होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • साइबर स्यालहरु अझै पनि जिउँदै रहेछन् : माधव नेपाल
समाचार

साइबर स्यालहरु अझै पनि जिउँदै रहेछन् : माधव नेपाल

  • नागरिक रैबार
साइबर स्यालहरु अझै पनि जिउँदै रहेछन् : माधव नेपाल

काठमाडौँ — नेकपा एमालेका नेता माधवकुमार नेपालले ओ‌लीका साइबर स्यालहरु अझै पनि जिउँदै रहेको बताएका छन् । बुधबार खनाल-नेपाल पक्षीय राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले नेकपा हुँदा रहेका ओलीका साइबर स्यालहरु अझै पनि बाँचिरहेको बताएका हुन् ।

 

‘नेकपा हुँदा थियो भनेको त साइबर स्यालहरु अझै पनि जिँउदै रहेछन्,’ नेता नेपालले भने,’साइबर स्यालहरु अझै पनि बाँचिरहेका छन् ।’

विज्ञापन

 

आफूहरुको भेला रोक्नका लागि साइबर स्यालहरुले नेता योगेश भट्टराईको फेक हस्ताक्षर प्रयोग गरेको उनले बताए । उनले भने,’ आज बिहान फेक सूचना जारी गरेका थिए । योगेश भट्टराईको हस्ताक्षर चोरेर फेक पत्र जारी गरेका थिए । साइबर स्यालहरु त अझै पनि जिँउदै रहेछन् । नेकपा हुँदा थियो भनेको त अझै पनि रहेका छन् ।’

उनले ओलीका साइबार स्यालबाट होसियर हुन आग्रह गर्दै गलत सूचनाहरु अझ आउने र कुनै पनि किसिमको अलमल नगर्न कार्यकर्ताहरुलाई आग्रह गरे । उनले कुनै पनि भ्रमको समाचारमा नलाग्न पनि आग्रह गरे ।

यस्तै नेता नेपालले आफूहरुको लडाईं पदको नभएर सिद्धान्त,नीति,विधि र पार्टी निर्माणको लडाइँ भएको बताए । पार्टीभित्रको वर्तमान स्थिती उत्पन्न हुनुको कारण केपी शर्मा ओली नै प्रमुख जिम्मेवार रहेको उनले आरोप लगाए ।

 

ओलीले टिकट वितरण,नियुक्ती र कार्यविभाजन,कामको जिम्मेवारी बाँडफाँडमा समेत पूर्वाग्रह राखेको उनले बताए । ‘गुटको सुरुवात उहाँले गरेको हो, मदन भण्डारी फाउण्डेशनको नाममा,’ नेता नेपालले भने,’ बैठक बोलाउनका लागि पनि अनुनय विनय गर्नुपर्ने अवस्था थियो । कम्युनिष्ट पार्टी कस्तो हुनुपर्छ र कस्तो निर्माण गर्नुपर्ने भन्ने विषय हाम्रो हो । ३ वर्षसम्म पनि पार्टीका कमिटीहरु निर्माण हुन सकेनन् । यो सबै ओलीको पूर्वाग्रह राखिएको थियो ।’

‘तपाई पनि पीडित, हामी पनि पीडित, पीडित पीडित हामी भेला भएका छौं,’ उनले भने ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार