होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • माधव नेपाल समूहले छुट्टै कार्यालय खोल्ने
समाचार

माधव नेपाल समूहले छुट्टै कार्यालय खोल्ने

  • नागरिक रैबार
माधव नेपाल समूहले छुट्टै कार्यालय खोल्ने

१८ चैत, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले छुट्टै कार्यालय खोल्ने भएको छ । यसका लागि भवनको खोजी भइरहेको नेता नेपालले बताए ।

युवा संघ नेपालको कार्यालय उद्घाटन कार्यक्रममा नेता नेपालले भने, ‘हामी पनि भवनको खोजीमा छौं । राम्रो र कार्यालय सुहाउँदो घर पाउनुभयो भने खबर गर्नुहोला ।’

सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार पुनर्जीवित एमालेमा अध्यक्ष केपी शर्मा ओली र नेता नेपालको समूहबीच विवाद उत्कर्षमा पुगेको छ । नेपाल समूहले सर्वोच्चको फैसलाअनुसार २ जेठ २०७५ को कमिटी र नेतृत्व स्वीकार गर्नुपर्ने बताएको छ भने अध्यक्ष ओली साविकको नेकपा विभाजनका बेला आफ्नो समूहले बनाएको कमिटीहरुलाई नै निरन्तरता दिएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार