होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ओली र देउवाबीच केन्द्र देखि प्रदेशसम्म भित्र भित्रै समिकरण
समाचार

ओली र देउवाबीच केन्द्र देखि प्रदेशसम्म भित्र भित्रै समिकरण

  • नागरिक रैबार
ओली र देउवाबीच केन्द्र देखि प्रदेशसम्म भित्र भित्रै समिकरण

काठमाडौं, २३ पौष । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच केन्द्र देखि प्रदेशसम्म समिकरणको तयारी भएको छ । दुई नेताबीच केन्द्र सरकारले गर्ने नियुक्ति देखि प्रदेश सरकारमा समेत समिकरण बनाएर जाने तयारी भएको हो । यसका लागि दुवै नेताबीच नियमित छलफल भइरहेको बुझिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी विभाजनसँगै प्रदेश १ र बागमती प्रदेशमा अविश्वासको प्रस्ताव दर्ता भएको छ । त्यसलाई असफल बनाउन ओलीले देउवासँग सहयोग मागेका छन् । दुवै नेताबीच राजनीतिक भागवण्डाबाट समिकरणको तयारी भएको छ । अविश्वासको प्रस्ताव आएका प्रदेशहरुमा नेकपाको ओली समूहले काँग्रेससँग मिलेर सत्ता साझेदारीको प्रयास थालेको छ । काँग्रेसको साथ भए प्रदेश १ मा शेरधन राई र बागमती प्रदेशमा डोरमणि पौडेलको मुख्यमन्त्री पद जोगिनसक्छ । अन्यथा अविश्वासको प्रस्ताव पारित हुने सम्भावना बलियो छ ।

प्रदेशमा मिलेर जाने सम्भावनाबारे देउवा निकटस्थले पनि ओली निकटस्थसँग छलफल चलाएका छन् । यो निर्णयमा भने नपुगेको अवस्था छ ।

विज्ञापन

केन्द्रमा पनि ओली र देउवाबीच भित्री सहमति बनेको देखिन्छ । संवैधानिक परिषद्ले संवैधानिक निकायमा गरेका नियुक्तिहरुमा ओली र देउवाबीच भागवण्डा भएको छ । देउवा निकटस्थहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोगलगायत विभिन्न निकायमा नियुक्तिको सिफारिशमा पर्ने अवसर पाएका छन् ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार