होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • १२ को परीक्षा होम सेन्टरबाट, विद्यार्थीलाई दुई मिटरको दूरीमा राखिने
समाचार

१२ को परीक्षा होम सेन्टरबाट, विद्यार्थीलाई दुई मिटरको दूरीमा राखिने

  • नागरिक रैबार
१२ को परीक्षा होम सेन्टरबाट, विद्यार्थीलाई दुई मिटरको दूरीमा राखिने

आगामी ९ मंसिरदेखि हुने कक्षा १२ को परीक्षा होम सेन्टरबाट हुने भएको छ । कोरोना भाइरस (कोभिड-१९) का कारण परीक्षा होम सेन्टरबाट नै गर्न लागिएको हो ।

परीक्षाको लागि उत्तरपुस्तिका विद्यालयमा पुर्‍याउने काम भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अनुसार प्रश्नपत्र भने परीक्षाको दिन मात्र पुर्‍याइने छ । प्रश्नपत्र पनि बोर्डले तयार पारिसकेको छ ।

‘आफू पढ्ने विद्यालयबाट परीक्षा दिने हो । प्रश्नपत्र र उत्तरपुस्तिका बोर्डले बनाएको छ । प्रश्नपत्र परीक्षाको दिन र उत्तर पुस्तिका पुर्‍याउने काम भइरहेको छ,’ बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले भने, ‘उत्तरपुस्तिका काठमाडौंको केही ठाउँमा पुग्न बाँकी छ ।’

विज्ञापन

कक्षा १२ को पढाइ हुने सबै विद्यालयलाई परीक्षा केन्द्र तोकिएको छ । ‘अहिले जतिमा १२ पढाइ हुन्छ ती सबै परीक्षा केन्द्र हुन्,’ उनले भने, ‘१२ को पढाइ हुने ४ हजार १ सय विद्यालय छन् ।’ कोरोना भाइरसका कारण डरलाग्दो स्थिति भएकाले छोटो परीक्षा लिन लागिएको उनले बताए । ‘बढीमा डेढ घण्टाको परीक्षा हुन्छ । ४० पूर्णाङ्कमा लिखित परीक्षा लिन लागेका हौँ । महामारीमा विद्यार्थीको मानसिकता बुझेर छोटो परीक्षा लिन लागेका हौँ,’ उनले भने ।

४० प्रतिशत ११ मा प्राप्त गरेको नम्बर र २० प्रतिशत विद्यालयको आन्तरिक मूल्याङ्कनलाई आधार मानेर नतिजा सार्वजनिक गरिने उनले बताए । आफूलाई पायक पर्ने सेन्टरमबाट परीक्षा दिन फारम भरेका विद्यार्थीले मात्र एक जिल्लाबाट अर्को जिल्लामा वा एउटा सेन्टरबाट अर्को सेन्टमा गएर परीक्षा दिने पाउने छन् ।

‘एक जिल्लाबाट अर्को जिल्लामा वा एउटा सेन्टरबाट अर्को सेन्टरमा परीक्षा दिनका लागि फारम कलेक्सन गरिसकेका छौं,’ अध्यक्ष पौडेलले भने, ‘फारम नभरेकाले अब अर्को ठाउँमा गएर परीक्षा दिन पाउँदैनन् । जम्मा ४ लाख ३३ हजार परीक्षार्थीमा ४ प्रतिशत जतिले मात्र सेन्टर सार्ने फारम भरेका छन् ।’

स्वास्थ्यको मापदण्ड अनिवार्य

स्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्न बोर्डले सबैलाई अनुरोध गरेको छ । ‘सरकारले जारी गरेको स्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्नुपर्छ । अनिवार्य मास्क लगाउने र विद्यार्थीलाई २ मिटरको दूरीमा राखेर परीक्षा गराउँछौँ,’ उनले भने, ‘परीक्षा अगाडि र परीक्षा सकिएपछि भीडभाड गर्न दिइने छैन ।’

कोरोनाका कारण गत ८ वैशाखका लागि तोकिएको परीक्षा स्थगित भएको थियो । कक्षा १२ को परीक्षा नहुँदा विश्वविद्यालयको शैक्षिक क्यालेन्डर प्रभावित र विदेश पढ्न जाने विद्यार्थी मारमा परेका थिए । कोरोना भाइरसकै कारण इसईईको नतिजा विद्यालयको मूलयाङ्कनको आधारमा सार्वजनिक गरिएको थियो भने ११ को परीक्षा विद्यालयलाई नै गर्न भनिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार