होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
८ पुस, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद विघटनको विरोधमा देशब्यापी विरोध प्रदर्शन गर्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकले देशभर प्रदर्शन गर्ने निर्णय गरेको एक नेताले बताए । कुन दिन प्रदर्शन गर्ने भन्ने भोलि ९ गते बस्ने बैठकले तय गर्नेछ ।
सरकारले कोरोना भाइरसको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई सुरूमा खोप दिने गरी तयारी अगाडि बढाएको छ।स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखा प्रमुख भीमसिंह तिंकरीले सुरूमा कोरोना उपचारमा प्रत्यक्ष खटिने स्वास्थ्यकर्मी र कर्मचारीलाई खोप दिने गरी काम अघि बढेको जानाकरी दिए। त्यसका लागि ‘लक्षित समूह पहिचान समिति’ ले सूची संकलनको काम अघि बढाएको उनले बताए।’समितिले सबै अस्पतालहरूलाई आफ्ना […]
केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएको नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहले महासचिव पनि नयाँ नियुक्त गर्ने तयारी थालेको छ।एक पार्टी हुँदा बिष्णु पौडेल नेकपाका महासचिव थिए। पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल अध्यक्ष रहेको समूहले बुधबारको बैठकबाट पौडेललाई हटाएर उनको ठाउँमा नयाँ महासचिव नियुक्त गर्ने सम्भावना छ। नयाँ समूहको महासचिवमा भने उक्त समूहभित्र सर्वसम्मति छैन।स्रोतका […]
संयुक्त अरब इमिरेट्स (युएई) को दुुबईमा बुधबारदेखि कोरोना भाइरसविरुद्ध निःशुल्क खोप कार्यक्रम सुरु हुने भएको छ । यहाँ, फाइजर–बायोन टेक कम्पनीको कोरोना खोप प्रयोगमा आउनेछ । यसअघि साउदी अरबले गत साताबाट यस खोपको प्रयोग सुरु गरिसकेको छ । दुुबईमा अहिलेसम्म ९५ हजारभन्दा धेरै मानिसमा कोरोना संक्रमण देखिएको छ र ६ सय ४२ जनाको ज्यान गइसकेको […]
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता तथा सांसद लक्ष्मणलाल कर्णले प्रधानमन्त्री ओलीले संविधानमा नै नभएको व्यवस्था प्रयोग गरेर संसद विघटन गर्नु गलत र अस्विकार्य भएको टिप्पणी गरेका छन् । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले वर्तमान सरकारसँग चुनाव गराउने क्षमता पनि नभएको ठोकुवा गरे । उनले […]
८ पुस, काठमाडौं । बेलायतमा देखिएको नयाँ स्वरुपको कोरोना भाइरसको असर प्रत्यक्ष/अप्रत्यक्ष रुपमा नेपालमा पनि पर्न थालेको छ । बेलायतमा देखिएको नयाँ स्वरुपको कोरोना भाइरस नियन्त्रणका लागि विभिन्न देशले कडा कदम चालेपछि नेपालको पुनर्उत्थानउन्मुख पर्यटनसँगै वैदेशिक रोजगार क्षेत्रमा प्रत्यक्ष असर देखिन थालेको छ । विशेषगरी नेपालका मुख्य श्रम गन्तब्य मुलुकहरुले नयाँ किसिमको भाइरसको फैलावट रोक्न […]
८ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड- माधवकुमार नेपाल समूहले मंगलबारको केन्द्रीय कमिटी बैठकले गरेका निर्णयहरु बुधबार निर्वाचन आयोगमा बुझाएको छ । बुधबार केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे र मुक्तिनारायण प्रधानसहितको टोलीले निर्वाचन आयोगमा गई प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्षबाट निश्कासन गरेकोलगायतका निर्णयहरु पेश गरेको हो । नेता पाण्डेका अनुसार […]
८ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद पुनर्स्थापित गरेर नयाँ सरकार बनाउने बताएका छन् । बुधबार प्रचण्ड- माधव समूहका सांसदहरुको बैठकमा उनले संसद विघटन अवैधानिक भएकाले पुनर्स्थापित गरेर नयाँ सरकार बनाउने बताए । ‘संसद पुनर्स्थापित गरेर नयाँ सरकार बनाउने हाम्रो प्रतिबद्धता छ । ‘अरू संसदीय दलका नेताहरूसँग पनि […]
काठमाण्डाै – प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहका अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री तथा सचिवालय सदस्य रामबहादुर थापा बादलबीच भेटवार्ता भएको छ । बुधबार (आज) बिहान बालुवाटारमा भएको झण्डै एक घण्टा लामो भेटवार्तामा प्रधानमन्त्री ओलीले थापालाई सहकार्यको प्रस्ताव गर्नुभएको थियो । ‘दीर्घकालीन हित हुने गरी तपाईँले सोच्नुपर्याे, मैले के सहयोग गर्नुपर्छ, […]
काठमाडौं । नेकपा (प्रचण्ड-माधव ) पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेसम्म नेपालको सबैभन्दा ठूलो दल आफूहरुले नेतृत्व गरेको नेकपा नै रहेको दावी गरेका छन् । उनले बुधबार संसदीय दलको बैठकमा बोल्दै यस्तो दावी गरेका हुन् । ‘हिजोको नेकपाको बैठक आधिकारिक बैठक भएको दुनियालाई थाहा छ । ७० प्रतिशत केन्द्रीय सदस्य सहभागी भएको सवैले देखेका […]
काठमाडौं । नेकपा प्रचण्ड-माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेकपा संसदीय दलको नेता हुन अयोग्य रहेको बताएका छन् । बुधबार बानेश्वरमा आफू पक्षीय सांसदहरुको बैठकलाई सम्बोधन गर्दै नेपालले सो कुरा बताएका हुन् । त्यसपछि उनले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयनका लागि प्रस्ताव गरेका छन् । यसअघि उनले ओलीले […]
८ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूहको संसदीय दलको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवन परिसरको लोत्से हलमा सुरु भएको बैठकले केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउने र पुष्पकमल दाहाललाई चयन गर्ने बताइएको छ । यसअघि प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटी बैठकले ओलीलाई अध्यक्ष पदबाट हटाएको छ र […]
८ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूह केन्द्रीय सदस्यहरूको हस्ताक्षरसहित निर्वाचन आयोग जाने भएका छन् । नेकपा स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित आयोगमा जान लागेको जानकारी दिए । ‘३१५ जना केन्द्रीय सदस्यको हस्ताक्षर सहित केहीबेरमा आयोग पुग्दैछौं’, पोखरेलले अनलाइनखबरसँग भने । […]
८ पुस, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । संसद विघटनविरुद्ध परेको १२ वटा रिटको बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासमा सुनुवाई भएको थियो । इजलासले सबै रिटहरु संवैधानिक इजलासबाट सुनुवाई गर्ने गरी पठाउन आदेश दिएका छन् । तर संसद विघटनको कदम रोक्ने गरी अन्तरिम आदेश दिन अस्वीकार […]
८ पुस, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बालुवाटार गएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । संसद विघटन र मध्यावधि निर्वाचनको घोषणापछि उत्पन्न परिस्थितिपछि ओली वा प्रचण्ड–माधव नेपालमध्ये कुनै समूहमा नदेखिएका थापाले बुधबार ओलीलाई भेटेका हुन् । बादल पक्षका नेताहरुले गृहमन्त्री थापालाई नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई साथ दिन दबाब दिइरहेका छन् भने उनले कुनै […]
८ पुस, विराटनगर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको केन्द्रीय सदस्य पद प्रदेश १ सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले अस्वीकार गरेकी छन् । पार्टी फुटेका कारण जनता रोइरहेको अवस्थामा आफू केन्द्रीय कमिटीमा बस्न नसक्ने बताउँदै उनले पद अस्वीकार गरेकी हुन् । ‘विश्वास र भरोसाको साथ अमुल्य मत दिएको पार्टी बिभाजन हुँदा जनता रोइरहेको […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव समुह) को संसदीय दलको बैठक बुधबार बस्दै छ । दिउँसो १ बजे बानेश्वरस्थित संसद भवनमा बस्न लागेको बैठकले दलको नेता चयन गर्नेछ । यसअघि नेकपाको दलको नेता केपी शर्मा ओली थिए । मङ्गलबार बसेको केन्द्रीय समिति बैठकले आज संसदीय दलको बैठक तय गर्दै नयाँ नेता चयन गर्न लागेको हो […]
८ पुस, काठमाडौं । नेकपा ओली समूहले आज सातै प्रदेशमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम गर्दैछ । आगामी २०७८ मंसिर २ गते महाधिवेशन गर्ने निर्णय गरेको ओली समूहले आज सातै प्रदेशमा प्रशिक्षण गर्न लागेको हो । प्रशिक्षण कार्यक्रम सञ्चालनका लागि विभिन्न नेताहरूलाई जिम्मेवारी तोकिएको छ । केपी शर्मा ओली नेतृत्वको नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीले सार्वजनिक गरेको नेताहरुको […]
मलाई लाग्छ, नेकपामा अहिलेको तामझामले नै भोलिको परसम्मको निर्णय त गरिहाल्दैन । किनभने हामीले एमालेबाट फुटेर माले बनाउँदा पनि तामझाम सानो थिएन । दुई/तीन मनिासम्म त जम्मै एमाले नै हामीले नै ल्याउँछौं कि जस्तो थियो । पछि फेरि विस्तारै मान्छेहरु फर्किँदै आफ्नै ठाउँमा गए । अहिले तलका अलि स्वतन्त्र खालका कार्यकर्ताहरुले ओलीले नै पार्टीलाई विभाजनमा […]
८ पुस, काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाइ आज हुँदैछ ।प्रधानमन्त्री केपी शर्मा ओलीले यही पुस ५ गते प्रतिनिधिसभा भंग गरी आगामी बैशाख २७ र २७ गते मध्यावधि निर्वाचन गर्न गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिन सदर गरेकी थिइन् । संसद विघटन असंवैधानिक भएको दाबीसहित राष्ट्रपति र प्रधानमन्त्रीसमेतलाई विपक्षी बनाइ सर्वोच्चमा […]