होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • सुदूरपश्चिम प्रदेशसभामा ओली पक्ष अल्पमतमा
देश/प्रदेश

सुदूरपश्चिम प्रदेशसभामा ओली पक्ष अल्पमतमा

  • नागरिक रैबार
सुदूरपश्चिम प्रदेशसभामा ओली पक्ष अल्पमतमा

काठमाडौं । सुदूरपश्चिम प्रदेश सभामा नेकपाका अध्यक्ष केपी शर्मा ओली भारी अल्पमतमा परेका छन् । ५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा नेकपाका ३९ जना सांसदहरु छन् । तीमध्ये प्रचण्ड–माधव पक्षमा ३० जना सांसद छन् । यस्तै ओलीको पक्षमा ६ जना सांसद मात्र छन् ।

सुदूरपश्चिम प्रदेश नेकपा संसदीय दलका नेता तथा मुख्यमन्त्री त्रिलोचन भट्टले आह्वान गरेको बैठकमा सहभागी भएकामध्ये ६ जना प्रदेश सभा सदस्यहरुले बैठकको निर्णयमा हस्ताक्षर नगरेर प्रधानमन्त्री ओलीको पक्षमा उभिएका हुन् । बैठकमा ३६ जना सहभागी थिए ।

आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहरा भने काठमाडौंमा रहेका कारण उपस्थित भएनन् । नेकपा ओली पक्षको केन्द्रीय सदस्यमा मनोनित भएका बोहराले त्यो पद अझै स्विकार नगरेको बताएका छन् । बैठकमा अनुपस्थित नेकपाबाट निर्वाचित बाँकी दुई जना सभामुख र उपसभामुख हुन् ।

विज्ञापन

बैठकले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेकोप्रति आपत्ति जनाउँदै विरोध गर्ने, बहुमत सदस्यले नेतृत्व गरेको प्रचण्ड–नेपाल समूह आधिकारिक भएकाले दृढताका साथ लाग्ने र प्रदेश सरकारका नियमित काम कारबाहीलाई एकताबद्ध भएर अघि बढाउने निर्णयसमेत गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार