होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२९ असोज, काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आफू गलत नगर्ने र गलत गर्नेहरुलाई पनि स्वीकार नगर्ने बताएका छन् । महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री रहेका गुरुङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सञ्चार मन्त्रालयको जिम्मेवारी दिएका छन् । बुधबार सञ्चारमन्त्रीको पदभार ग्रहण गरेका उनले भनेका छन्, ‘मन्त्रीले कुरा बुझेको छ कि छैन […]
हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका वडा नं ८ स्याँडाका नागरिकलाई ठेकेदारले बत्ती बाल्ने सपना देखाएको तीन वर्ष बितेको छ । लामो समयदेखि ठेकेदारको चरम लापरवाहीका कारण हालसम्म पनि बत्ती नबलेपछि स्याँडा गाउँका २४७ घरधुरी अन्धकारमा बस्न बाध्य छन् । बिजुली बाल्ने बहानामा ठेकेदार तेजबहादुर महतले स्थानीयवासीलाई बिजुलीका खम्बा बोकाएर ज्याला भने हालसम्म नदिएको वडाध्यक्ष चक्र […]
निमेन्द्र शाही बाजुरा, २९ असोज। रारालाई गन्तव्य बनाएर खप्तडबाट हिँडेका थियाैँ । रमा इलाे कुराकानीका साथ यात्रा चलिरहेकाे थियाे । बाजुराकाे बूढीनन्दा नगरपालिकाको नौलाकोट पुगेपछि खरले छाएका केही घर देखिए । राेकिएर यसाे नियाल्याैँ । बस्तीतिर डुलिरहेका आँखा अचानक एक बालकमा पर्याे, जसले रोटी बेरेर पाेकाे पारेका थिए भने काँधमा थैला पनि बोकेका थिए । अलि भिन्न देखेर म उनी […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को एकताको काम अन्तिम चरणमा पुगेको छ । अनेरास्ववियुले यही साता जिल्ला कमिटीलाई पूर्णता दिन र स्थानीय तथा क्याम्पस कमिटीलाई आगामी मङ्सिर १५ गतेसम्म निर्माण गर्ने गरी काम अगाडि बढाएको छ । अहिले अखिलको केन्द्रीय कमिटी मात्र निर्माण भएको […]
२९ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार मन्त्री नियुक्त भएका तीन जनाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार विष्णु पौडेललाई अर्थ, […]
एजेन्सी, २९ असोज । फ्रान्सका ९ शहरमा रात्रिकालिन कर्फ्यू लगाइने भएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले देशमा कोरोनाको बढ्दो संख्यालाई हेर्दै सोको रोकथामका लागि राजधानी पेरिससहित ९ शहरमा राति ९ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू लगाउन लागिएको बताउनुभएको हो । उहाँले शनिबारदेखि ९ शहरमा कर्फ्यू लगाउन लागेको र त्यो कम्तीमा ४ सातासम्म जारी रहने समेत […]
२९ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल अर्थमन्त्रीमा दोस्रोपटक नियुक्त भएका छन् । उनी यस्तोबेलामा अर्थमन्त्री बनेका छन्, जुनबेला मुलुकको अर्थतन्त्र भूकम्प र नाकाबन्दीको समयको भन्दा नाजुक अवस्थामा छ । र, पार्टीभित्र पनि एकता कमजोर भएको र गुटबन्दी प्रखर बनेको परिस्थिति छ । यसअघि भूकम्प, मधेस आन्दोलन तथा भारतको […]
नेपाल टेलिकमले मोबाइल सेवामा समर अफर अन्तर्गत हाल उपलब्ध गराइरहेको विभिन्न प्याकेजलाई थप तथा परिमार्जन गरी असोज २९ देखि ९० दिन लागु हुने अटम अफर उपलब्ध गराउने भएको छ । यसैगरी घटस्थापनादेखि कोजाग्रत पुर्णिमासम्म लागु हुने ‘दशैं अफर’ र काग तिहारदेखि छठ पर्वसम्म लागु हुने ‘तिहार अफर’ लाई फेस्टिभल अफरका रुपमा उपलब्ध गराउने छ । […]
काठमाडौँ — कोरोना संक्रमितहरुलाई परीक्षामा वञ्चित गराउन नहुने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । संक्रमित भएमा परीक्षाबाट वञ्चित हुनेगरी लोकसेवा आयोगले जारी गरेको मापदण्डविरुद्ध निवेदन परेको हो । अधिवक्ताहरु शैलेन्द्र हरिजन र प्रवीनकुमार यादवले दर्ता गरेको निवेदनमा संक्रमितलाई छुट्टै केन्द्र वा सुरक्षित उपाय गरेर परीक्षामा सामेल हुन पाउने व्यवस्था गर्न […]
बुटवल उपमहानगरपालिकाले नगरका विभिन्न वडामा गरी झण्डै ५०० लालपुर्जा वितरण गरेको छ । बुटवलका वडा नंं १४, १५, १६, १७ र १८ का विभिन्न टोलमा पुर्जाविहीन करिब ५०० घरपरिवारलाई उपमहानगरपालिकाले लालपुर्जा वितरण गरेको हो । नगरपालिकाले नगरका वडा नं १५ मा ४८ परिवार, वडा नं १६ मा ६३ परिवार, वडा नं १७ मा ९० तथा […]
२९ असोज, काठमाडौं । आज विश्व हात धुने दिवस नेपालमा पनि मनाइँदै छ । नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाइँदै आएको छ । यस वर्ष ‘हातको सरसफाइ सबैका लागि, साबुनपानी हात, सधैं साथसाथ’ भन्ने नाराका साथ दिवस मनाइँदैछ । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ को विस्तार र संक्रमण रोक्न […]
२९ असोज, बाग्लुङ । बाग्लुङमा ११ थान बन्दुकसहित प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । पश्चिम बागलुङको तमानखोला गाउँपालिका वडा नं. २ बाट बन्दुकसहित ११ जना पक्राउ परेका हुन् । अभिभावकको मोबाइल फोन चलाएका एक बालकले अनायासै सामाजिक सञ्जालमा पोष्ट गरेको तस्विर प्रहरीको आँखामा परेपछि इलाका प्रहरी कार्यालय बुर्तिबाङले राति खानतलासी गरेको थियो । […]
धनगढीः सुदूरपश्चिममा १३ सय बढि कोरोनाका सक्रिय संक्रमित रहेका छन्। बुधबार प्रदेशमा ९१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक हजार तीन सय दुई पुगेको हो। प्रदेश स्वास्थ्य निर्देशनालयले ९ वटै जिल्लामा गरी संक्रिय संक्रमितको संख्या एक हजार तीन सय दुई रहेको जनाएको छ। निर्देशनालयले सार्वजनिक गरेको तथ्यांक अनुसार कैलालीमा सबैभन्दा धेरै सात सय २५ जना […]
काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टायता थप २६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै हालसम्म ११७९९६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। […]
काठमाडौं, २८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् पुनर्गठनसँगै दुई मन्त्रीको जिम्मेवारी हेरफेर गर्नुभएको छ । प्रधानमन्त्री ओलीले अर्थ मन्त्रीमा विष्णु पौडेल , सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा पार्वत गुरुङ, सहरी विकास मन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा लिलानाथ श्रेष्ठलाई नियुक्त गर्नुभएको छ ।
काठमाडौं, २८ असोज । सरकारले कोरोना बीमा गरेकाहरुको हकमा निःशुल्क उपचार नगर्ने भएको छ । आर्थिक रुपले विपन्न, एकल महिला, अति अपाङ्गता भएका व्यक्तिको मात्रै निःशुल्क कोरोना परीक्षण गर्ने बताउँदै सरकारले संक्रमित व्यक्तिले कोरोना बीमा गरेको भए खर्च बिमा रकमबाट नै व्यवस्थापन गर्नुपर्ने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । सरकारले जेष्ठ नागरिक, अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, […]
सप्तरीमा प्रहरी र तस्करबीच झडप हुँदा दुई जना प्रहरी घाइते भएका छन्। यो घटना मंगलबार राति १० बजे राजविराज नगरपालिका-१३ मुसहर्नियाँमको हो। जहाँ प्रहरी र तस्करहरूबीच झडप भएको थियो। भारतबाट तीन वटा मोटरसाइकलमा सामान बोकेर ल्याउँदा उनीहरूलाई प्रहरीले रोकेको थियो। प्रहरीले रोकेपछि उनीहरूले स्थानीयलाई गुहारेका थिए। ६०-७० जना स्थानीय भेला भएर प्रहरीमाथि जाइलागेको जिल्ला प्रहरी कार्यालयका […]
काठमाडौँ- सर्वोच्च अदालतले सरकारी निकायमा कोरोना उपचारसम्बन्धी सम्पूर्ण सेवाहरु नि:शुल्क रुपमा उपलब्ध गराउन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । अधिवक्ता केशरजंग केसी र लोकेन्द्र ओलीले भदौ २८ गते दायर गरी असोज १५ गते भएको फैसालको पूर्णपाठमा सर्वोच्चले सरकारी अस्पतालबाट निशुल्क पीसीआर परिक्षण गराउन सरकारका नाममा परमादेश दिएको हो। कोरोनाको परीक्षणलाई पनि आधारभूत स्वास्थ्य […]
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा भागबण्डाको राजनीति मौलाएको प्रस्ट भएको छ । यही प्रवृत्तिका कारण पार्टी र नेताहरूले भन्ने गरेको विधि, विधान, पद्धति र प्रक्रियाका कुरा ‘घाममा सुक्न’ थालेको आभास हुन थालेको छ । झण्डै ५ महिना केन्द्रको भागबण्डामा कुरा नमिल्दा पार्टी नै फुटको सँघारमा पुगेका बेला भदौ २६ गतेको स्थायी समितिले […]
दमौली : तनहुँ भिमादका ९८ वर्षीय धर्मकुमार श्रेष्ठ दुई साताअघि चितवनमा कान्छो छोराको घरमा बेहोस भए। उनलाई उपचार गर्न चितवन मेडिकल कलेज लगियो। त्यहाँ आईसीयूमा उपचार गराइरहेका बेला उनका अन्य तीन छोरासहित परिवारका सदस्य भेट्न पुगे। त्यहीबेला अस्पतालका चिकित्सक र बिरामीमा कोरोना भाइरस संक्रमण भयो। धर्मकुमारको स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखियो। तर, उनका छोराहरू काठमाडौं […]