होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • ओलीले कम्युनिष्ट पार्टी ध्वस्त बनाउँदैछन् : माधव नेपाल
देश/प्रदेश

ओलीले कम्युनिष्ट पार्टी ध्वस्त बनाउँदैछन् : माधव नेपाल

  • नागरिक रैबार
ओलीले कम्युनिष्ट पार्टी ध्वस्त बनाउँदैछन् : माधव नेपाल

पोखरा । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री खड्गप्रसाद (केपी) ओलीले कम्युनिष्ट पार्टी ध्वस्त बचाउनतर्फ लागेको बताएका छन् । अध्यक्ष ओलीले लाखौं कार्यकर्ता र जनताको अपेक्षा विपरित झण्डै दुईतिहाइको बहुमत हासिल गर्न सफल भएको कम्युनिष्ट पार्टीलाई टुक्र्याएर विध्वंश निम्त्याउन खोजेको आरोप लगाएका हुन् ।

बिहीबार कास्की जिल्ला कमिटी घोषणा सभालाई सम्बोधन गर्दै नेता नेपालले पार्टी अध्यक्ष ओलीले विधि र पद्धतिमार्फत पार्टी सञ्चालन नगरी कम्पनीको रुपमा चलाएको आरोप लगाए । ‘पार्टीमा यो कुनै स्वार्थ र जुँगाको लडाइँ होइन, पार्टीमा स्थापित हुनुपर्ने पद्दतिको लडाइँ हो’ उनले भने । ‘हामीले उनलाई पार्टीको विधानअनुसार विधि र पद्धतिबाट सञ्चालन गर्न माग गरेका हौं । पार्टी कुनै ब्यक्तिको लहड र ब्यक्तिगत स्वार्थमा चल्न हुँदैन ।’

नेता नेपालले ओलीको सर्वसत्तावादका विरुद्ध देशव्यापी समानान्तर संगठन बनाउने उद्घोष समेत गरेका छन् । उनले ओलीको ज्यादतीका विरुद्ध स्थानीय, जिल्ला, प्रदेश र केन्द्रीयतामा समानान्तर समिति बनाउने बताए । नेता नेपालले तत्कालै निर्वाचन हुने अवस्था आएपनि स्थानीय निकायदेखि केन्द्रसम्मै उमेदवार उठाउने समेत चेतावनी दिए । ‘चुनाव घोषण भएको अवस्थामा हामीले स्थानीय तहदेखि केन्द्रसम्मनै उमेदवार चयन गरेर चुनावी मैदानमा उत्रन्छौं’ उनले भने । ‘चुनावमा अन्य दलहरूसँगै तालमेल गरेर सहमतिमा उमेदवारी दिन्छौं, सबै दलसँग तालमेल गरेर चुनावमा लाग्छौं ।’

विज्ञापन

उनले चुनावका लागि मोहन वैद्यदेखि मोहनविक्रम सिंहसम्म कुराकानी भएको बताए । नेता नेपालले नेकपा एमालेका ८ लाख कार्यकर्तामध्ये ६ लाखभन्दा बढी आफूहरुसँग रहेको दावी गर्दै सबैलाई कारवाही गरेर देखाउन केपी ओलीलाई चुनौती दिए ।

नेता नेपालले पार्टी अध्यक्ष ओलीको पछिल्लो समयमा बढेको अहमता र घमण्डले पार्टीको साख गिरेको आरोप लगाए । ‘पार्टीमा आफैलाई सर्वेसर्वा ठान्ने प्रवृत्तिले पार्टीको शाख र गरमानै धरामा पर्यो’ उनले भने ।
उनले ओलीले राज्यका अंग कब्जा गरिरहेको आरोप लगाउँदै प्रतिगामी शक्तिसँग समेत साँठगाँठ गरिरहेको आरोप लगाए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार