होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
इटहरी — छोराबुहारी बिहानै काममा निस्किएका थिए । साँझ ५ बजेतिर ५० वर्षीया मिथिला सरदार (परिवर्तित नाम) सिकुवामा बसेर तरकारी केलाउँदै थिइन् । त्यहीबेला आफन्त पर्ने तीन जना महिला आक्रोशित हुँदै आए र एकाएक बोक्सी आरोप लगाउँदै उनीमाथि हातपात गर्न थाले । एक्ली वृद्धा के गर्न सक्थिन् र ! कपाल समातेर घिसार्दै घरबाट डेढ किलोमिटर टाढाको मन्दिरसम्म पुर्याइयो । […]
धनगढी । कैलालीको भासुु भीरबाट जिप खस्दा दुुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बुुधबार धनगढीबाट डोटीतर्फ गइरहेको प्रदेश नम्बर ०३–०१ –०२३ च ९०९५ नम्बरको बोलेरो जिप कैलालीको चुुरे गाउँपालिका–३ (पंगाल) भासुु भीर नजिकै दुुर्घटना हुुँदा दुुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्युु हुुनेमा डोटीको जोरायल गाउँपालिका–१ की […]
मौसम पूर्वानुमान महाशाखाले आज देशभर धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश , गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक(दुई स्थानहरुमा भने मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षा हुन सक्ने पूर्वानुमानमा उल्लेख गरेको छ । भारी वर्षासँगै पहाडी भूभागमा भूक्षय, पहिरो […]
२७ साउन,काठमाडौं । राष्ट्रियसभाका सांसद कोमल वलीले ठूला भ्रष्टाचार काण्डको छानविन गर्न सरकारसँग माग गरेकी छिन् । राष्ट्रियसभाको बुधबारको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद वलीले देशका ठूल्ठूला भ्रष्टाचार काण्डको निष्पक्ष छानविन गर्न माग गरेकी हुन् । उनले भ्रष्टाचारको कुरा भोट माग्ने माध्यममात्रै बनाइएको भन्दै बाइडबडी, अरुण तेस्रो, टनकपुर, बालुवाटार प्रकरण, ओम्नी प्रकरण, […]
२७ साउन, काठमाडौं । सरकारले त्रिभुवन विश्व विद्यालयले सञ्चालन गरिरहेको परीक्षामा सहभागी विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोप दिने भएको छ । स्वास्थ्य सेवा विभागको बाल कल्याण तथा खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार त्रिविद्वारा सञ्चालित परीक्षामा सहभागी विद्यार्थीहरुलाई तत्काल खोप दिने निर्णय भएको हो । खोप लगाउने विद्यार्थीले अनिवार्य रुपमा प्रवेश पत्र साथमा लैजानु […]
धनगढीः सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बेरुजु झण्डै ७२ लाख पुगेको छ। कार्यालयले मनलाग्दी रुपमा खर्च गर्न थालेपछि मन्त्रिपरिषद् कार्यालयको बेरुजु ७१ लाख ७७ हजार २ सय ९२ पुगेको हो। असुल उपर गर्नुपर्ने बेरुजु र पेश्की गरी मन्त्रिपरिषद् कार्यालयको बेरुजु करोड नजिक पुग्दा पनि अझै फछ्यौट हुन सकेको छैन। आर्थिक वर्ष २०७७/७८ का लागि […]
बुटवल । लुम्बिनी प्रदेशसका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएको जानकारी प्रदेशसभा सचिवालयमा पुगेको छ ।मुख्यमन्त्रीले राजीनामा दिएको जानकारी प्रदेश प्रमुखको कार्यालयबाट आएको प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले जानकारी दिए । अविश्वास प्रस्तावमाथि प्रदेशसभामा छलफल भइरहेका बेला मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका थिए । अविश्वास प्रस्तावमाथि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले […]
काठमाडौं । संयुक्त राष्ट्र संघको शान्ति मिसन छनौट प्रारम्भिक परीक्षाको प्रश्नपत्र परीक्षा अगावै सार्वजनिक भएको घटनामा परीक्षा समितिकै सदस्यको संलग्नता भेटिएको छ । प्रश्नपत्र तयार गर्ने र परीक्षाका पूर्वतयारीका लागि प्रहरी प्रधान कार्यालयको यूएन शाखाले बनाएको परीक्षा समितिका सदस्य प्रहरी नायब निरीक्षक (सई) जनकबहादुर थापा आफैं प्रश्नपत्र बाहिर ल्याउने कार्यमा संलग्न रहेको भेटिएको हो । […]
सप्तरी । सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले अपाङ्गता भएका एक व्यक्तिलाई घरमै पुगेर नागरिकता प्रदान गरेका छन् । तिलाठी कोइलाडी गाउँपालिका–४ का प्रल्हाद मण्डललाई प्रजिअ आचार्यले घरमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन् । शारीरिक रूपमा पूर्ण अशक्त रहेकाले १९ वर्षीय मण्डललाई घरमै पुगेर नागरिकता दिइएको उनले बताए । उनी हिंड्न समेत नसक्ने व्यक्ति […]
राष्ट्रियसभा सदस्य विमला राई पौडेलले कक्षा १२ को परीक्षा स्थगित हुँदा लाखौं विद्यार्थीको भविष्य चौपट भएको बताएकी छिन् । बुधबार राष्ट्रियसभाको बैठकमा बोल्दै राईले अघिल्लो वर्ष नै हुनुपर्ने परीक्षा अहिले फेरि स्थगित हुँदा लाखौं विद्यार्थीको भविष्य चौपट भएको उल्लेख गरिन् । उनले भनिन्– ‘कतिपय बाहिर जाने योजना बनाएका विद्यार्थी पनि थला परेका छन् । हुन […]
मकवानपुरः हेटौंडा र हेटौंडाको मुख्य बजार बुद्ध चोकमा दुई युवाबीच खुकुरी हानाहान हुँदा एकजना घाइते भएका छन्।बुधबार बिहान बुद्धचोकमा दुई युवाबीच भएको झडपमा खुकुरी प्रहार हुँदा एकजना घाइते भएका हुन्। मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालको अनुसार खुकुरी प्रहारबाट हेटौंडा-१, चाइनाक्वाटर बस्ने २६ वर्षका प्रशान्त नगरकोटी सामान्य घाइते भएका छन्। प्रहरीले खुकुरी प्रहार […]
धनगढी : महाकाली नदीमा तुइन तर्ने क्रममा जयसिंह धामी बेपत्ता भएको घटनाको छानविन गर्न गठित समिति दार्चुलाबाट धनगढी पुगेको छ। गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा गठित छानबिन समिति धनगढी पुगेको हो। समितिले अहिले सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्ण जोशीसंग छलफल गरिरहेको छ। दार्चुलाबाट मंगलबार फर्किएको टोलीले महाकाली नदीसँग जोडिएका जिल्लाका सुरक्षा अधिकारीसँग भेटघाट […]
२७ साउन, पाल्पा । प्रहरीले चितुवाको छालासहित दुईजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा रिब्दीकोट गाउँपालिका-७ बस्ने ४२ वर्षीय बिष्णु बहादुर खत्री र सोही ठाउँ बस्ने ४० वर्षीय रविल मिया रहेका छन् । रिब्दीकोट गाउँपालिका-५ कुसुम खोला देउराली भन्ने स्थानबाट उनीहरुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।पक्राउ परेका उनीहरुको साथबाट ६ फिट ४ ईन्च लम्बाई, […]
काठमाडौं । संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र ‘लिक’ भएको पुष्टि भएपछि दुई प्रहरीलाई बर्खास्त गर्दै परीक्षा रद्द गर्ने तयारी भएको छ । सो प्रकरणको छानबिनका लागि प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले सचिवालयका डीआईजी वसन्त लामाको संयोजकत्वमा छानबिन समिति बनाएका थिए । समितिले गरेको छानबिनपछि प्रश्नपत्र लिक भएको पुष्टि भएको […]
२७ साउन, काठमाडौं । भारतको इन्दिरा गान्धी राष्ट्रिय खुला विश्वविद्यालयबाट अध्ययन गरी फर्किएकालाई त्रिभुवन विश्वविद्यालयले समकक्षता प्रमाणपत्र नदिए अदालत जाने विद्यार्थीहरुले चेतावनी दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवलाई सम्बोधन गर्दै विद्यार्थीहरुले लेखेको पत्रमा आफूहरुलाई अन्याय भएकाले चाँडो भन्दा चाँडो समकक्षता निषेधको निर्णय फिर्ता गर्न माग गरेका छन् । ‘अन्यथा हामीसँग अदालतको मात्र […]
धनगढी : धनगढीमा निर्माण भएको सुदूरपश्चिम रक्त सञ्चार केन्द्रको उद्घाटन कार्यक्रममा अमेरिकी सेना आएको भन्दै संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले चासो देखाएको छ। बर्दीधारी अमेरिकी सैनिक धनगढी पुगेर फर्किएको झण्डै एक महिनापछि अन्तर्राष्ट्रिय सम्बन्ध समितिले चासो देखाएको हो। अमेरिकी सैनिक पोशाकसहित उपस्थित भएको भन्दै सांसद भीम रावल, प्रकाशमान सिंह, पुष्पा भुसाल, दीपप्रकाश भट्टलगायतले चासो राखेपछि […]
हाल मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेको छ। देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ साथै देशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। बुधबार देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश , गण्डकी प्रदेश र लुम्बिनी प्रदेश को […]
धनुषामा भजनकीर्तन भइरहेका बेला माइकमा करेन्ट प्रवाह भई दुई कीर्तनमण्डलीको ज्यान गएको छ । क्षीरेश्वरनाथ नगरपालिका–३ पर्साटोलका बुलन यादवको घरमा मङ्गलबार भइरहेको भजनकीर्तनमा माइकमा करेन्ट प्रवाह हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा जिल्लाको लक्ष्मीनिया गाउँपालिका–३ बस्ने ५५ वर्षीय विन्दा दास र ५० वर्षीय मनिराम यादव रहेको प्रहरीले जनाएको छ । दुवै […]
२६ साउन, पोखरा । मनसुनको सुरुवाती समयमा आएको बाढी–पहिरोले भवनमा क्षति पुर्याएपछि मनाङको नासों गाउँपालिकाले लमजुङको बेंशीसहरमा अस्थायी कार्यालय राखेको करिब २ महिना पुगेको छ । हिजोआज मर्स्याङ्दी नदीमा पानीको बहाव केही घटेको छ तर गाउँमै फर्किएर सेवा दिन समस्या भएको गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताए । नासोंमा एक गाउँबाट अर्को गाउँ जाने बाटो र […]
काठमाडौंको गणबहालबाट प्रहरीले हुण्डी कारोबारमा संलग्न चार जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले आरोपीहरुको साथबाट ९१ लाख ९६ हजार रुपैयाँ बरामद गरेको छ । पक्राउ पर्नेमा तनुज अग्रवाल, नितेश श्रेष्ठ, नर बहादुर खड्का र अर्जुन चौलागाईं छन् । हुण्डी कारोबारका मुख्य आरोपी तनुज अग्रवाल रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता […]