होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रधानमन्त्रीको भ्रमणले सुदूरपश्चिमका मुख्यमन्त्री र मन्त्रीहरु अलमलमा
समाचार

प्रधानमन्त्रीको भ्रमणले सुदूरपश्चिमका मुख्यमन्त्री र मन्त्रीहरु अलमलमा

  • नागरिक रैबार
प्रधानमन्त्रीको भ्रमणले सुदूरपश्चिमका मुख्यमन्त्री र मन्त्रीहरु अलमलमा

धनगढीः प्रतिनिधिसभा विघटन भएपछि पहिलो पटक सुदूरपश्चिम आउन लागेका पार्टी अध्यक्ष एवंम् प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतमा सहभागी हुने÷नहुने विषयमा प्रदेश सरकारका मन्त्रीहरु नै अन्योलमा परेका छन्।

तत्कालीन माओवादी केन्द्र र नेकपा एमाले एकिकरणपछि बनेको नेकपा विभाजन भएपछि औपचारिक रुपमा अलग नभइसकेको पार्टीका अध्यक्ष एवंम् प्रधानमन्त्रीको स्वागतबारे निर्णय लिन मन्त्रीहरुलाई असहज भएको हो।

प्रतिनिधिसभा विघटनपछि स्पष्ट रुपमा दुई समूहमा पार्टी विभाजित भएका बेला प्रधानमन्त्री केपी शर्मा ओली धनगढी आइहेकाले प्रदेशका मन्त्रीहरुले आफ्नो गृह नगरीमा आउँदा कसरी स्वागत गर्लान भन्ने सर्वत्र चासो बढेको छ।

विज्ञापन

तर प्रदेश सरकारका मन्त्रीहरुले भने त्यसबारेमा अहिलेसम्म निर्णय लिन नसकेको पाइएको छ। प्रचण्ड–नेपाल समूहमा रहेका सुदूरपश्चिमका सामाजिक विकास मन्त्रीले आफू काममै व्यस्त हुँदा त्यसबारे खासै जानकारी नभएको प्रतिक्रिया दिदै मुख्यमन्त्रीलाई बुझ्न आग्रह गरे।

‘अहिलेसम्म म काममै व्यस्त छु,’ मन्त्री सुवेदीले भने, ‘त्यो विषयमा जानकारी छैन्। मुख्यमन्त्री ज्यूलाई थाहा होला त्यो कुरा उतै बुझ्नु न।’

यसअघि प्रधानमन्त्री एवंम् नेकपाका अन्य केन्द्रीय नेताहरु आउँदा स्वागतका लागि पुष्पगुच्छा लिएरै धनगढी विमानस्थल पुग्ने गरेका मन्त्री मात्र नभएर मुख्यमन्त्री समेत अन्योलमै रहेको पाइएको छ।

देशको प्रधानमन्त्रीका रुपमा केपी शर्मा ओलीलाई स्वागत गर्नुपर्ने नैतिक र पदीय बाध्यता भएपनि पार्टीको एउटा गुटको कार्यक्रममा सहभागी हुन आइरहेकाले के गर्ने भन्ने अन्योलता कायमै रहेको मुख्यमन्त्री त्रिलोचन भट्टका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले बताए।

‘हामी पनि अलमलमा परेका छौँ,’ ओलीले भने, ‘प्रधानमन्त्री कुनै सरकारी कार्यक्रममा सहभागि हुन आउनुभएको भए। जनताको तर्फबाट त्यही हिसाबले स्वागत गर्न हुन्थ्यो। तर उहाँ गुटको भेलामा आउँदै हुनुहुन्छ। मुख्यमन्त्री त्यहाँ जाने की नजाने हामीलाई पनि समस्या परेको छ।’

देशको प्रधानमन्त्री गृह नगरमा आइरहेकाले कार्यक्रममा सहभागि नभएपनि उनको स्वागत गर्दा राम्रो सन्देश जाने आवाज पनि प्रचण्ड–नेपाल खेमाभित्र उठ्न थालेको छ।

तर प्रधानमन्त्री ओली पार्टी कुनै गुटले आयोजना गरेको कार्यक्रममा सहभागी हुन धनगढी आइरहेका कारण मन्त्रीहरुलाई स्वागत गर्नैपर्ने बाध्यात्मक अवस्था नभएको दाबी समेत गरिन थालेको छ।

‘स्वागत गर्नु हाम्रो परम्परा, संस्कृती र मूल्य मान्यता हो,’ प्रचण्ड–नेपाल समूहकै प्रदेशसभा सदस्य पूर्णा जोशीले भनिन्, ‘तर उहाँ पार्टी विभाजन भएका बेला जुन अभिष्टका लागि सुदूरपश्चिम आउँदै हुनुहुन्छ। यो अभिष्ट ठीक होइन्। कोही स्वागतमा गए शिष्टाचार गरेको हुने, नजादा नदर्शाएको हुने भन्ने कुरा यतिखेर अन्यथा हुँदैन्। तर पार्टीको एउटा समूहलाई सम्बोधन गर्न आइरहेकाले पनि कसैलाई बाध्यता छैन्।’

आयोजकले अतिथिका रुपमा बोलाएकाले प्रधानमन्त्रीको स्वागत सत्कार गर्ने प्रमुख दायित्व सम्बन्धित आयोजककै हुने उनी बताउँछिन्।

यसअघि ओली समूहकै सुदूरपश्चिम इन्चार्ज समेत रहेका उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले मुख्यमन्त्रीलाई लक्षित गर्दै स्वागतमा सरिक नभएको विषयतर्फ संकेत गर्दै राजनीतिक संस्कार नभएको टिप्पणी गरेका थिए।

तर प्रधानमन्त्री ओलीको स्वागतमा प्रदेशका मन्त्रीहरु सहभागी हुन्छन् की हुदैनन् भन्ने कुरा सम्भवः केहीबेरपछि थाहा हुनेछ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार