होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, चैत्र २५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • माधव नेपालको प्रश्न- एमाले केपी ओलीको निजी कम्पनी हो, हटाउँदैमा हामी हट्ने ?
समाचार

माधव नेपालको प्रश्न- एमाले केपी ओलीको निजी कम्पनी हो, हटाउँदैमा हामी हट्ने ?

  • नागरिक रैबार
माधव नेपालको प्रश्न- एमाले केपी ओलीको निजी कम्पनी हो, हटाउँदैमा हामी हट्ने ?

एमालेका निलम्बित नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई निजी कम्पनी बनाउन चाहेको आरोप लगाएका छन् ।

बिहीबार पोखरामा आयोजित आफू पक्षीय कास्की जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलामा नेपालले अध्यक्ष ओलीले पार्टीलाई आफ्ना समर्थकको समूह बनाउन चाहिरहेको आरोप लगाएका हुन् ।

‘केपी ओली सिस्टममा पार्टी चलाउन चाहँदैनन्, विधि र विधानको पालना गर्न चाहँदैनन् किनभने उनलाई कम्युनिस्ट पार्टी बनाउनु छैन,’ नेता नेपालले भने, ‘उनी प्राइभेट लिमिटेड कम्पनी, सानो गुटको रुपमा उनको आदेश पालना गर्ने व्यक्तिको समूह लिएर चल्न चाहन्छन् ।’

विज्ञापन

आफूहरुलाई केपी ओलीको कारबाही मान्य नहुने उनले बताए । पार्टी हित विपरीत काम गरेको भन्दै अध्यक्ष ओलीले १६ चैतमा नेता नेपाल र रावललाई ६ महिनाको लागि निलम्बन गरेका थिए । बिहीबारमात्रै सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पनि ६ महिनाका लागि निलम्बन गरेका छन् ।

‘केपी ओलीले काराबाही गरेर कसले टेर्छ, कसले मान्छ ? उसले मलाई वरिष्ठ नेताबाट हटाएर, स्थायी कमिटीबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीलाई हटाएर हट्ने कुरा हुन्छ,’ नेता नेपालले भने, ‘के त्यो (एमाले) केपी ओलीको निजी कम्पनी हो ? हामी अहिले पनि नेकपा एमालेका स्थायी कमिटी सदस्य हौं, वरिष्ठ नेता हौं र उपाध्यक्ष, उपमहासचिव, सचिवमा हौं ।’

ओलीले राज्यका निकायलाई कब्जा गरिरहेको नेता नेपालले आरोप लगाए । गाउँ–ठाउँमा समस्यामा परेकालाई सहयोग गर्न कार्यकर्तालाई उनले निर्देशन दिए ।प्रधानमन्त्रीसमेत रहेका ओलीले प्रतिगामी शक्तिसँग साँठगाँठ गरिरहेको नेता नेपालले आरोप लगाए ।

‘आँट भएका, हिम्मत भएकाहरु हामी हौं । केपी ओली वास्तवमा पछुवा समाजका पछुवा तत्वमध्ये पर्छन् । ओली अहिले पनि प्रतिगामी तत्वसँग साँठगाँठ गरिरहेका छन् र आफूलाई सर्वज्ञाता ठानेका छन्,’ उनले भने ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै