बिहिबार, माघ १५, २०७७
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • डब्ल्यूएचओले भन्यो, ‘अर्को महामारी आउन सक्छ’
स्वास्थ्य-जीवनशैली

डब्ल्यूएचओले भन्यो, ‘अर्को महामारी आउन सक्छ’

  • नागरिक रैबार
डब्ल्यूएचओले भन्यो, ‘अर्को महामारी आउन सक्छ’

विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसभन्दा प्राणघातक भाइरस विश्वमा महामारीका रुपमा फैलनसक्ने चेतावनी दिएको छ । डब्ल्यूएचओका आपतकालिन कार्यक्रम प्रमुख डाक्टर माइक रायनले कोभिड–१९ अहिलेभन्दा भयानक हुन आवश्यक नरहेको र अर्को प्राणघातक महामारी विश्वभर फैलनसक्ने बताए । मंगलबार रायनले कोभिड–१९ महामारीलाई खतराको घण्टी भनेका छन् । ‘यो महामारी अति नै गम्भीर छ । यसले विश्वका प्रत्येक कुनामा असर गरेको छ । यद्यपी, यो यसभन्दा ठूलो हुन आवश्यक छैन,’ मिडिया ब्रिफिङमा उनले भने ।

कोरोना भाइरसका कारण अहिलेसम्म विश्वभर १७ लाख ९९ हजार ३ सय ३७ जनाले ज्यान गुमाइसकेका छन् । यसको मृत्युदर शुन्य दशमलव ५ प्रतिशत रहेको आँकलन गरिएको छ, अर्थात् अहिलेसम्म संक्रमित २ सय जनामा एक जनाले ज्यान गुमाएका छन् । स्पेनिस फ्लु पछिल्लो सबैभन्दा घातक महामारी थियो । यसले १९१८ र १९१९ को अवधिमा ५ करोडको ज्यान लिएको थियो । युवाहरुमा मृत्युदर बढी थियो र मृत्यु हुनेमध्ये २० देखि ४० वर्ष उमेर समूहका मानिसहरुको संख्या बढी थियो । यसको मृत्युदर २ दशमलव ५५ प्रतिशत थियो । यस्तै महामारी आजको समयमा आएमा खाद्यान्न क्षेत्रका कामदारहरु डरले घरमै बस्ने र सम्भावित रुपमा खाद्यान्न आपूर्ति बन्द भएर मानव सभ्यता नै सटडाउन हुने भय छ ।

महामारीको मध्यमा गत वर्ष जर्ज फ्लोइडको मृत्युको विषयलाई लिएर अमेरिकामा चर्किएको प्रदर्शनले जसरी विश्वव्यापी अस्थिरता निम्त्याएको थियो, त्योभन्दा ठूलो अस्थिरता खाद्यान्न संकटले निम्त्याउनसक्ने अनुमान गरिएको छ । र, यस्तो बृहत्तर अस्थिरताले विश्वभरका सरकारहरुको स्थायित्वलाई खतरामा पार्ने अनुमान गरिएको छ ।

विज्ञापन

 

‘कोरोना भाइरस खतराको घण्टी हो । विज्ञान, खाद्यान्न, प्रशिक्षक र शासन व्यवस्थामा कसरी राम्रो गर्ने, कसरी एकआपसमा राम्रो सञ्चार गर्ने भनेर हामी सिक्दैछौं । तर पृथ्वीको हालत नाजुक छ,’डाक्टर राय भन्छन्,‘ हामी एक बढ्दो जटिल विश्वव्यापी समाजमा बाँचिरहेका छौं । यी खतराहरू जारी रहनेछ । हामीले यस महामारीबाट सिक्नुपर्ने पाठ भनेकै मिलेर काम गर्ने हो ।’

अमेरिका, बेलायतलगायत देशहरुमा खोप लगाउने कार्यक्रम सुरु भएपनि भाइरस हाम्रो जीवनको हिस्साका रुपमा रहिरहनसक्ने रायनले बताए । ‘सम्भावित परिदृश्यअनुसार अब यो भाइरस स्थानीयस्तरमा खतराका रुपमा रहिरहनेछ । तर खोप लगाउने कार्यक्रम सुरु भएको सन्दर्भमा यो न्युन खतराका रुपमा रहनेछ,’ उनले भने,‘ खोपहरु कति राम्रोसँग लगाइन्छ र कति बृहत्तर रुपमा लगाइन्छ भन्ने हेर्न बाँकी छ । यसैले, हामीलाई न्यूनीकरणको दिशातर्फ जाने अवसर दिनसक्छ । यद्यपी, खोपको प्रभावकारीता उच्च रहँदा पनि कोरोना उन्मूलन हुने ग्यारेन्टी छैन । यो निकै कठिन चुनौती हो त्यसैले, जोखिममा रहेका व्यक्तीहरुलाई प्राथमिकतामा राख्नेगरी खोप वितरणको डिजाईन गरिएको हो ।’

संक्रामक जोखिमहरूका लागि डब्ल्यूएचओको रणनीतिक र प्राविधिक सल्लाहकार समूहका अध्यक्ष प्रोफेसर डेभिड हेमानले पनि स्थानीय स्तरमा यो भाइरस रहिरहने बताएका थिए । ‘ कोभिड १९ स्थानीय स्तरमा रहनेजस्तो देखिन्छ । जसरी अन्य चारवटा कोरोना भाइरस छन् । र, मानव सेल्समा पुनउत्र्पादन भएर यो निरन्तर म्युटेट (परिवर्तन) भइरहनेछ,’ उनले भने,‘भाग्यवस, हामीसँग जीवन बचाउने उपकरणहरू छन् र यसलाई जनस्वास्थसँग संयोजन गरेर हामी कोरोनासँगै बाँच्नसक्छौं ।’

डल्युएचओकी प्रमुख वैज्ञानिक डाक्टर सौम्या स्वामिनाथनले भनिन्, ‘ खोप लगाउनुको अर्थ सामाजिक दूरी र अन्य सार्वजनिक स्वास्थ सेवाको अन्त्य होइन । कुनै खोपले वास्तवमा मानिसलाई संक्रमणबाट जोगाउँछ र यसलाई अन्यमा फैलाउनबाट रोक्छ भन्नेबारे विश्वस्त हुने प्रमाण हामीसँग छ जस्तो मलाई लाग्दैन । त्यसैले मलाई लाग्छ, खोप लिएका मानिसहरुले पनि उस्तै सावधानी अपनाउन जरुरी छ ।’ गम्भीर लक्षणसहितको कठोर संक्रमण र मानिसलाई मृत्युबाट रोक्ने मनसायका साथ खोप विकास गरिएको उनले बताइन् ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अदानोम गेब्रियसअसले महामारीको भयावह अवस्था र यसमा भएको सुधार एकैपटक झल्किएको बताए । उनले महामारीको नयाँ स्वरुपले आगामी वर्षका लागि चुनौति थपेको बताए । ‘महामारीको यस समय निजी र सार्वजनिक क्षेत्रबीचको असाधारण सहकार्यले नयाँ धरातल कोरिएको छ । पछिल्ला साताहरुमा केही देशमा सुरक्षित र प्रभावकारी भ्याक्सिनको प्रयोग सुरु भएको छ, जो अद्भूत वैज्ञानिक उपलब्धि हो,’ उनले भने,‘यो निकै राम्रो छ । तर, जबसम्म खोपको आवश्यकता परेका सबैले नयाँ खोप पाउँदैनन् र सुरक्षित हुँदैनन्, त्यतिबेलासम्म डब्लयुएचओले आराम गर्नेछैन ।’

 

विश्वका खतरनाक महामारी

१ प्लेग अफ जस्टिनियन

सन् ५४१ देखि ५४२ सम्म यो रोग फैलिएको थियो । रोमका सम्राट जस्टिनियनका नामबाट यो महामारीको नामाकरण गरियो । यो कसरी सुरु भयो भन्नेबारे अझै ठूलो विवाद छ । यस रोगका कारण तत्कालीन समय ३ देखि ५ करोड जनसंख्याको मृत्यु भयो । कमजोर भइसकेको रोमान साम्राज्यलाई चाडैं पतन गराउन यो महामारी सहायकसिद्ध भएको बताइन्छ ।

३ ब्ल्याक डेथ
यसलाई बुबोनिक प्लेग पनि भनिन्छ । १३४७ देखि १३५१ सम्म यो महामारी विश्वभर फैलिएको थियो । सबैभन्दा ठूलो विध्वंश युरोपमा देखियो । मुसाबाट सुरु भएको यो महामारीका कारण तत्कालीन समय युरोपको ३० देखि ५० प्रतिशत जनसंख्याको ज्यान गयो । ५ वर्षको अवधिमा २० करोड मानिसहरुले ज्यान गुमाए । यस रोगका कारण थलिएको युरोपको सभ्यतालाई फेरि उठ्न २ सय वर्षभन्दा लामो समय लाग्यो ।
३ स्मलपोक्स
१५२० मा युरोपमा यो रोग सुरु भयो । त्यसपछि नयाँ विश्व भनेर चिनिएको अमेरिकामा फैलियो । यही रोगका कारण ९० प्रतिशत आदिवासी अमेरिकीहरुको ज्यान गएको अनुमान गरिन्छ । विश्वभर ५ करोड ६० लाखभन्दा धेरै मानिस मारिए । पहिलोपटक यही रोगको उपचार गर्नेक्रममा भ्याक्सिन आविस्कार भयो ।
४ थर्ड प्लेग
१८५५ देखि १९६० सम्म यो महामारी फैलियो । चीनको युनानबाट सुरु भएको यो बुबोनिक प्लेग मानिसको बसोबास रहेका सबै महादेशमा फैलियो । यसले १ र करोड २० लाखभन्दा धेरै जनसंख्याको ज्यान लियो । यस प्लेगको सबैभन्दा ठूलो प्रभाव एशियाली देशमा परेको थियो ।

५ स्पेनिस फ्लु
१९१८ देखि १९१९ सम्म यो रोग विश्वभर फैलियो । एकै वर्षमा यसले ५ करोड मानिसहरुको ज्यान लियो । ५० करोड मानिस यसबाट संक्रमित भएका थिए ।

डेली मेलबाट

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार