होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५० पुग्यो
समाचार

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५० पुग्यो

  • नागरिक रैबार
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५० पुग्यो

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड–१९ अस्पतालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ५० पुगेको छ । प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठले हालसम्म ५० जनाको मृत्यु भएको जानकारी दिँदै अहिले अस्पतालमा भर्ना भएकामध्ये ५२ जना पीसीआर पोजेटिभ, ३ कोरोनाका संकास्पद बिरामी रहेको बताए ।

डा श्रेष्ठका अनुसार हालसम्म प्रतिष्ठानको ल्याबमा ५८ हजार २२५ जनाको नमुना जाँच भएकोमा ५३ हजार ६५४ को रिपोर्ट नेगेटिभ र ३ हजार ९३१ जनाको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै सोमबार मात्रै ६५१ जनाको परीक्षण भएकोमा २९५ जनामा कोरोना पुष्टि भएको छ ।

हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६४५ पुगेको छ भने संक्रमितको कुल संख्या १ लाख ११ हजार ८०२ पुगेको छ। यस्तै निको हुनेको संख्या ७७ हजार २७७ रहेको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार