होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
रुसबाट हिँडेका ११ जना नेपालीहरु लिथआनिया र बेलारुसको जङ्गलमा अलपत्र परेका छन् । उनीहरुले एनआरएनए स्लोभाकियाका प्रतिनिधि जय प्रकाश शिवाकोटीलाई सम्पर्क गरी शनिबार आफ्नो उद्धारको लागि पहल गरिदिन आग्रह गरेपछि यसबारे खुलासा भएको हो । उनीहरु रुसबाट युरोपका अन्य मुलुक जान हिँडेको आशंका गरिएको छ । सम्पर्ककर्ता मध्येका एक सुभाव कुवरले ह्वास्स एप मार्फत आफ्नो […]
धनगढी : डडेल्धुरामा अछाम जाँदै गरेको बस ठुलो दुर्घटना हुनबाट जोगिएको छ। प्रहरीका अनुसार कैलालीको टीकापुरबाट अछामको कमलबजारका लागि छुटेको ना६ख १६५० नम्बरको बस गन्यापधुरा गाउँपालिका-३ जक्सन होटेल नजिक सडकमा रहेको माटोको ढिस्कोसँग ठोक्किएको थियो। बसको अगाडिको भाग सडकबाहिर पुगेको भएपनि दुर्घटना हुनबाट जोगिएको बताइएको छ। बसमा सवार सबै यात्रु सकुशल रहेका प्रहरीले बताएको छ। […]
काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी एक महिने चुनावी अभियान आजबाट सुरु गर्दै छ ।७७ वटै जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिले अभियान थालनी गर्नेछन् । कांग्रेसले चुनावी अभियानको नारा ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ तय गरेको छ । यस अभियानको क्रममा पार्टीका एजेण्डा, राष्ट्रिय मुद्दामा पार्टीको अडान, सरकारका उपलब्धि लगायतका विषयमा जनतालाई जानकारी दिने […]
धनगढी : सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ। धनगढी रंगशालामा शनिबार भएको फाइनलमा फ्रेन्ड्स क्लबलाई ३–१ गोल अन्तरले हराउँदै मनाङ दोस्रोपटक च्याम्पियन बनेको हो। मनाङलाई जित दिलाउन दिनेश राजवंशी, आफिज ओलावाले र मौसा अबागानाले एक एक गोल गरे। फ्रेन्ड्सका जमोउल एन्थोनी फ्रान्कोईसले एक गोल फर्काए। खेलको […]
काठमाडौँ — नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले एमाले र कांग्रेसको सैद्धान्तिक लक्ष्य मिल्ने बताएका छन् । उनले पार्टी कार्यकर्ताहरूलाई एमाले भाइ कांग्रेस भएको कुरा जनतामा लैजान निर्देशन दिएका छन् । काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा एकीकृत समाजवादीका सम्मानित नेता खनालले एमाले र कांग्रेसमा भिन्नता नभएको बताए । कांग्रेस पुँजीवादमा प्रस्ट भएको तर एमाले कम्युनिस्टको […]
बैतडीः महिनावारीका बेला महिलामाथि गरिने विभेद अन्त्य गर्नका लागि बैतडीसहित सुदूरपश्चिमका विभिन्न स्थानीय तहमा जनचेतनामूलक सांस्कृतिक महोत्सवको आयोजना गरिएको छ। समाजमा रहेका हानिकारक परम्परागत प्रचलन हटाउनका लागि ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको सहयोग तथा सम्बन्धित पालिकाले साँस्कृतिक महोत्सव आयोजना गरिएको हो। महोत्सवमा लोक तथा ड्यौडा गायिका र मार्यादित महिनावारी व्यवस्थापन सद्भावना दूत रेखा जोशीले गीतमार्फत जनचेतना […]
काठमाडौं । वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि मोरङ, झापा र काठमाडौं सबैभन्दा बढी मतदाता भएका जिल्ला हुन् ।निर्वाचन आयोगका अनुसार मोरङमा ७ लाख १७ हजार ६७ जना मतदाता रहेका छन् । मोरङपछि झापामा ६ लाख ५० हजार २५८ र काठमाडौंमा ६ लाख ४० हजार ५८ जना मतदाता रहेका छन् । निर्वाचन आयोगले आगामी वैशाख […]
धनगढीः गत सोमबार धनगढीमा एक युवकको शव फेला पर्यो। उपमहानगरपालिकाको वडा नम्बर ५ जाई र शिवनगर जोड्ने सडक छेउको नालीमा युवकको शव फेला परेको थियो। त्यो शव थियो भारतको उत्तरप्रदेशस्थित शाहजापुराका अन्दाजी ४२ वर्षीय कुलदीप गुप्ताको। बाटो हिँड्ने एक युवतीले सोमबार बिहान पौने १० बजेतिर युवकको शव देखेपछि प्रहरीलाई खबर गरेकी थिइन्। प्रहरीले गुप्ताको हत्या […]
काठमाडौं । संघीय सरकारले २०७९ सालको बिदा सार्वजनिक गरेको छ । बिहीबार राजपत्रमा प्रकाशित सूचनामा शनिबारबाहेक ४३ दिन सार्वजनिक बिदा उल्लेख छ । गृह मन्त्रालयले जारी गरेको सूचनामा वर्षभरिमा ५२ दिन शनिबार र ४३ दिनमध्ये ३३ दिन राष्ट्रिय बिदा र १० दिन सम्बन्धित क्षेत्रका कर्मचारीका लागि बिदा दिने जनाइएको छ । राजपत्रमा प्रकाशित सूचना अनुसार […]
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्च प्रस्ताव गरेको छ । तीनमध्ये कुनै न कुनै तहमा जनप्रतिनिधि रहेका राजनीतिक दलका प्रतिनिधिहरूसँग भएको छलफलमा आयोगले स्थानीय तहअनुसार उम्मेदवारहरूले गर्न पाउने चुनावी खर्चको सिलिङ प्रस्ताव गरेको हो । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता केशव दाहालका अनुसार महानगरपालिकाका मेयरले साढे ७ लाख रुपैयाँसम्म खर्च […]
हिउँदे याममा कुनै काम घरमा नहुने भएपछि घरखर्च चलाउनका लागि व्यापार गर्न र रोजगारीका लागि भारत पुगेका जुम्लावासी घर फर्कने क्रम सुरु भएको छ । दैनिक नेपालगञ्जको रुपैडिया नाका हुँदै जिल्ला फर्कने जुम्लावासीको घुइँचो लाग्न थालेको भारतको उत्तरखण्डको चमेली हुँदै घर फर्किएका तिला गाउँपालिका–१का हिमाल रावतले जानकारी दिए । गाउँमा रोजगारीका अवसर नभएपछि कामका लागि […]
धनगढीः शहरी विकास मन्त्री रामकुमारी झाक्री धनगढी आउने भएकी छन्। झाक्री मन्त्री भएपछि पहिलोपटक भोलि बिहान सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी आउन लागेकी हुन्। स्थानीय तहको निर्वाचन नजिकिएसँगै झाक्री विभिन्न जिल्लाहरुका राजनैतिक कार्यक्रमहरुमा सक्रिय बनेकी छन्।
धनगढीः सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा एक युवकको हत्या गरेर फालिएको प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयले हत्या आरोपमा पक्राउ परेका उनीहरुलाई आज (शुक्रबार) पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ। कैलाली प्रहरीका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीका अनुसार हत्या आरोपमा पक्राउ गरिएका बाजुराको खप्तड छेडदहका राजेन्द्र बुढा र भुपेन्द्र बुढालाई […]
सुदूरपश्चिमको बझाङको चैनपुर, अछामको साँफे तथा डोटीको दिपायल विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाज सञ्चालन भएपछि यात्रुलाई निकै सहज भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ती जिल्लामा नेपाल वायुसेवाको जहाजमार्फत नियमित सेवा दिन निर्देशन दिएका थिए । अहिले ती जिल्लामा उडान हुने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण धनगढीस्थित गेटा विमानस्थलका प्रमुख रामकृष्ण […]
काठमाडौं, २७ फागुन । राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन गर्न आह्वान गरेको छ । लामो समयदेखि थाँती रहेको भूमिहीन दलितका समस्या यथाशक्य चाँडो समाधान गर्न आयोगले आवेदन आह्वान गरेको हो । आयोगले ४१ जिल्लाका १५९ स्थानीय तहमा रहेका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई सम्बन्धित स्थानीय तहबाट निवेदन […]
काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षा आगामी चैत १८ गतेदेखि गर्ने भएको छ । आयोगले परीक्षाको समय तालिका सार्वजनिक चैत १८, २० र २१ गते गर्ने जनाएको हो । आयोगको अनुसार बिहान ११ बजेदेखि हुने परीक्षा चैत १८ गते एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ, बीएएसएलपी, बी पर्फ्युजन टेक्नोलोजीको परीक्षा हुनेछ । बीएएमएस, […]
काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–२ स्थित वन क्षेत्रमा लागेको डढेलो निभाउन सिम्रिक एयरको सवा १९ लाख बिल उठेको छ । गाउँपालिकाले सार्वजनिक गरेको विवरण अनुसार सो गाउँपालिकाको सुर्के, नाक्चुङ र तातेलगायत बस्ती आसपासमा लागेको आगो निभाउन हेलिकोप्टरको प्रयोग गरिएको थियो । डडेलो नियन्त्रण गर्न तीन दिन लागेको थियो । पहिलो दिन ११७ बकेट, दोस्रो […]
काठमाडौं । चुनावी प्रचार अभियान सम्पन्न गर्न ७७ वटै जिल्लामा कांग्रेस कार्यसमितिको बैठक शुक्रबारका लागि बोलाइएको छ।आइतबारदेखि एक महिनासम्म कांग्रेसले स्थानीय चुनाव केन्द्रित प्रचार अभियान गर्दैछ। पार्टी र भ्रातृ संस्थालाई व्यापक रुपमा परिचालन तथा केन्द्रको निर्णय कार्यान्वयन गर्नका लागि सबै जिल्ला कार्यसमितिले बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। ‘घर घर जाऔं, कांग्रेस जिताऔं’ […]
,काठमाडौं । इन्जिनियरहरुको संस्था नेपाल इन्जिनियर्स एसोसिएन (नेइए) को नयाँ कार्यसमिति चयनका लागि निर्वाचन भइरहेको छ । ३३ औं केन्द्रीय कार्यकारिणी समितिका लागि पाँच समूह प्रतिस्पर्धामा छन् । सत्ता नेतृृत्वकर्ता कांग्रेस पक्षधरका दुई समूहले छुट्टाछ्ुट्टै प्यानल खडा गरेका छन् । कांग्रेस निकट इन्जिनियरहरुको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन) दुई समूहमा विभाजित भएको छ । […]
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) विभाजित भएको छ । कुमार पन्त नेतृत्वको कार्यसमिति र अध्यक्षका प्रत्यासी कुल आचार्यले समानान्तर गतिविधि अघि बढाएकाले एनआरएनए एकढिक्का रहने सम्भावना सकिएको छ । पन्त नेतृत्वले गरेका निर्णय माथि प्रश्न उठाउँदै आचार्य पक्षधरले १० औं विश्व सम्मेलनमा भाग नलिने भएको छ । आचार्य पक्षमा रहेका शेष घलेले छुट्टै […]