होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
तानसेन : कोरोना प्रभावित युवा लक्षित गरी पाल्पाको एक गाउँपालिकाले बिनाधितो, निर्ब्याजी ऋण लगानी थालेको छ। विदेश तथा स्वदशमै रोजगारी गुमाई गाउँघर फर्किएका युवालाई लक्षित गरी यो कार्यक्रम ल्याइएको हो। पुँजी अभावको कारण उद्यमी बन्न नपाएका युवालाई रिब्दिकोट गाउँपालिकाले बिनाधितो, बिनाब्याज १० लाख रुपैयाँ ऋण सहयोग अभियान सुरु छ। कृषि तथा पशुपालनसम्बन्धी व्यवसाय प्रमुख आधार […]
कुनै बेला थियो, देशमा प्रचण्डले चाहँदा कोही प्रधानमन्त्री बन्थ्यो र हट्थ्यो पनि । अहिले एउटा सचिव बनाउने र मन्त्री हटाउने स्थिति छैन । ०६६ सालमा झलनाथ खनाल, ०६८ सालमा बाबुराम भट्टराईदेखि ०७२ मा केपी ओलीलाई प्रधानमन्त्री बनाउने र हटाउने दुबै खेलका सूत्रधार प्रचण्ड अहिले आफूसरहकै अध्यक्ष केपी ओलीसँग दिनैपिच्छे तारिख धाएझैँ वार्ता गरिरहनुभएको छ । […]
संघीयतामा प्रदेश बलियो भएर तिनले आफ्नो भाग्य र भविष्यको फैसला गर्न पाउनुपर्ने हो । तर, केन्द्रदेखि प्रदेशसम्मका सरकारमा एकछत्र उपस्थिति जनाएको सत्तारुढ नेकपाभित्रैको आन्तरिक खिचातानीले मुलुकको राजनीतिमा अर्को रुप लिने खतरा बढेको छ । अहिले कर्णाली प्रदेशबाट आगोको झिल्कोझैँ सत्तारुढ दलभित्रको रडाको पटाक्षेप भएको छ । यससँगै प्रश्नहरू उठेका छन्– यसले पार्टी एकता, पूर्वएमालेमा व्याप्त […]
२७ असोज, डोटी । सुदूरपश्चिमको पहाडी जिल्लामा नियमित उडान भर्ने योजना बनाएको समिट एयरको टुइन अटर बिमान मंगलबार बझाङ पुगेको छ । कैलालीको धनगढी विमानस्थलबाट समिट एयरको ९ एन—एकेजेड विमान १६ जना यात्रु बोकेर बझाङ पुगेको हो । बझाङबाट पनि १६ जना यात्रु बोकेर उक्त विहान धनगढी फर्केको छ । २०३५ सालमा धुले धावनमार्गमा […]
२७ असोज, काठमाडौं । श्रमजीवि पत्रकार ऐन कार्यान्वयन गर्न र कानुन नमान्ने सञ्चार गृहको नाम सावैजनिक गर्न माग गर्दै पत्रकारहरुले मंगलबार काठमाडौंको बालुवाटारमा प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासंघ र सञ्चार गृहका पीडित पत्रकार कर्मचारी संयुक्त संघर्ष समितिले मंगलबार प्रधानमन्त्रीको सरकारी निवास रहेको क्षेत्रमा थाल ठटाएर प्रदर्शन गरेका हुन् । उनीहरुले कानुन नमान्ने सञ्चार […]
काठमाडौं, २७ असोज । नेपालमा पछिल्लो २४ घण्टामा ३५ सय ५६ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मंगलबार थप ३५ सय ५६ संक्रमित थपिएसँगै संक्रमितको कुल संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले विपद् जोखिम न्यूनीकरण र यसको सामना गर्न सरकारले निश्चित लक्ष्य, उद्देश्य, नीति र कार्य योजना बनाएर काम गरिरहेको बताएका छन् । विपद् जोखिम न्यूनीकरण अन्तरराष्ट्रिय दिवसका अवसरमा आज यहाँ आयोजित समारोहमा उनले व्यापक जागरण, साझा प्रयास र शक्ति सङ्गठित गर्दै तीनै तह सरकारले कार्यायोजना बनाएर अघि बढिरहेको स्पष्ट पारे । […]
काठमाडाैं, २७ असाेज । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बजारमा मूल्यवृद्धि नभएको बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्सको ७० औं दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टले दैनिक उपभोग्य वस्तुमा मूल्य वृद्धि नभएको बताउनुभएको हो । उहाँले लामो समय लकडाउन भएपछि खुलेको बजारमा कुनैपनि खाद्यान्न लगायत दैनिक रुपमा प्रयोगमा आउने वस्तुमा […]
धनगढी: सुदूरपश्चिम प्रदेश फुटबल संघको अध्यक्षमा दिनेश श्रेष्ठ चयन भएका छन्। कैलाली र कंचनपुर जिल्ला फुटबल संघले सिफारिस गरेको आधारमा प्रदेश फुटबल संघको तदर्थ समितिको अध्यक्षमा दिनेश श्रेष्ठलाई चयन गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। कंचनपुरको महेन्द्रनगरमा आज भएको भेलाले संघको उपाध्यक्षद्वयमा राघवेन्द्र कार्की (कैलाली) र तेज बहादुर चन्द (कंचनपुर) लाई चयन […]
२७ असोज, काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीको स्वास्थ्यावस्था सुधारोन्मुख रहेको छ । धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनका निजी सचिव नीरज पौडेलले जानकारी दिए । उनका अनुसार मन्त्री त्रिपाठीको सोमबार राति पित्तथैलीमा पत्थरी भएपछि शल्यक्रिया गरिएको थियो । मन्त्री त्रिपाठीलाई गत आइतबार अचानक अस्वस्थ भएपछि थापाथलीस्थित […]
२७ असोज, काठमाडौँं । विश्वको सर्वाेच्च शिखर सगरमाथाको उचाइ घोषणा तयारीको काम अन्तिम चरणमा पुगेको सरकारी अधिकारीहरुले बताएका छन् । उचाइ घोषणाको काम कहिले, कुन तहबाट र कस्तो कार्यक्रम गरेर घोषणा गर्ने भन्ने सम्बन्धमा नापी विभागले भूमिव्यवस्था, सहकारी र गरिबी निवारण मन्त्रालयसँग छलफल गरिरहेको छ । सगरमाथाको उचाइ मापनको काम एक बर्षअघि नै सकिएको […]
कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले उच्च स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर मात्र यस वर्षको दशैँ, तिहारलगायतका चाडपर्व मनाउन जिल्लावासीलाई आग्रह गरेको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको १९औँ बैठकले दिनानुदिन कोरोना भाइरसको सङक्रमण वृद्धि हुने दर निरन्तर बढिरहेको अवस्थामा एक ठाउँमा भेला हुँदा सङ्क्रमण फैलिने त्रास बढेकाले सामूहिकरूपमा भीडभाड नगरी […]
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड–१९ अस्पतालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ५० पुगेको छ । प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठले हालसम्म ५० जनाको मृत्यु भएको जानकारी दिँदै अहिले अस्पतालमा भर्ना भएकामध्ये ५२ जना पीसीआर पोजेटिभ, ३ कोरोनाका संकास्पद बिरामी रहेको बताए । डा श्रेष्ठका अनुसार हालसम्म प्रतिष्ठानको ल्याबमा ५८ हजार २२५ जनाको नमुना जाँच […]
२७ असोज, लहान । एक चिकित्सकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ । अस्पताल प्रशासनले सूचना प्रकाशित गरी आकस्मिक सेवा १२ घण्टाका लागि र आकस्मिकबाहेकका सबै सेवा अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको जनाएको छ । अस्पतालको आकस्मिक सेवा निर्मलीकरण गरेर सेवा सञ्चालन गरिने […]
काठमाडौँ- कोरोना भाइरसको महामारी बढे पनि सरकारले चाडबाडलाई लक्षित गरी सार्वजनिक यातायातमा सबै सिटमा यात्रु राख्न दिने निर्णय गरेको छ । सबै सिटमा यात्रु राख्न दिने निर्णयसँगै भाडादर पनि पूरानै कायम गरिएको छ ।यसअघि सरकारले सार्वजनिक सवारीमा आधा सिटमा मात्रै यात्रु राख्न पाइने र साविकको भाडा भन्दा दोब्बरसम्म लिन पाउने निर्णय गरेको थियो । दशैँको […]
चाडपर्वको बेला सामान किन्ने ठाउँ र सवारी आवागमन हुने मुख्य केन्द्रमा ठेलमठेल भिडभाड हुन्छ । त्यस्ता ठाउँमा हुनसक्ने यौनजन्य हिंसा, पाकेटमार र लुटपाट नियन्त्रण गर्न महानगरीय प्रहरी कार्यालयले सादा पोशाकमा प्रहरी परिचालन गरेको छ । आउँदै गरेको दसैँ र तिहारमा भिडभाड हुने ठाउँमा महिलामाथि हुनसक्ने हिंसा रोक्न शुरु गरिएको सो अपरेशनको नाम हो–‘सेफ्टी पिन अपरेशन […]
सप्तरीको तिरहुत गाउँपालिका–२ मैनाकडेरीकी ५० वर्षीया दाइमनदेवी यादवको हत्याका तीन आरोपित १६ दिनपछि सोमबार पक्राउ परेका छन्। पक्राउ पर्नेमा तिरहुत गाउँपालिका–२ का २१ वर्षीय अजयकुमार यादव, ५२ वर्षीय राधे भनिने ओमप्रकाश यादव र कञ्चनरुप नगरपालिका–११ ठेलियाका ५५ वर्षीय बमबहादुर साह रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ। घरमा एक्लै बस्ने गरेकी शिक्षक शिवनारायण यादवकी श्रीमती […]
धनगढीः धनगढीमा घर फुटाएर नगद सहित ३० तोला सुन चोरी भएको छ।धनगढी उप–महानगरपालिका वडा नम्बर ३ का चेतराज जोशीको घरको ताल्चा फुटाएर गत असोज १९ गते राती दुई लाख नगद सहित करिब ३० तोला सुन चोरी भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले जोशीको घरको ताल्चा फुटाएर नगद सहित करिब ३० […]
२७ असोज, काठमाडौं । आज मंगल ग्रह र पृथ्वी आमने सामने हुँदैछन् । त्यसैले मंगल ग्रह आज सबैभन्दा चम्किलो र ठूलो देखिने खगोलशास्त्रीहरुले बताएका छन् । आज जीएमटी २३ः२० मा मंगल, पृथ्वी र सूर्य तीनवटै ग्रह १८० डिग्रीको कोण अर्थात् सीधा लाइनमा हुने अमेरिकी अन्तरीक्ष निकाय नासाले जनाएको छ । यस घटनालाई खगोलशास्त्रको भाषामा मंगल […]
कर्णाली प्रदेशमा सत्तारुढ नेकपाका सांसदले संसदीय दलका नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आइतबार संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल सो प्रस्ताव फिर्ता गराउन लागिपरेका छन्। उनले सोमबार पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसँग यस विषयमा अलगअलग परामर्श गरे। त्यस्तै उनले पार्टीभित्र आफू निकट नेताहरूसँग […]