होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • रोकियो कोरोना खोप अभियान
देश/प्रदेश

रोकियो कोरोना खोप अभियान

  • नागरिक रैबार
रोकियो कोरोना खोप अभियान

काठमाडौं । नेपालमा हाल सञ्चालित कोरोना खोप अभियान स्थगित भएको छ । भारतको सेरम इन्स्टिच्युटसँग खरिद गरिएको १० लाख डोज खोप नआएपछि अभियान स्थगित गरिएको स्वास्थ्य सेवा विभाग, खोप शाखाका प्रमुख डा. झलक शर्माले बताए ।

भारतले १० लाख कोरोना खोप अनुदानमा दिएपछि १४ माघबाट खोप अभियान सुरु भएको थियो । फ्रन्टलाइनरलाई खोप लगाएपछि सरकारले सेरमसँग २० लाख डोज खरिद गर्न अग्रिम भुक्तानीसमेत गरेको थियो । त्यसमध्ये १० लाख डोज आएपछि फागुन २३ देखि ५५ वर्षभन्दा माथिका नागरिकलाई खोप दिन सुरु गरिएको थियो ।

शर्माका अनुसार बुधबारसम्म १६ लाख ७३ हजार २२७ जनाले कोरोना खोप लगाएका छन् ।

विज्ञापन

तर सेरमले दिन बाँकी १० लाख डोज खोप दिन आनाकानी गरेपछि खोप अभियान नै रोकिएको छ । पहिलो डोज लगाएकाहरुलाई वैशाख ७ गतेदेखि दोस्रो डोज दिनुपर्ने भएकाले खोप सुरक्षित गर्नु परेको खोप शाखाका प्रमुख डा. शर्माले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार