होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
हुम्लाको खार्पुनाथ गाउँपालिकाले मङ्गलबारदेखि शैक्षिक संस्था सञ्चालनमा ल्याएको छ । वडा नं १ देखि ५ सम्म रहेको खार्पुनाथ गाउँपालिकाले पािलकाभरका विद्यालय सञ्चालनमा ल्याएको हो । कोरोना कहरले आठ महिना र हिउँदे बिदा तीन महिना गरेर ११ महिनादेखि बन्द रहेका विद्यालय मङ्गलबारदेखि सञ्चालनमा आएका हुन् । उच्च हिमाली क्षेत्र भएकाले मङ्सिरमा वार्षिक परीक्षा सम्पन्न भएर फागुनमा […]
२६ कात्तिक, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली आज संखुवासभा जिल्ला जाँदैछन् । दोस्रो पटक मिर्गौला प्रत्यारोपण पछि काठमाडौं बाहिर ननिस्किएका प्रधानमन्त्री ओली बुधबार दश बजे संखुवासभा पुग्ने कार्यक्रम छ । पार्टीभित्रको आन्तरिक किचलो बढिरहेका बेला उपत्यका बाहिर निस्किएका प्रधानमन्त्री ओलीको विशेष कार्यक्रम भने छैन । उनले सडक र जलविद्युत आयोजनाको निरीक्षण तथा स्थानीय जनप्रतिनिधिसँग […]
राजेन्द्र बिक, बाजुरा कार्तिक २५ । बाजुराको बडिमालिका नगरपालिका वडा न.३ रजालीका कृषक राम वहादुर खड्काले जिल्लामै पहिलो पटक सिते च्याउ उत्पादन गर्नुभएको छ । कृषि विकास निर्देशनालय दिपायलको अनुदान तथा कृषि ज्ञान केन्द्र बाजुराको प्राविधिक सहयोगमा बाजुरामा पहिलो पटक सिताके च्याउ उत्पादन गर्न खड्का सफल हुनुभएको कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारि मीन प्रसाद जैशिले […]
२५ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २७३६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ९६० नमुना परीक्षण गर्दा १०५९ महिला र १६७७ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख पुगेको छ । हालसम्म १ लाख ९९ हजार ७६० जना संक्रमित भएका […]
२५ कात्तिक, काठमाडौं । काठमाडौं नजिकै धादिङको छत्रेदेउराली आसपास केन्द्रविन्दु बनाएर मंगलबार दिउँसो भूकम्प गएको छ । दिउँसो ४ बजेर २९ मिनेट जाँदा ३.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
काठमाडौं । कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै वाणिज्य बैंकहरुले तिहारको बिदामा आफ्ना शाखाहरु नखुल्ने भएका छन् । सरकारले दिएको सार्वजनिक बिदाको समयमा बैंक तथा वित्तीय संस्थाका सबै काउन्टर बन्द हुने नेपाल बैंकर्स सङ्घले जनाएको छ । वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले सीमित शाखा खोलेर बैङ्किङ सेवा दिँदा कोरोना सर्ने जोखिम बढ्ने सम्भावना भएको […]
२५ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालयको बैठक माग गर्ने चार नेतालाई अपराहृन ४ बजे सचिवालयका धुम्बाराहीस्थित पार्टी कार्यालयमा बोलाएका छन् । त्यसअघि प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् । भेटमा पार्टीमा देखिएको विवाद […]
२५ कात्तिक, काठमाडौं । आर्थिक वर्ष २०७७/७८ सुरु भएको चौंथो महिना चलिरहेको छ । तर, चार महिना सकिने समय बित्दासमेत अझै ३५ स्थानीय तहले बजेट ल्याएका छैनन् । कानून अनुसार १० असारभित्रै स्थानीय सरकारको बजेट आउनु पर्ने थियो । यसरी बजेट ल्याउन ढिलाइ गरेका ३५ स्थानीय सरकारसँग संघीय सरकारले स्पष्टीकरण सोधेको छ । संघीय […]
दार्चुलाको कालापानी नजिकैको गाउँ छाङ्गरुमा नेपाल टेलिकमले नमस्तेको टावर निर्माण शुरु गरेको छ । स्काइ टावर मात्रै सञ्चालनमा रहेको व्यासको छाङ्गरुमा टेलिकमले नमस्तेको टावर निर्माण शुरु गरेको हो । टावर निर्माणका लागि जग खन्ने काम शुरु गरिएको छ । हेलिकोप्टरमार्फत टावरका समान ढुवानी शुरु भएपछि टावरका लागि चाहिने जग खन्ने काम शुरु भएको हो । […]
२५ कात्तिक, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका पाँचमध्ये एकजनालाई मानसिक समस्या देखिने जोखिम हुने गरेको एक अध्ययनले देखाएको छ । मनोचिकित्सकहरुले ठूलो संख्याका मानिसहरुमा गरेको अध्ययनको नतिजा सार्वजनिक गर्दै सोमबार यस्तो बताएका हुन् । अध्ययनमा कोरोनाबाट संक्रमित भएका २० प्रतिशत मानिसहरुमा ९० दिनभित्र मानसिक असन्तुलनको समस्या देखिएको थियो । विशेष गरी धेरै […]
२५ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रणमा सरकार असफल भएको निश्कर्ष निकालेको छ । राप्रपा अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीको मंगलबार बसेको बैठकले कोरोना नियन्त्रणमा सरकारको असफलता, भ्रष्टाचार लगायतका विषयलाई लिएर संघर्ष गर्नेबारे छलफल भएको जानकारी दिए । बैठकले स्थानीय तहमा पार्टी […]
२५ कात्तिक, वीरगञ्ज । बारामा आगलागीबाट ७ वटा फुसको घर जलेर नष्ट भएका छन् । कलैया उपमानगरपालिका- २४ सखुई बस्ने शोभालाल चौधरीको घरमा अचानक आगलागी हुँदा ७ वटा घर जलेर नष्ट भएका हुन् । आगलागीबाट ८ लाख ८५ हजार रुपैयाँ मूल्य बराबरको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम […]
भारतको मध्य प्रदेशको गुना जिल्लामा एक मजदुरलाई कथित रुपमा पाँच हजार भारुको उधारो चुकाउन नसकेका कारण मट्टितेल खन्याएर जिउँदै जलाइएको छ । स्थानीय गैर सरकारी संगठनले यसलाई बँधुवा मजदुरीको घटना बताइरहेका छन् । यद्यपि, सरकारले यसलाई उधारोका कारण निम्तिएको घटना बताइरहेका छन् । ‘मजदुरी गरेको रकम माग्दा खन्याइयो मट्टितेल’ घटना शुक्रबार रातीको हो । बँधुवा […]
काठमाडौं । भक्तपुरबाट अर्थोडोन्टिस्ट डा.दिगम्बर झा बेपत्ता भएका छन् । डा. झा सुसाईड नोड लेखेर बेपत्ता भएको महानगरीय प्रहरी परिसर भक्तपुरकी एसपी तारादेवी थापाले बताईन् । उनी ठिमीस्थित द डेन्टल सिटीका निर्देशक हुन् । बिहान ५ बजेतिर बा.१६च. ८६७९ नम्बरको कारमा उनी घरबाट निस्केका थिए । डेन्टल क्लिनिकको माथिल्लो तलामा भाडामा बस्दै आएका डा. झा […]
२५ कात्तिक, विराटनगर । प्रदेश १ मा एकैदिन थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा ५ जना, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा २ जना र न्यूरो अस्पतालमा एकजनाको मृत्यु भएको हो । मोरङकै सुन्दरहरैंचा नगरपालिकाका एक संक्रमितको भने घरमै मृत्यु भएको हो । झापा गौरादह–५ का ६५ वर्षीय […]
चितुवाको आक्रमणबाट डडेल्धुरामा फेरि एक किशोेरीको मृत्यु भएको छ । बैतडीको शिवनाथ गाउँपालिका–४ बगारकी अन्दाजी १८ वर्षीया माया महताको चितुवाको आक्रमणबाट ज्यान गएको प्रहरीले जनाएको छ । घाँस काट्न सीमाक्षेत्र डडेल्धुराको भागेश्वर गाउँपालिका–१ मर्मागाड पुगेकी किशोरीको सोमबार चितुवाले आक्रमण गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
२५ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन निर्वाचित भइसके पनि आफ्नो हार स्वीकार नगरेका राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षामन्त्री मार्क एस्परलाई पदबाट बर्खास्त गरेका छन् । केही दिनयता ट्रम्प र एस्परका फरक मत सार्वजनिक हुँदै आएका थिए । अब नेशनल काउन्टर टेररिजम सेन्टरका प्रमुख क्रिस्टोफर मिलरले रक्षा मन्त्रीको भूमिका निर्वाह गर्ने […]
२५ कात्तिक, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मर्यादित पत्रकार मात्र सदस्य बन्नसक्ने गरी विधान नै संशोधन गर्न नेपाल पत्रकार महासंघलाई आग्रह गरेका छन् । मिडिया एक्सन नेपालले काठमाडौँस्थित अमेरिकी दूतावाससँगको सहकार्यमा आयोजना गरेको ‘मिडियामा भ्रामक समाचार र रोकथाम’ विषयमा चितवन, नवलपुर र नवलपरासी जिल्लाका पत्रकारलाई प्रदान गरेको तालिम समापन समारोहमा मन्त्री […]
कोरोना भाइरसबाट सुरक्षा दिने प्रभावकारी खोप तयार भएको छ । कोरोनाविरुद्धको पहिलो प्रभावकारी खोप तयार भएको र सो खोप लगाएकामध्ये ९० प्रतिशत बढीलाई सुरक्षा प्रदान गर्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ । सो खोपको विकास गर्ने कम्पनीहरू फाइजर र बायोएनटेकले सो नतिजा प्राप्त भएपछि विज्ञान र मानवताका लागि एक महान दिन भएको बताएका छन् । तिनीहरूले […]
गत चैत्रदेखि बन्द भएका यहाँका विद्यालय खुलेका छन् । कोरोना भाइरसको फैलँदो सङ्क्रमणका कारण बन्द भएका विद्यालय आठ महिनापछि खुलेका हुन् । त्रिपुरासुन्दरी नगरपालिका, मुड्केचुला र जगदुल्ला गाउँपालिकाले आफ्नो क्षेत्रका विद्यालय खुलाएका छन् । त्रिपुरासुन्दरी नगरपालिकाले कात्तिक १२ गतेदेखि खोल्ने गरी नगरपालिकाभित्र पर्ने ३२ वटै विद्यालयमा निर्देशन दिएको थियो । लामो समयदेखि विद्यार्थीको पठनपाठन ठप्प […]