होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुवेदीको योग्यता विवादमा सर्वोच्चले चैत ३० मा फैसला सुनाउने
समाचार

सुवेदीको योग्यता विवादमा सर्वोच्चले चैत ३० मा फैसला सुनाउने

  • नागरिक रैबार
सुवेदीको योग्यता विवादमा सर्वोच्चले चैत ३० मा फैसला सुनाउने

१९ चैत, काठमाडौं । सर्वोच्च अदालतले सर्वोच्चकै न्यायाधीशमा सिफारिस नहकुल सुवेदीको योग्यता विवादमा चैत ३० गते फैसला सुनाउने भएको छ ।

सुवेदीको योग्यताको विषयमा प्रश्न उठाइ परेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले चैत ३० गते फैसला सुनाउन मिति तोकेको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए ।

हाल उच्च अदालत सुर्खेतको मुख्य न्यायाधीश रहेका सुवेदीलाई न्याय परिषदको फागुन २८ गते बसेको बैठकले सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो ।

विज्ञापन

तर सुवेदीसँग सर्वोच्चको न्यायाधीश हुन संविधानले तोकेको योग्यता नभएको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्चमा रिट दिएका थिए ।

उक्त रिटमाथि बिहीबार न्यायाधीश केसीको इजलासमा सुनुवाई भएको थियो । अब फैसला भने चैत ३० गते सुनाउने गरी मिति तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।

नेपालको संविधान २०७२ को धारा १२९ (५) मा सर्वोच्च अदालतको न्यायाधीशका लागि ४ वटा योग्यता तोकिएको छ ।

कानुनमा स्नातक उपाधि प्राप्त गरी उच्च अदालतको मुख्य न्यायाधीश वा न्यायाधीश पदमा कम्तीमा पाँच वर्ष काम गरेको
कानुनमा स्नातक उपाधि प्राप्त गरी वरिष्ठ अधिवक्ता वा अधिवक्ताको हैसियतमा कम्पनीमा १५ वर्ष निरन्तर वकालत गरेको
कम्तीमा पन्ध्र वर्षसम्म न्याय वा कानुनको क्षेत्रमा निरन्तर काम गरी विशिष्ट कानुनविदको रुपमा ख्याति प्राप्त गरेको
न्याय सेवाको राजपत्रांकित प्रथम श्रेणी वा सो भन्दा माथिल्लो पदमा कम्तीमा बाह्र वर्ष कम गरेको ।
तर, सुवेदीले उच्च अदालतको मुख्य न्यायाधीशको रुपमा ३ वर्ष ३ महिना ३ दिन मात्रै काम गरेको र राजपत्रांकित प्रथम श्रेणीका पदमा जम्मा ९ वर्ष १० महिना १५ दिन काम गरेको दावी गर्दै रिट निवेदकले सर्वोच्चको न्यायाधीशका लागि योग्यता नपुगेको दावी गरेका हुन् ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार