपख बढी वर्षा हुने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँले अब नेपालमा एक साता मात्र मनसुनको समय रहेको जानकारी […]