होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मस्यौदा समितिको संयोजक पदबाट राजीनामा
समाचार

मस्यौदा समितिको संयोजक पदबाट राजीनामा

  • नागरिक रैबार
मस्यौदा समितिको संयोजक पदबाट राजीनामा

खस्यौंली । प्रदेश नं ५ का प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले प्रदेशसभा सञ्चालन नियमावली संशोधन मस्यौदा समितिको संयोजक पदबाट आज राजीनामा दिएका छन् । सभामुखलाई सम्बोधन गरेर दिएको राजीनामा पत्रमा उनले प्रदेशको राजधानी सार्न खोजिएको भन्दै संयोजक पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् । श्रेष्ठले राजधानी सार्ने सरकारको निर्णय गैरसंसदीय र अलोकतान्त्रिक भएको आरोप लगाउँदै आइका थिए ।

श्रेष्ठकै नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको शुक्रबार बसेको बैठकमा १४ प्रदेशसभा सदस्यले नोट अफ डिसेन्ट लेखेका थिए । उनले सभामुखलाई बुझाएको राजीनामा पत्रमा आकस्मिक रुपमा प्रदेशको नामकरण र राजधानीको केन्द्र सार्ने प्रदेश सरकारको निर्णय प्रस्तावपश्चात् उत्पन्न गतिरोधका बेला प्रदेशसभाभित्र पक्ष र विपक्षका रुपमा उपस्थित घटनाक्रमसँग केही पत्रपत्रिकाबाट जनतामा भ्रम छर्न खोजेको महसुस भएकाले उक्त समितिबाट राजीनामा पेश गरको उल्लेख गरेका छन् । प्रदेशसभामा आजदेखि छलफल शुरु हुनेछ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार