होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढीः कैलालीमा एक नगरपालिकाको निर्माणाधीन प्रशासकीय भवनको उद्घाटनमा हंगामा मच्चिएको छ। जिल्लाको गोदावरी नगरपालिकाको भवन उद्घाटन कार्यक्रममा हंगामा मच्चिएको हो। उद्घाटन कार्यक्रममा निर्माण नसकेरै भवनको उद्घाटन गरिन लागिएको विरोध भएको थियो। विरोधका क्रममा मेयरलाई कालो झण्डा देखाउँदै नारावाजी समेत गरिएको थियो। आईतबार नै नेपाली काङ्ग्रेस गोदावरीले उद्घाटन रोक्न नगरपालिकालाई ध्यानाकर्षण समेत गराएको बताइएको छ। यता […]
, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा १८ चैतमा भारत भ्रमणमा जाने भएका छन् । नेपाल र भारतको परराष्ट्र मन्त्रालयले सोमबार दिउँसो एकै समयमा विज्ञप्ति जारी गर्दै भ्रमणको औपचारिक जानकारी दिएको हो । प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच १९ चैतमा भेटवार्ता हुनेछ । भ्रमणका क्रममा देउवाले भारतका उपराष्ट्रपति वैन्कैया नायडु, विदेश मामिलामन्त्री र राष्ट्रिय […]
डिउटीमा खटिएका प्रहरी हवल्दार बिरामी भएपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । अपिहिमाल गाउँपालिका–३ पाथामा आइतबार नेकपा (एमाले)को चुनावी सभाको सुरक्षामा खटिएका प्रहरी हवल्दार ईश्वरबहादुर थापाको अत्यधिक पेट दुख्ने समस्या भएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । हेलिकोप्टरमार्फत उद्धार गरिएका थापाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख माधव विश्वकर्माले […]
नेपालगन्ज, कञ्चनपुर — निर्वाचन नजिकिएसँगै नेताहरू धमाधम गाउँ पस्दैछन् । पार्टी प्रवेशदेखि प्रशिक्षणसम्मका गतिविधि दिनहुँजसो हुन थालेका छन् । तर, ठूलो संख्यामा रहेका युवा मतदातालाई यो माहोलले तान्न सकेको छैन । रोजीरोटीका लागि हरेक दिन भारत पस्ने सयौंको संख्यामा युवाको लर्को छ । चुनावी चहलपहलले रोक्न नसकेका युवाको लस्कर लुम्बिनी र सुदूरपश्चिम प्रदेशका नाकामा दिनहुँ देख्न सकिन्छ । जुम्ला पातारासी […]
काठमाडौँ — स्थानीय तहको निर्वाचन सुरक्षामा १ लाख म्यादी प्रहरी भर्नाका लागि आवेदन मागिएकामा करिब ३ लाखको दरखास्त परेको छ । सबैभन्दा बढी आवेदन १८ देखि ३० वर्ष उमेर समूहको छ । प्रहरीका अनुसार २ लाख २३ हजार ६ सय ३२ पुरुष, ६९ हजार ६ सय ८० महिला र २ जना यौनिक तथा लैंगिक अल्पसंख्यकले म्यादी प्रहरी […]
काठमाडौँ: नेपाली सेनामा रोजगारीको अवसर खुलेको छ। भर्ना छनौट निर्देशनालयले लेखा उप सेनानी प्राड उप सेनानी, पाइलट उप सेनानी र विभिन्न ट्रेडका प्राविधिक अधिकृत पदहरूको लागि दरखास्त आव्हान गरेको हो। पहिलो पटक चैत १४ गते प्रकाशित सूचनामा नेपाली सेनामा रिक्त रहेका पदहरू खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्ने उल्लेख छ। योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले […]
नेपालगन्ज — पाँच वर्षअघिको स्थानीय तहको निर्वाचनमा बाँकेका ८१ वडामा महिला वडाध्यक्षको संख्या शून्य रह्यो । संविधानले अनिवार्य तोकेको पदमा बाहेक महिला नेतृत्व अन्यत्र देखिएन । संविधानले स्थानीय तहको प्रमुख वा उपप्रमुखमा अनिवार्य व्यवस्था गरे पनि महिला नेतृहरू उपप्रमुखमा सीमित भए । तर, राजनीतिक दलका नेताहरूले राजनीतिमा महिला सहभागिताको मुद्दालाई दोहोर्याउन छाडेका छैनन् । आगामी वैशाख ३० मा हुने […]
काठमाडौं । आगामी ३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनमा विकट स्थानमा मतपत्र, मतपेटिका र निर्वाचन सामग्री ढुवानीको जिम्मा नेपाली सेनालाई दिइने भएको छ । गृहमन्त्री बालकृष्ण खाँणको नेतृत्वमा शुक्रबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले पारित गरेको ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ले विकट स्थानमा निर्वाचन सामग्री ढुवानीको जिम्मा सेनालाई दिएको हो । निर्वाचनका लागि […]
धनगढीः सुदूरपश्चिम प्रदेश सभाको सचिवमा नेपाल प्रहरीका अवकाश प्राप्त वरिष्ठ प्रहरी उपरीक्षक देवबहादुर बोगटी नियुक्त भएका छन्। तत्कालीन सचिव रामसिंह ठगुन्नाले राजीनामा दिएपछि बोगटी नियुक्त भएका हुन्। नियुक्तीपछि सभामुख अर्जुनबहादुर थापाले आजै पद तथा गोपनियताको सपथ गराएका थिए। डोटीको शिखर नगरपालिका‐२ घर भएका बोगटीले आइतबार नै पदबहाली गरेका छन्।
काठमाडौँ — आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता हुने भएका छन् ।निर्वाचन आयोगको आइतबार बसेको बैठकले अन्तिम मतदाता नामावली टुंगो लगाएको हो । आयोगका अनुसार ८९ लाख ९२ हजार १० जना पुरुष मतदाता छन् भने ८७ लाख ४१ हजार ५ सय ३० […]
दार्चुला– सशस्त्र प्रहरीले भारतीय स्काभेटरको चाबी खोसेको छ । दार्चुलाको महाकाली नदीमा तटबन्ध निर्माणमा प्रयोग गरिएको भारतीय स्काभेटरको चाबी सशस्त्र प्रहरीले खोसेको हो । अनुमतिबिना नेपालतर्फ आएपछि चाबी खोसेको पत्रकार भोजराज जोशीले बताए । नेपालसँग समन्वय नगरी दार्चुलातर्फ भारतीय स्काभेटर आएपछि सशस्त्र प्रहरीले चाबी खोसेको हो । ‘हामीसँग समन्वय नगरेर दार्चुलातर्फ भारतीय स्काभेटर आएको थियो […]
काठमाडौं, चैत १३ । निर्वाचन आयोगले आज स्थानीय तहको निर्वाचनको अन्तिम मतदाता नामावली प्रकाशन गर्दैछ । वैशाख ३० गते हुने निर्वाचनका लागि मतदाताको अन्तिम नामावली आज प्रकाशन गर्ने आयोगले जनाएको हो । नाम दोहोरिएका, मृत्यु भएकाहरूको समेत नाम हुन सक्ने भन्दै आयोगले दावी विरोधका लागि एक साताको समय दिएको थियो ।दावी विरोधपछि करिब एक लाख […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाच आयोगप्रति असन्तुष्टि जनाएका छन् ।आइतबार एमाले स्थायी कमिटी बैठलाई सम्बोधन गर्दै ओलीले मतपत्रको रङ बदल्ने निर्णयप्रति आपत्ति जनाउँदा जनाउँदै पनि बलमिच्याइ गरेको आरोप लगाए। ‘मत पत्रको रङ बदल्नै पर्छ,’ उनको भनाइ छ, ‘ यो विल्कुलै आपत्तिजनक कुरा हो । निर्वाचन आयोगले यस्ता क्रियाकलप गर्न मिल्दैन । […]
काठमाडौँ: राती ड्यूटी सकेर कार्यालय फर्किने क्रममा मोटरसाइकल दुर्घटनामा परी ललितपुरमा एक प्रहरीको मृत्यु भएको छ। अर्का एक व्यक्ति घाइते भएका छन्। महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहका अनुसार मृत्यु हुनेमा ललितपुरको सातदोबाटो प्रहरी वृत्तमा कार्यरत धादिङका प्रहरी जवान ३१ वर्षका नवीन न्यौपाने छन्। दुर्घटनामा घाइते भएका सोही कार्यालयमा कार्यरत तनहुँका सुमन सिंहको […]
धनगढी: सुदूरपश्चिम प्रदेशसभा सचिवालयको नवौं अधिवेशन(हिउँदे) आजदेखि सुरु भएको छ। प्रदेशसभाको आठौं (वर्षे) अधिवेशन गत असोज १५ गते राति १२ बजेदेखि अन्त्य गरिएको थियो। संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभाको एउटा अधिवेशन अन्त्य भएको छ महिनाभित्र अर्को अधिवेशन बोलाउनुपर्ने हुन्छ। अधिवशेनको पहिलो बैठकमा सांसदहरूले शुभकामना दिने र प्रदेशसभा सचिवालयमा दर्ता भएको प्रदेश दूग्ध विकास बोर्ड (पहिलो संशोधन) ऐन, […]
काठमाडौं । आगामी ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरी बन्न २ लाख ९३ हजार २ सय १६ जनाले आवेदन दिएका छन् । ७७ वटै जिल्ला प्रहरी कार्यालयमार्फत दर्खास्त मागिएकाभन्दा दोब्बर बढीले आवेदन दिएका हुन् । प्रहरी प्रधान कार्यालय, नक्सालले एक लाख म्यादी प्रहरीका लागि ६ देखि ११ चैतसम्म दर्खास्त दिन आह्वान […]
काठमाडौं, चैत १३ । निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि मतपत्रको डिजाइन तयार पारेको छ । आयोगले ७७ जिल्लामा ७७ वटै प्रकारका मतपत्र हुनेगरी डिजाइन तयार गरेको हो । आयोगले स्थानीय तहको निर्वाचनमा प्रयोग हुने मतपत्रको डिजाइनलाई शनिबारको बैठकमार्फत स्वीकृत गरेको हो । आयोग उच्च स्रोतका अनुसार ७७ जिल्लामा ७७ प्रकारका मतपत्र […]
काठमाण्डाै – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट दुरुपयोग भएको बताउनुभएको छ । नुवाकोटको शिवपुरी गाउँपालिकाद्वारा निर्मित भवनको हिजाे उद्घाटन कार्यक्रममा बाेल्दै उहाँले यस कार्यक्रमको १९/२० अर्ब रकमको व्यापक दुरुपयोग भएको र यसबाट कुनै रोजगारी सिर्जना नभएको बताउनुभएकाे हाे । ओली सरकारले आफ्ना कार्यकर्तालाई रकम बाँड्नलाई मात्र यो कार्यक्रम ल्याएको र […]
जनकपुरधाम । सर्लाहीमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने तीन दर्जनभन्दा बढी यात्रु घाइते भएका छन् ।बीरगञ्जबाट जनकपुरधामतर्फ आउँदै गरेको ना.४ख ८५५५ नम्बरको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत लालबन्दी नगरपालिकास्थित फुलजोर पुलबाट तल खसेर दुर्घटना भएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए । उनका अनुसार दुर्घटनामा चार जनाको मृत्यु भएको छ […]
काठमाडौं। नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीको डिटिजल मुखपत्रको रूपमा ‘कलमन्यूज डटकम डट एनपी’ बेब पोर्टल सुरु गरेको छ।पोर्टलको आइतबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शुभारम्भ गरेका हुन्। पोर्टलको एकीकृत समाजवादी निकट पत्रकार संगठन समाजवादी प्रेस संगठनले सञ्चालन गर्ने छ। पोर्टलमा एकीकृत समाजवादीका गतिविधिलाई समेटिने छ ।