होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
मोरङ । ‘गरीबी रहित समाज’ निर्माणको अभियानमा जीवन विकास समाज सक्रिय छन् । विसं २०५४ मा स्थापना भएको यो समाजले अहिले प्रदेशको सात जिल्लामा ७५ शाखाबाट कार्यक्रम सञ्चालन गर्दै आएको छ । शिक्षा, स्वास्थ्य, कृषि, जस्ता क्षेत्रमा आफ्ना सेवालाई सफलतापूर्वक प्रदान गरी सामाजिक तथा आर्थिक समुन्नतिका लागि प्रयासरत यो संस्थाले वित्तीय क्षेत्रमा पनि काम गरिरहेको […]
चैत्र २०,बाजुरा । गौमुल गाउँपालिका कृषि विकाश शाखाको समन्वयमा कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख गोविन्द सिजापति जिल्लाका सरकारी कार्यालय प्रमुख मध्य सवै भन्दा पहिला अन्द्राडीमा पुगेका हुन् ।गौमुल गाउँपालका कृषि विकाश शाखाले तिन बर्ष अघाडी हाईडेन्सिटि सघन स्याउ खेतीको सुरुवात गरे पश्चात स्याउमा Tress ग्याविन तार व्यवस्थापन, थाक्रा व्यवस्थापन गर्न र थप अनुसंधान गरी फलफुल […]
१९ चैत, काठमाडौं । सर्वोच्च अदालतले सर्वोच्चकै न्यायाधीशमा सिफारिस नहकुल सुवेदीको योग्यता विवादमा चैत ३० गते फैसला सुनाउने भएको छ । सुवेदीको योग्यताको विषयमा प्रश्न उठाइ परेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले चैत ३० गते फैसला सुनाउन मिति तोकेको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए । हाल उच्च अदालत सुर्खेतको मुख्य […]
१९ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १५२ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार २१३ जनाको नमुना परीक्षण गर्दा १५२ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमित संख्या २ लाख ७७ हजार ४६१ जना पुगेको छ । उनीहरु मध्ये २ लाख ७२ हजार […]
नेकपा माओवादी केन्द्रले देशको परिवर्तन र राजनीतिलाई गलत दिशामा धकेल्न खोजेको आरोप लगाएको छ । सर्वोच्च अदालतले बिहीबार नेकपा बारेको फैसलामा पुनरावलोकनको माग गर्दै दायर भएको रिटमा निस्सा दिन अस्वीकार गरेपछि माओवादीले तीव्र असन्तुष्टि जनाउँदै यस्तो आरोप लगाएका हो । नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले अदालतले देशको समग्र परिवर्तन र राजनीतिलाई गलत दिशामा धकेल्न […]
१९ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय शिक्षाका लागि शिक्षकको गुणस्तर वृद्धि गर्नुपर्ने बताएका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत छनोटमा परेका विद्यालयको विवरण प्रस्तुत गर्ने कार्यक्रममा उनले शिक्षकको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन् । विद्यार्थीको ध्यानाकर्षण गर्न सक्ने, विद्यार्थीले बुझ्ने गरी पढाउन सक्ने र शिक्षण विधि तथा […]
पोखरा । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री खड्गप्रसाद (केपी) ओलीले कम्युनिष्ट पार्टी ध्वस्त बचाउनतर्फ लागेको बताएका छन् । अध्यक्ष ओलीले लाखौं कार्यकर्ता र जनताको अपेक्षा विपरित झण्डै दुईतिहाइको बहुमत हासिल गर्न सफल भएको कम्युनिष्ट पार्टीलाई टुक्र्याएर विध्वंश निम्त्याउन खोजेको आरोप लगाएका हुन् । बिहीबार कास्की जिल्ला कमिटी घोषणा सभालाई सम्बोधन गर्दै नेता नेपालले पार्टी […]
एमालेका निलम्बित नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई निजी कम्पनी बनाउन चाहेको आरोप लगाएका छन् । बिहीबार पोखरामा आयोजित आफू पक्षीय कास्की जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलामा नेपालले अध्यक्ष ओलीले पार्टीलाई आफ्ना समर्थकको समूह बनाउन चाहिरहेको आरोप लगाएका हुन् । ‘केपी ओली सिस्टममा पार्टी चलाउन चाहँदैनन्, विधि र विधानको पालना गर्न चाहँदैनन् किनभने उनलाई […]
१९ चैत, काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने आफ्नो फैसलामा पुनरावलोकनको अनुमति नदिने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको पूर्ण इजलासले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको पुनरावलोकन निवेदन सुनुवाइका लागि अनुमति नदिएको हो । यसअघि गत फागुन २३ गते ऋषिराम कट्टेलले दिएको […]
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सांसदलाई दिने रकम कटौती गर्न सर्वसाधारणले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सुझाव दिएका छन् । वर्षेनी थुप्रै मानिसको ज्यान जाने सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा सुरुङ बनाउन समेत जनताले अर्थमन्त्रीसमक्ष माग गरेका छन् । सामुदायिक विद्यालयको गुणस्तर सुधार र वृद्धवृद्धाका लागि निःशुल्क […]
काठमाडौं । काठमाडौँ उपत्यकासहित देशको पहाडी भूभागमा बुधबार भएको वर्षाले वायु प्रदूषण केही कम भएको छ । गत शुक्रबारदेखि एक्कासि धुम्मिएको मौसम बुधबार बेलुका हल्का पानी परेसँगै केही सफा भएको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको प्रभावले काठमाडौंसहित देशको पहाडी भूभागका केही स्थानमा हिजो बेलुका हल्का वर्षा भएको जनाएको छ । […]
१९ चैत, पोखरा । नेकपा एमालेका नेता माधवकुमार नेपालले देशव्यापी संगठन बनाउने उद्घोष गरेका छन् । जिल्लासँगै प्रदेश र केन्द्रीय निकायहरु पनि बनाउने बताएका उनले आयोगमा कानुनी विषय भएकाले छुट्टै केन्द्रीय कमिटी भने नबनाउने उनले प्रष्ट पारे । बिहीबार कास्की जिल्ला कमिटी घोषणा सभालाई सम्बोधन गर्दै नेता नेपालले भने, ‘देशव्यापी संगठन बनाउने अभियानमा हिँडेका छौं […]
धनगढीः नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले धनगढीमा निर्वाचन समितिको कार्यालय स्थापना गरेको छ।महासंघको नयाँ नेतृत्व चयनका लागि चैत २५ गते हुने निर्वाचनका लागि धनगढीको होटल शुभममा कार्यालय स्थापना गरिएको महासंघका सुदूरपश्चिम अध्यक्ष अर्जुन शाहले जानकारी दिए। पत्रकार चित्राङ्क थापाको संयोजकत्वमा निर्वाचन समिति पनि गठन गरिएको छ। समितिमा अधिवक्ता सिद्धराज भट्ट र पुष्पबिक्रम शाही सदस्य […]
धनगढीः पूर्व–पश्चिम राजमार्ग अन्तरगत कञ्चनपुरको वेदकोट नगरपालिक–१ चम्फापुरस्थित राधा नदी नजिकै सोही ठाउँका अन्दाजी २९ वर्षीय नरेश सार्की मंगलबार रुखमा झुन्डिएको अवस्थामा मृत फेला परे। प्रहरीको प्राम्भिक अनुसन्धानले उनी मानसिक तनावमा थिए। तर कुन कारणले उनलाइ तनाव थियो, सो बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। मंगलबार नै मृत भेटिएका कृष्णपुर नगरपालिका– ९ का ७२ […]
कोरोना भाइरस संक्रमणको हटस्पटका रुपमा स्कुल र कलेज देखिन थालेका छन् । पोखरा लामाचौरस्थित पश्चिमाञ्चल क्याम्पसमा हालै चार दिनमा ७० विद्यार्थीमा कोरोना देखिएको छ । इन्जिनियरिङको स्नातक तह पहिलो, दोस्रो र तेस्रो वर्षको परीक्षा स्थगित गरिएको छ । यस्तै, भक्तपुरस्थित वीरेन्द्र सैनिक आवासीय महाविद्यालयका १० विद्यार्थीलाई पनि कोरोना संक्रमण भएको छ । स्वास्थ्य सेवा विभागअन्तरगत […]
संसारभर १ अप्रिललाई मूर्ख बनाउने दिनका रुपमा मनाइन्छ । आजका दिन धेरैले एकअर्कालाई झुक्याउँछन् र जिस्क्याउँछन्, तर अन्य दिन जसरी मजाक गर्ने वा झुक्याउने व्यक्तिसँग आज कोही रिसाउँदैन । यही नै यस दिनको विशेषता हो । किंवदन्तीअनुसार प्राचिन युरोपमा नयाँ वर्ष १ अप्रिलमा मनाइन्थ्यो । १५८२ मा पोप ग्रेगोरी तेह्रौले १ जनवरीलाई नयाँ वर्ष मान्ने […]
काठमाडौँ — माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले चैत २३ भित्र विश्वासको मत लिनुपर्ने बहस सुरु भएको छ । माओवादी केन्द्रले यो विषय बुधबार प्रतिनिधिसभाको बैठकमै प्रवेश गराएको छ । सरकारलाई समर्थन गरिरहेको दल माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले प्रतिनिधिसभामा यो विषय प्रवेश गराएपछि के अब प्रधानमन्त्रीले विश्वासको मत […]
१८ चैत, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले छुट्टै कार्यालय खोल्ने भएको छ । यसका लागि भवनको खोजी भइरहेको नेता नेपालले बताए । युवा संघ नेपालको कार्यालय उद्घाटन कार्यक्रममा नेता नेपालले भने, ‘हामी पनि भवनको खोजीमा छौं । राम्रो र कार्यालय सुहाउँदो घर पाउनुभयो भने खबर गर्नुहोला ।’ सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार पुनर्जीवित […]
१८ चैत, काठमाडौं । केही दिनयता बढेको वायु प्रदूषणबाट बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर नपरोस् भन्ने उद्देश्यले संघीय सरकारले चार दिन विद्यालय बन्द गर्ने निर्णय गर्यो । उक्त निर्देशन रुपन्देहीका स्थानीय तहका अधिकांश शैक्षिक संस्थाले भने उल्लंघन गरेका छन् । संघीय सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चैत १६ गते नै देशभरका शिक्षण संस्था चार दिन […]
काठमाडौं । प्रतिनिधिसभाको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबारको बैठकमा काँग्रेस सांसद प्रकाश स्नेही रसाइलीले बझाङका जनताले चामल खान नपाएर मन्त्रालय धाउनुपरेको भन्दै सरकारले के हेरेर बसेको छ ? भन्दै सरकारको जवाफ माग गरे । उनले भने, ‘सम्माननीय प्रधानमन्त्री ज्यु बालुवाटारमा बसेर नृत्य हेरिरहनुभएको छ । अब यो नृत्यको […]