होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद विघटन गर्न गरेको गरेको विरुद्ध पोखरामा नेकपाकै युवा विद्यार्थी आन्दोलित भएका छन्। नेकपाको भ्रातृ संस्था अनेरास्ववियु र राष्ट्रिय युवा संघका नेता कार्यकर्ताले आइतबार पोखरामा प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन्। पुत्ला जलाएपछि आयोजित विरोध सभामा बोल्दै अनेरास्ववियुका केन्द्रीय सदस्य क्षितिज सापकोटाले प्रधानमन्त्री ओलीले आन्दोलनको आँधी सामना गर्न तयार हुनुपर्ने बताए। […]
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल बालुवाटार प्रवेश गरेका छन् । आइतबारका लागि तय भएकाे पार्टी स्थायी कमिटीकाे अन्याैलताकाबीच नेताहरू बालुवाटार आउने क्रम जारी छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही स्थायी समिति सदस्यसँग छफलमा रहेकाे बुझिएकाे […]
राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको घोषणा गरेकी छिन् । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटनको घोषणा गरेकी हुन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा नेपालको आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यास बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि […]
५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । र, आम निर्वाचनको मितिसमेत तोकेकी छन् । आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकपछि प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष लगेका थिए । संसद विघटनको प्रस्तावको मन्त्रीहरुबाटै विरोध भएको थियो भने सत्तारुढ र विपक्षी दलहरुले समेत संविधानविपरित भएको बताएका […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनका लागि सिफारिस गरेसँगै उनका कदमबारे विभिन्न कोणबाट टिप्पणी हुन थालेको छ । संविधानविद्हरुले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने विशेषाधिकार संविधानले नदिएको जिकिर गरेका छन् । संविधानकै खिलाप हुनेगरी उनले चालेको यो कदमलाई धेरैले ‘प्रतिगमन’को संज्ञा दिएका छन् । प्रधानमन्त्रीलाई संसद विघटन गर्ने विशेषाधिकार २०४७ सालको संविधानले मात्र दिएको […]
सिंहदरबारस्थित संघीय संसद् सचिवालमा भेला भएका नेकपा सांसदहरुले संसद भंग गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावको विरोध गरेका छन् । बिहान विभिन्न संसदीय समितिको बैठकका लागि सिंहदरबार पुगेका उनीहरुले प्रधानमन्त्रीको अप्रत्याशीत निर्णयको खबर बाहिरिएछि सो निर्णयको भत्सर्ना गरेका हुन् । नेकपा सांसद जयपुरी घर्तीले भनिन्–‘अघि बिहान हामी केही सांसदहरु उपस्थित भएका थियौँ । प्रधानमन्त्रीले संसद् […]
काठमाडौं । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिस गरेपछि पूर्वमाओवादी पक्षका ५ जना मन्त्रीले राजीनामा दिने भएका छन् । त्यसका लागि उनीहरुले आन्तरिक छलफल गरिरहेको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए । उर्जामन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरीराजमणि पोखरेल, वनमन्त्री शक्ति बस्नेत, खानेपानी मन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादवले राजीनामा दिने तयारी गरेको […]
५ पुस, काठमाडौं । विसं २०७४ सालमा भएको निर्वाचनमा तत्कालीन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) को वाम गठवन्धनलाई जनताले झण्डै दुईतिहाई मत दिनुको कारण थियो- लामो राजनीतिक अस्थिरताको अन्त्य भई मुलुक राजनीतिक स्थिरता, विकास र समृद्धिको बाटोमा जाओस् । चुनावी अभियानमा तत्कालीन वाम गठबन्धनले अगाडि सारेको राजनीतिक स्थिरता र समृद्धिको नाराले धेरै नेपालीको मन […]
टीकापुरको एकतापुर शिविरकी सन्ध्या विकको छोरा दुई दिनदेखि बिरामी छ । बच्चालाई रातभरि बान्ता र पखाला लागेपछि उनी एकाबिहानै अस्पताल पुगिन् । टीकापुर अस्पतालका चिकित्सकले जाँच गरेपछि बच्चालाई चिसो लागेको बताए । “बच्चालाई एक दिन अस्पताल भर्ना गरेर राखेँ, निकै कमजोर भएको छ”, सन्ध्याले भनिन्, “चिसो बढ्यो, घाम लागेन, बाक्ला लुगा छैनन्, बच्चालाई चिसो गढेछ […]
५ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक आज बस्दैछ । बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुने/नहुने यकिन नभएको उनको सचिवालय स्रोत बताउँछ । ओली नआएको खण्डमा बैठक अगाडि बढाउने वा नबढाउने भन्ने सम्बन्धमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालको समूहले पनि ठोस मनस्थिति बनाइसकेका छैनन् […]
५ पुस, विराटनगर । चिसो भगाउन भन्दै बालेको घुरको आगोले घर जल्दा विराटनगरमा एक बालकको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाका अनुसार शनिबार राति करिब साढे १२ बजे घुरमा बालेको आगोले घर जल्दा विराटनगर महानगरपालिका–१४ झटीयाहीका राजेशकुमार दास तत्माका १४ वर्षीय छोरा रविनको […]
दाङमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका–३ मोहननगर टोल बस्ने ४२ वर्षीय राजकुमार सार्कीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । राजकुमारले आफ्नै श्रीमती ३७ वर्षीया देवा सार्कीलाई कुटपिट गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दाङ र प्रहरी चौकी गोग्लीबाट खटिएको प्रहरीले घाइतेलाई उपचारको […]
सरकारले कोरोना भाइरसविरुद्धको खोप विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) मा सूचीकृत नभए पनि यहाँका नागरिकलाई प्रयोगमा ल्याउन पाउने भएको छ । खोपसम्बन्धी चारवटा मापदण्डमध्ये दुई पूरा भएपछि खोपको स्वीकृति डब्लुएचओले नदिए पनि सरकारले यहाँका नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउनका लागि ल्याउन पाउने भएको हो । पहिलो कोभिड–१९ विरुद्धको खोप डब्लुएचओमा सूचीकृत हुनुपर्ने, दोस्रो डब्लुएचओमा आकस्मिक प्रयोगका […]
शीतलहर, हिमपात तथा चिसोको जोखिम र प्रभाव न्यूनीकरण गर्न केन्द्रीय विपद् व्यवस्थापन समितिले यस वर्ष जिल्लामा तत्कालका लागि रु पाँचदेखि रु १५ लाखसम्म राहत रकम उपलब्ध गराउने भएको छ । माग भएमा प्रभावित जिल्लाअनुसार उक्त रकम उपलब्ध हुने गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार तराईका र बढी प्रभावित ११ जिल्लास्थित विपद् व्यवस्थापन कोषमा रु […]
४ पुस, काठमाडौं । हिन्दु राष्ट्र र राजसंस्थाको पुनस्र्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस १७ गते उपत्यकामा प्रदर्शन गर्ने भएको छ । शनिबार काठमाडौंमा आयोजित उपत्यकास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणाले हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा देशभर उठेको आवाजमा आफूहरुको पनि समर्थन रहेको बताए । राप्रपाले झापा, मकवानपुर […]
४ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४७८० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ५३ हजार १८४ पुगेको छ । उनीहरुमध्ये २ लाख ४२ हजार ५६७ संक्रमणमुक्त भएका छन् भने १ हजार […]
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच खुमलटारमा शनिबार भएको भेटवार्ता पनि सवाल जवाफमै सिमित बनेको छ । ओली र प्रचण्डबीच झण्डै ३५ मिनेट एक्लाएक्लै भएको वार्तामा दुवै अध्यक्षले पूर्ववत अडान नछोडेपछि विवाद जस्ताको तस्तै रहेको हो । शनिबार बिहान ११ बजे प्रधानमन्त्रीसमेत रहेका […]
४ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यसहित महानगरका १०० जनप्रतिनिधि र कर्मचारीलाई कोरोना भाइरस पोजेटिभ भई बीमा दाबी गरे पनि दुई महिना पुग्दासम्म रकम भुक्तानी हुनसकेको छैन । दुई महिनाअघि नै रकम भुक्तानीका लागि कागजातसहित बीमा संस्थानमा आवेदन दिएको भए पनि महानगरपालिकाका कसैको पनि बीमा गरेवापत पाउनुपर्ने रकम प्राप्त नभएको गुनासो छ । […]
४ पुस, धनगढी । जाडो याममा तराईमा देखिने शीतलहरको समस्याले विगतमा जस्तै यस वर्ष पनि कैलाली, कञ्चनपुरलगायतका जिल्लामा वर्षेनी जनजीवन कष्टकर बन्ने गरेको छ । दिनभरी नै लाग्ने हुस्सु र कुहिराका कारण घाम लाग्न नसकेपछि बढेको चिसोले जनजीवन कष्टकर बनेको हो । शीतलहरसँगै बढ्ने कठ्याङ्ग्रिने जाडोले सर्वसाधारणको दैनिकीमा प्रतिकूल प्रभाव पर्ने गरेको छ । चिसोवाट […]
लामो समयदेखि बसोबास गर्दै आएका सुकुम्वासीलाई प्रदेश नं १ सरकारले लालपुर्जा वितरण गर्ने भएको छ । यहाँस्थित माई नगरपालिका र माङ्सेबुङ गाउँपालिकाका छ हजार ५१५ घरपरिवारलाई पहिलो चरणमा लालपुर्जा प्रदान गर्न लागिएको हो । प्रदेश सरकारले सुकुम्वासी नागरिकलाई लालपुर्जा वितरणका लागि प्रदेश नं १ का ३० स्थानीय तहका एक लाख नागरिकलाई लालपुर्जा वितरण गर्नेछ । […]