होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
सत्तारुढ दल नेकपा भित्र भुसको आगो झैं सल्किरहेको विवाद अझै साम्य हुने छाँटकाँट देखिएको छैन । विवाद समाधान गर्न भन्दै बिहीबार अपरान्ह मात्रै पनि प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच संवाद त भयो त्यो पनि हात्ती आयो हात्ती आयो फुस्सा भनेझैं निष्कर्षमा पुग्न सकेन । प्रधानमन्त्री ओलीले अध्यक्ष […]
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको अनौपचारिक बैठक सकिएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा बसेको बैठकले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल औपचारिक रुपमा सचिवालय बैठक राख्न आग्रह गर्ने निर्णय गरेको छ । बैठकले पार्टीभित्र देखिएका समस्यालाई बैठकबाटै समाधान गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि तत्काल सचिवालय बैठक डाक्न अर्का अध्यक्ष ओलीसँग […]
२१ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९०९ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०१५३ जनाको पीसीआर परीक्षण हुँदा १७७६ पुरुष र ११३३ जना महिलामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ । पछिल्लो २४ घण्टामा […]
आगामी ९ मंसिरदेखि हुने कक्षा १२ को परीक्षा होम सेन्टरबाट हुने भएको छ । कोरोना भाइरस (कोभिड-१९) का कारण परीक्षा होम सेन्टरबाट नै गर्न लागिएको हो । परीक्षाको लागि उत्तरपुस्तिका विद्यालयमा पुर्याउने काम भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अनुसार प्रश्नपत्र भने परीक्षाको दिन मात्र पुर्याइने छ । प्रश्नपत्र पनि बोर्डले तयार पारिसकेको […]
भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे र प्रधानमन्त्री केपी शर्मा अोलीबीच भेटवार्ता भएको छ । तीन दिने नेपाल भ्रमणका क्रममा शुक्रबार नरवणेले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् । भारतीय सेना प्रमुख महारथी मनार्थ उपाधिका लागि नेपाल आएका हुन् । यो बिगतदेखि चल्दै आएको परम्परा हो । तर यसपटकको भ्रमणलाई सबैले चासो पूर्वक […]
२१ कात्तिक, सिमकोट (हुम्ला) । गत आइतबार रातिदेखि मौसममा फेरवदल आएसँगै हुम्लामा चिसो बढ्न थालेको छ । सोमबार बिहान सदरमुकाम सिमकोटको तल्लो क्षेत्रमा असिना पानी परेको थियो भने उच्च हिमाली क्षेत्रमा हिमपातसमेत भएको थियो । असिना पानीसहित उच्च क्षेत्रमा हिमपात हुँदा सदरमुकाममा चिसोको महशुस गर्न थालिएको छ भने यहाँको तापक्रम माइनसमा झरेको छ । […]
२१ कात्तिक, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको निःशुल्क परीक्षण र उपचारसम्बन्धी नयाँ प्रस्ताव मन्त्रिपरिषदमा लैजाने भएको छ । कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्नुपर्ने आदेश पुनरावलोकनको निवेदन सर्वोच्च अदालतले खारेज गरेपछि मन्त्रालयले कोरोना संक्रमितको निःशुल्क उपचारसम्बन्धी नयाँ प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको हो । संसदको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबारको बैठकमा स्वास्थ्य […]
हुम्ला । गत आइतबार रातिदेखि मौसममा फेरवदल आएसँगै हुम्लामा चिसो बढ्न थालेको छ । सोमबार बिहान सदरमुकाम सिमकोटको तल्लो क्षेत्रमा असिना पानी परेको थियो भने उच्च हिमाली क्षेत्रमा हिमपात समेत भएको थियो । असिना पानीसहित उच्च क्षेत्रमा हिमपात हुँदा सदरमुकाममा चिसोको महशुस गर्न थालिएको छ भने यहाँको तापक्रम माइनसमा झरेको छ । चिसौ मौसम शुरु […]
धनगढीः सुदूरपश्चिममा १ हजार ५ सय बढि कोरोनाका संक्रिय संक्रमित रहेका छन् । प्रदेशका ९ वटै जिल्लामा १ हजार ५ सय ४ जना संक्रिय संक्रमित रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ । सबैभन्दा बढि कैलालीमा ७ सय २२ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै दार्चुलामा १ सय ९८, बझाङमा १ सय ८०, […]
धनगढीः सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहलाई थप उपचारका लागि काठमाडौँ लगिने भएको छ । कार्तिक १५ गते कोरोना पुष्टि भएका मन्त्री शाहलाई थप उपचारका लागि हेलीकोप्टर मार्फत काठमाडौँ लैजाने तयारी भएको उनको नीजि सचिवालयले जनाएको छ । मन्त्रीका स्वकीय सचिव जंगबहादुर बिकले स्वास्थ्य अवस्थामा सुधार नआएपछि थप उपचारका लागि आज दिउँसो हेलीकोप्टर मार्फत […]
२१ कात्तिक, काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिँदै छ । तिहारको बेला घर सिँगार्न, पूजा गर्न, दाजुभाइ–दिदीबहिनीलाई माला लगाइदिन फूल आवश्यक पर्छ । अर्थात् तिहारमा नभइ नहुने चीज हो फूल । त्यसैले पनि होला तिहारलाई फूलहरुको चाड भनेर पनि चिनिन्छ । मखमली, सयपत्री, गुर्धौली फूल यतिबेला ढकमक्क भएका छन् । व्यवसायिक उद्देश्यले धेरै […]
काठमाडौँ — सर्वोच्च अदालतले ‘कोरोना परीक्षण र संक्रमितको उपचार निःशुल्क गर्न नसकिने’ भन्दै सरकारले दर्ता गरेको पुनरावलोकन निवेदन अस्वीकार गरेपछि स्वास्थ्य मन्त्रालय अन्योलमा परेको छ । सर्वोच्चको बिहीबारको फैसलापछि स्वास्थ्य मन्त्रालयले कोरोना परीक्षण र संक्रमितको उपचार निःशुल्क गर्नुपर्नेछ । सर्वोच्चको निःशुल्क परीक्षण र उपचारसम्बन्धी आदेशबारे स्वास्थ्य मन्त्रालयले छलफल गर्ने प्रवक्ता डा. जागेश्वर गौतमले बताए । कोरोना परीक्षण र […]
काठमाडौँ — मंसिर ९ गतेदेखि देशभरका ४ हजार १ सय ५ परीक्षा केन्द्रमा कक्षा १२ को परीक्षा सञ्चालन हुने भएको छ । विद्यार्थीले आफूले अध्ययन गरेकै विद्यालयबाट ४० प्रतिशत पूर्णाङ्कको संक्षिप्त परीक्षा दिन पाउनेछन् । विगतमा करिब एक हजार परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुने गरेको थियो । यस वर्ष कोभिड–१९ का कारण होम सेन्टरमा नै परीक्षा सञ्चालन गर्न […]
२१ कात्तिक, काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे आज नेपालका हिमाल हेर्न माउन्टेन फ्लाइटमा गएका छन् । उनलाई विश्वको सर्वोच्च शिखर सगरमाथा, आमादब्लम लगायतका हिमालको दृष्यावलोकन गराइने नेपाली सेनाले जनाएको छ । उनी नेपाली सेनाको अगुष्टा हेलिकप्टर चढेर बिहान आठ बजे सोलुखुम्बु पुगेका छन् । अगुष्टा भीभीआईपीका लागि नेपाली […]
देवताप्रति आस्थाका कारण डोल्पाको एक गाउँ नै मदिरा शून्य भएको छ । डोल्पाको मुड्केचुला गाउँपालिका–६ नर्कु थरगाउँ अहिले मदिरा शून्य भएको हो । सबै स्थानीय बासिन्दा देवताप्रति आस्था गरी पूजाआजातिर लागेपछि जाँड र रक्सीको उत्पादन तथा बिक्री वितरण नै बन्द भएको छ । मदिरा शून्य भएपछि गाउँबस्ती पनि शान्त भएको छ । तेत्तीस घरधुरी भएको […]
धनगढीः कैलालीमा कोरोना संक्रमणबाट जनप्रतिनिधिको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा उपचाररत गौरीगंगा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष नरेन्द्रबहादुर शाहको आज बिहान मृत्यु भएको हो । नेकपाका कैलालीका जिल्ला कमिटी सदस्य दीर्घ जोशीले सामाजिक सञ्जाल फेसबुक मार्फत कोरोना संक्रमणबाट वडाध्यक्ष शाहको मृत्यु भएको जानकारी दिएका छन् । शाह १० दिनदेखि […]
हुम्लाको सिमकोट गाउँपालिका–७ को १५० घरधुरी चार दिनदेखि अन्धकारमा बस्दै आएको छ । हिल्सा–सिमकोट सडकखण्डको सडक चौडा गर्ने क्रममा डोजरले वडा नं ७ को चौकेधारामा विद्युत्को पोल ढाल्दा चार दिनदेखि यहाँका स्थानीय अन्धकारमा बस्दै आएका छन् । साविकको डाडाफयाको जबुका, थाया, ओखरेन, चुकेडी र दलित बस्तीका गरी १५० घरधुरी अनधकारमा बस्दै आएको स्थानीय मन्दिर सिंहले […]
२१ कात्तिक, काठमाडौं । नेपाली हिन्दूहरुको दोस्रो ठूलो पर्व तिहार अर्को सातादेखि सुरु हुँदैछ । तिहार भन्ने बित्तिकै दाजुभाइ–दिदीबहिनीसँगको भेटघाट, बत्तीको झिलिमिली, मिठा परिकार र फूलहरुको रौनक हामी सबैको मानसपटलमा घुम्छ । मलमासका कारण यस वर्षको दशैं–तिहार झण्डै एक महिना पछि सर्न पुग्यो । पर्व पछि सरे पनि प्रकृतिको चक्र त किन सर्थ्यो ? हाम्रा […]
काठमाडौं, २० कात्तिक। नेपाल पत्रकार महासंघले यही २६ कात्तिकमा तीन वटा सञ्चार गृहमा कालो ब्यानर टाँसेर धर्ना दिने भएको छ ।कोरोना महामारीको बहानामा अन्यायपूर्वक निष्काशित पत्रकारको स–सम्मान पुनर्वहाली, यसबीचको तलब–भत्ता उपलब्ध गराउन, दसैँ खर्चलगायतका विगतमा दिँदै आएका सेवा–सुविधासहित बक्यौता चुक्ता गर्न, नियमित पारिश्रमिक उपलब्ध गराउन, घटाइएको पारिश्रमिक बढाएर पूर्ण बनाउन तथा श्रमजीवी पत्रकार ऐन तथा […]
धनगढीः कैलालीका ६७ सहित सुदूरपश्चिममा थप ७० जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा ४ सय ३२ जनाको परीक्षण गरिएकोमा ७० जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका ४३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए। उपमहानगरपालिकाको वडा नम्बर ५ का ११ जना, […]