होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • प्रदेश ७
  • ५४ वर्षपछि चिसापानी–जंगलघाट–मंगलसेन सडकको ट्र्याक खुल्यो
प्रदेश ७

५४ वर्षपछि चिसापानी–जंगलघाट–मंगलसेन सडकको ट्र्याक खुल्यो

  • नागरिक रैबार
५४ वर्षपछि चिसापानी–जंगलघाट–मंगलसेन सडकको ट्र्याक खुल्यो

धनगढीः अछामका पञ्चायतकालीन नेता स्वः हरिप्रसाद भण्डारीले २०२४ चैत २४ गते जिल्ला सदरमुकाम मंगलसेनसम्म जीप पुर्‍याए। उनले चिसापानी–जंगलघाट–मंगलसेन सडक मार्गहुँदै जीप अछामसम्म पुर्‍याएका थिए।श्रमदानमा अछाम सदरमुकाम मंगलसेनमा जीप पुगेको ५४ वर्षपछि सडकको ट्र्याक निर्माणको काम पूरा भएको छ। २०२८ सालबाट सुरु भएको सडक निर्माणको काम चालु आर्थिक वर्षमा सकिएको हो। ५० वर्षमा एक सय १० किलोमिटर सडकको ट्रयाक निर्माणको काम पूरा भएको छ। अछामबाट जंगलघाट हुँदै धनगढी पुगेका पत्रकार धनराज साउँका अनुसार मोटरसाइकलको यात्रा गर्न २ ठाउँमा झुलुङ्गे पुलको प्रयोग गर्नुपर्छ। ‘मोटरसाइकलका लागि सडक बनेको छ। तर २ पुल निर्माणको काम पूरा नभएकाले ठुला सवारी जाँदैनन्। सुर्खेत क्षेत्रमा सडक केही असहज छ,’ उनले भने।

चिसापानी–जंगलघाट–मंगलसेन सडकको ट्र्याक राजा महेन्द्रको पालामा सुरु भएको थियो। एक सय १० किलोमिटर सडक पञ्चायत हुँदै प्रजातन्त्र र अहिले गणतन्त्रसम्म ५० वर्ष समय लागेको छ। बाँकी रहेको अछाम र सुर्खेत खण्डमा सडकको ट्र्याकको काम पूरा भएसँगै मोटरसाइकल सञ्चालनमा आएका छन्। सुर्खेतमा बाँकी रहेको एक हजार ५ सय मिटर सडकको काम सकिएपछि मोटरसाइकल सञ्चालनमा आएका हुन्।

अछामबाट प्रतिनिधि सभामा निर्वाचित यज्ञबहादुर बोगटीले चालु आर्थिक वर्षमा जंगलघाटमा पुल निर्माणको ठेक्काको प्रक्रिया सुरु भएको बताए। ‘सडकको ट्रयाक निर्माणको काम सकिएको छ। कुइनेमा पुल निर्माण हुँदैछ। जंगलघाटमा पनि प्रक्रिया थालिएको छ’ उनले भने, ‘स्तरवृद्धिका लागि चालु आर्थिक वर्षमा २ करोड बजेट छ। अछाम क्षेत्रमा सुदूरपश्चिम सरकारले पनि काम गर्दै छ।’

विज्ञापन

कैलाली–सुर्खेत खण्डको कर्णाली नदीमा पुल निर्माणको काम लगभग पूरा हुँदैछ। तर सुर्खेत–अछाम खण्डको कर्णाली नदीमाथि पुल निर्माणको काम सुरु भएको छैन। कर्णाली नदीमा आवश्यक २ पुलको काम पूरा नभएकाले ठूला सवारी सञ्चालन गर्न सकिएको छैन। अहिले झुलेङ्गे पुलमार्फत त्यहाँ मोटरसाइकल सञ्चालनमा आएका छन्।

कैलालीबाट निर्वाचित प्रतिनिधि सभा सदस्यर झपड रावलले कुइनेमा कर्णाली नदी माथिको पुलको काम अन्तिम चरणमा पुगेको बताए। उनले भने, ‘चिसापानी क्षेत्रमा कालोपत्रे पनि गरिएको छ। कुइनेमा पुल निर्माणको काम सकिँदैछ। ट्रयाक निर्माणको काम सकिएको छ। जंगलघाटमा पनि पुल निर्माणको प्रक्रिया सुरु भएको छ।’

अछामको मंगलसेन–जंगलघाट–चिसापानी सडक खण्डको जंगलघाटमा पुल निर्माण हुन तीन वर्ष अझै पर्खिनुपर्ने छ। सुदूरपश्चिम प्रदेशका अछाम, डोटी र बाजुरा तथा कर्णाली प्रदेशका ४ जिल्ला जोड्ने चिसापानी–जंगलघाट–मंगलसेन सडक स्तरवृद्धिका लागि चालु आर्थिक वर्षमा २ करोड बजेट विनियोजन गरिएको छ। छोटो दूरीको सडक निर्माणको काम पूरा नभएकाले अछाम तथा बाजुराका जनता धनगढी–डडेल्धुरा–दिपायल सडकको यात्रा गर्दै आएका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै