होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । नेपालमा हाल सञ्चालित कोरोना खोप अभियान स्थगित भएको छ । भारतको सेरम इन्स्टिच्युटसँग खरिद गरिएको १० लाख डोज खोप नआएपछि अभियान स्थगित गरिएको स्वास्थ्य सेवा विभाग, खोप शाखाका प्रमुख डा. झलक शर्माले बताए । भारतले १० लाख कोरोना खोप अनुदानमा दिएपछि १४ माघबाट खोप अभियान सुरु भएको थियो । फ्रन्टलाइनरलाई खोप लगाएपछि सरकारले […]
पछिल्लो थपसहित देशभर १ करोड ६२ लाख ४३ हजार मतदाता संख्या पुगेको छ । निर्वाचन आयोग प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार पछिल्लो संकलित नामावली अद्यावधिक पछि १ करोड ६२ लाख ४३ हजार १ सय १० मतदाता पुगेका छन् । नयाँ संख्या थपपछि मतदानस्थल १० हजार ६ सय ६० कायम हुने भएको छ । यसअघि, २०७४ सालमा […]
४ चैत, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अध्यक्ष केपी शर्मा ओलीलाई नेपाल समूहले आयोजना गरेको राष्ट्रिय भेलामा आउन निम्ता गरेकी छिन्। बुधबार सुरु भएको राष्ट्रिय भेलामा बोल्दै उनले अध्यक्ष ओलीलाई फागुन २८ गते गरेको निर्णय फिर्ता लिएर भेलामा आउन आग्रह गरेकी हुन् । उनले भनिन्, ‘कमरेड केपी ओलीजी त्यो २८ […]
४ चैत, काठमाडौं । सरकारले संसद विघटन गरेर निर्वाचन घोषणा गरेपछि स्थगित भएको मतदाता नामावली संकलन पुन सञ्चालन भएको छ । निर्वाचन आयोगले बुधबार एक सूचना जारी गर्दै चैत ५ गतेदेखि ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने जानकारी दिएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते […]
काठमाडौं— सरकारले माघ १४ देखि फागुन १० गतेसम्म कोरोनाभाइरस विरुद्धको पहिलो मात्रा खोप लगाएकालाई दोस्रो मात्रा दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो मात्रा खोप लगाएकाहरूलाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्रा दिने इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसिएस)को बैठकले निर्णय गरेको हो । पहिलो मात्रा खोप लगाएकाहरूलाई दोस्रो मात्रा दिने निर्णय गरेको स्वास्थ्य […]
काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन चैत २५ गते हुने भएको छ । महासंघको इतिहासमा पहिलोपटक हुन लागेको प्रत्यक्ष निर्वाचन प्रक्रियामार्फत २५ गते निर्वाचन गर्न लागिएको हो । महासंघका अध्यक्ष गोविन्द आचार्यले चैत २५ गते निर्वाचन हुने जानकारी दिए । चैत ७ गते निर्वाचनसम्वन्धी सम्पूर्ण कार्यतालिका सार्वजनिक गरिने छ ।
काठमाडौँ — नेकपा एमालेका नेता माधवकुमार नेपालले ओलीका साइबर स्यालहरु अझै पनि जिउँदै रहेको बताएका छन् । बुधबार खनाल-नेपाल पक्षीय राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले नेकपा हुँदा रहेका ओलीका साइबर स्यालहरु अझै पनि बाँचिरहेको बताएका हुन् । ‘नेकपा हुँदा थियो भनेको त साइबर स्यालहरु अझै पनि जिँउदै रहेछन्,’ नेता नेपालले भने,’साइबर स्यालहरु […]
४ चैत, काठमाडौँ । नेकपा एमालेको नेपाल समूहको राष्ट्रिय भेलामा पुराना कम्युनिष्ट नेताहरु समेत उपस्थित भएका छन् । ललितपुरको हेरिटेज गार्डेनमा सुरु भएको भेलामा पुराना कम्युनिष्ट नेताहरु मोहनचन्द्र अधिकारी, सिद्धिलाल सिंह, मोदनाथ प्रश्रित, कमल कोइराला पनि मञ्चमा उपस्थित भएका हुन् । कार्यक्रम सञ्चालक सुरेन्द्र पाण्डेले उनीहरुलाई अतिथिको आसन ग्रहण गराएका छन्। यस्तै भेलाका लागि […]
काठमाडौं : नेकपा एमालेको माधव-झलनाथ समूहको राष्ट्रिय कार्यकर्ता भेला सुरु भएको छ। ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा राखिएको भेलाको अध्यक्षता नेता झलनाथ खनालले गरेका छन् । भेलामा एमालेका ११ जना स्थायी कमिटी सदस्यसहित शीर्षस्थ नेताहरुको उपस्थिति रहेको छ। यो समूहले बदलिँदो परिस्थितिमा छलफल गर्न, एकीकृत धारणा बनाउन र देशव्यापी रुपमा पार्टी पंक्तिलाई त्यस आधारमा अघि […]
धनगढीः कैलालीमा सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीका अंग रक्षकसहितका जुवाडे पक्राउ परेका छन्। बुधबार राति कैलालीको ओलानी क्षेत्रबाट प्रहरीले ३ लाख नगदसहित डीआईजी सुवेदीका अंग रक्षक प्रहरी सहायक निरीक्षक पुस्कर भट्टसहितका केही जुवाडेलाई पक्राउ गरेको प्रहरी उच्च स्रोतले दिनेशखबरलाई बतायो। तर कैलाली प्रहरीले भने अहिलेसम्म जुवाडे पक्राउ परेको कुरा सार्वजनिक गरेको छैन। […]
कोरोनाविरुद्धको भ्याक्सिन अभाव भएपछि सरकारले तत्कालका लागि खोप अभियान स्थगित गरेको छ । अब थप कोभिड खोप आएपछि मात्र ५५ देखि ६४ वर्ष सम्मका व्यक्तिहरूका लागि खोप कार्यक्रम संचालन गर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले बताए । चैत्र ४ गतेदेखि ५५ वर्षभन्दा माथि ६४ वर्षभन्दा मुनिका नागरिकलाई खोप दिने योजना थियो । सरकारले भारतलाई […]
काठमाडौं । आगामी दिन दिनसम्म देशका केही ठाउँमा हावा हुरी, मेघगर्जन र चट्याङसहित सामान्य वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ। अहिले देशमा स्थानीयसँगै पश्चिमी वायुको पनि प्रभाव परेको र त्यसले गर्दा मौसममा बदली आएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज बुधबार दिउँसो र राति कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ […]
३ चैत, काठमाडौं । सिन्धुलीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ, ७ जना घाइते भएका छन् । कमलामाइ नगरपालिका–७ करङडाँडामा बा १७ च १११७ नम्बरको जिप दिउँसो पौने ४ बजे सडकबाट ५० मिटर तल खस्दा ४ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी मनोजकुमार लामाले जानकारी दिए । मृत्यु हुनेमा […]
३ चैत, काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्यालले अर्थमन्त्रालयले तोकेको बजेट आधारप्रति असन्तुष्टि पोखेकी छिन् । उनले कृषि क्षेत्रमा बजेट घटाएर उत्पादन बढाउन नसकिने भन्दै त्यसले समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य हासिल नहुने बताइन् । उनले बजेट निर्माण र कार्यक्रमको प्राथमिकीकरणको पुरानो शैली त्याग्नु अत्यावश्यक रहेको बताइन् । आगामी आर्थिक वर्ष केही […]
३ चैत, काठमाडौं । चीनले आफ्नो देशमा उत्पादित कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप लिएका व्यक्तिलाई सहज रुपमा भिसा दिने निर्णय गरेको छ । यद्यपि चीन प्रवेश गर्ने व्यक्ति अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने नियम भने कायमै रहनेछ । योसँगै नेपालमा पनि चिनियाँ खोपको पूर्ण डोज लिएको प्रमाणपत्र देखाउने मानिसले मात्र सहज रुपमा भिसा पाउने चिनियाँ दूतावासले जनाएको […]
३ चैत, काभ्रे- काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाले यहाँका नागरिकलाई मदिरा उत्पादन तथा सेवन गर्न अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । ‘मदिरा नियमन तथा व्यवस्थापन ऐन २०७७’ अनुसार नागरपालिकाले मदिरा उत्पादन तथा सेवन गर्न अनुमति लिनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो । नगर क्षेत्रभित्र सदाचार, स्वास्थ्य, सुविधा तथा आर्थिक हित कायम राख्दै सभ्य, शान्त र सकारात्मक बाटोमा समुदायलाई […]
३ चैत, सुर्खेत । गत फागुन २३ गते कर्णाली नदीमा हराएकी ७ वर्षीया बालिका रजनी बडुवालको शव मंगलबार भेटिएको छ । अछामको तुर्माखाँद गाउँपालिका–३, स्थित कर्णाली नदी किनारमा बालिकाको शव भेटिएको र उनी रजनी बडुवाल नै भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी अनुपम श्रेष्ठले जानकारी दिए । शव पोष्टमार्टमका लागि अछामको मंगलसेनस्थित जिल्ला […]
२ चैत, वीरगञ्ज । लाखौं खर्चिएर बंगलादेशमा एमबीबीएस अध्ययन गरिरहेका नेपाली विद्यार्थी अन्तिम वर्षको परीक्षा दिनबाट बञ्चित भएका छन् । नदर्न प्राइभेट कलेज एण्ड हस्पिटलमा एमबीबीएस अध्ययनरत नेपाली र स्थानीय विद्यार्थी अन्तिम वर्षको परीक्षा दिन नपाएपछि ३७ दिनदेखि आन्दोलनमा छन् । तर उनीहरुको माग सम्बोधन हुन सकेको छैन । सोमबार सुरु भएको अन्तिम वर्षको परीक्षाबाट […]
नेपाल कम्युनिष्ट पार्टी(एमाले) एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले वामपन्थी सरकारको निरन्तरताको लागि पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । उनले तुरुन्त प्रचण्डलाई बोलाएर छलफल गर्न पनि आग्रह गरेका छन् । मंगलबार नेपाल कम्युनिष्ट पार्टी(एमाले) एकता राष्ट्रिय अभियान कार्य सम्पादन समितिको पूर्ण बैठकमा मन्तव्य राख्दै संयोजक गौतमले वामपन्थी सरकारको निरन्तरताका लागि नेकपा(माओवादी […]
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई हेलिकप्टर चार्टर गरेर ससुराली गाउँ पुगेका छन् । राई आफ्नो श्रीमती जाङ्मु शेर्पाको जन्मस्थल संखुवासभाको मकालु गाउँपालिकाको सेदुवा र नोर्बु पुगेका हुन् । शेर्पाले सामाजिक सञ्जालमार्फत परिवारका साथ आफ्नो जन्मस्थल जान पाउँदा खुसी लागेको प्रतिक्रिया दिएकी छिन् । ‘मैले भर्खरै आफ्नो जन्मस्थल संखुवासभा मकालु गाउँपालिकाको सेदुवा र नोर्बुको […]