होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ — स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने सैद्धान्तिक सहमति गरेका पाँच दल स्थानीय राजनीतिक लेखाजोखामा जुटेका छन् । गठबन्धनको चैत १७ मा बसेको बैठकले वडासम्मकै राजनीतिक प्रतिवेदन मागेपछि पाँचदलीय स्थानीय संयन्त्रले काम थालेका छन् । सात प्रदेश, ७७ वटै जिल्ला र ७ सय ५३ वटै पालिकामा गठित संयन्त्रले चैत २२ भित्र देशभरको प्रतिवेदन दिने र त्यसका […]
काठमाडौँ — निर्वाचन आयोगले राजनीतिक दल तथा स्थानीय तहका उम्मेदवारहरूलाई मतदाता नामावली विवरण सशुल्क उपलब्ध गराउने भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले शुल्क बुझाएर राजनीतिक दलहरूले मतदाता नामावली विवरण आयोगबाट लिन पाउने व्यवस्था गरिएको जानकारी दिए । आयोगले देशभर‚ प्रदेश‚ जिल्ला‚ पालिका र वडा स्तरमा लाग्ने मतदाता नामावलीको शुल्क क्रमशः ७ हजार‚ […]
, काठमाडौं । आगामी स्थानीय तह निर्वाचनमा काठमाडौंको मतपत्र सबभन्दा धेरै ५६ लहरको हुने भएको छ । निर्वाचन आयोगका अनुसार २३ लहर समूहका ७७ प्रकारका १ करोड ९४ लाख मतपत्र छाप्ने निर्णय भएको छ । सबभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुनेछ भने सबभन्दा धेरै ५६ लहरको मतपत्र काठमाडौंको हुनेछ ।
काठमाडौं । पछिल्लो समय नेपालका बिस्कुट उद्योगहरु समस्यामा परेका छन् । तरलता अभाव, कच्चा पदार्थको मूल्य वृद्धि, कच्चा पदार्थ आयातमा नगद मार्जिनको व्यवस्था, चोरीका बिस्कुटहरुको बिगबिगी र लगानी योग्य रकम अभावले उद्योगहरु थलिएको नेपाल बिस्कुट उद्योग संघले जनाएको छ । आर्थिक वर्षको सुरुवाती ९ महिनासम्म राम्रै चलेको उत्पादन मुलुक उद्योगहरु पछिल्लो एक महिनादेखि एक पछि […]
वैशाखमा हुने स्थानीय तह चुनावका लागि निर्वाचन आयोगले मतपत्र छपाइ सुरू गरेको छ।०७९ वैशाख ३० मा हुने निर्वाचनका लागि आयोगले मतपत्र छपाइको जिम्मा जनक शिक्षा सामग्री केन्द्रलाई दिएको थियो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले एक करोड ९४ लाख थान मतपत्र छपाइ गरिने बताए।आयोगका अनुसार सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुनेछ भने सबैभन्दा धेरै ५६ […]
काठमाडौं । कोभिड–१९ महामारीको अवधिमा नेपाल फर्किआएका र बन्दाबन्दीको कारणले अध्ययन गर्न जान नपाएको विद्यार्थीहरुले चैत २५ गतेभित्र निवेदन दिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुरोध गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै चीन लगायतका देशहरूमा उच्च शिक्षाका विभिन्न शैक्षिक कार्यक्रमहरूमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई मन्त्रालयको सूचना पाटी वा वेबसाइटमा राखिएको निवेदन ढाँचा अनुसार विवरण खुलाई […]
काठमाडौँः बतास समूहले राज्य आतंक गरेर व्यवसायीलाई हतोत्साहित बनाउने काम गरेको बताएको छ। उक्त समूहले पशुपति क्षेत्र विकास कोष र पर्यटनमन्त्री प्रेम आलेले राज्यशक्तिको दुरुपयोग गर्दै व्यवसायीलाई हतोत्साही बनाएको बताएको हो। बतास समूहका अध्यक्ष आनन्दराज बतासले विज्ञप्ति जारी गर्दै नेपाल–भारतमैत्री पशुपति धर्मशालाको विषयमा राज्यको जिम्मेवार तहबाट नै गैरकानुनी तथा स्थापित विधि, विधान, ऐन, नियम र […]
कपिलवस्तु । सात वर्षीय सकिल अहमद हातभरि हिलो छोपेर माटो मुछिरहेका छन् । हिलो माटोलाई डल्लो बनाएर इँटा बनाउने साँचोमा हाल्नमा उनी ब्यस्त छन् । सकिलको दैनिकी यसैगरी चलिरहेको छ । उनको शरीर पनि हिलाम्मे भएको छ । उनीसँगै परिवारका अन्य सदस्य पनि इँटा बनाउन ब्यस्त छन् । उनी विद्यालय र कापी किताबबारे अनविज्ञ छन् […]
स्थानीय तह निर्वाचन नजिकिएसँगै दलहरुले आ–आफ्नो नारा तय गरेका छन्। आगामी वैशाख ३० गते निर्वाचन हुने भएपछि मतदातालाई आकर्षित गर्न नाराहरू लिएर नेताहरु गाउँगाउँ छिरेका हुन्। नेपाली काँग्रेसले आगामी स्थानीय तह निर्वाचनमा ‘घरघर जाउँ काँग्रेसलाई जिताउँ’ भन्ने मुल नारा ल्याएको छ। सोही नारा लिएर काँग्रेस नेताहरु गाउँ गाउँ छिरेका छन्। यस्तै माओवादी केन्द्रले यसअघि स्थानीयतहमा […]
काठमाडौँ — १५ महिनादेखि १५ वर्षसम्मका सबै बालबालिकालाई आगामी शुक्रबारदेखि टाइफाइडविरुद्घको खोप दिइने भएको छ । २४ दिनसम्म चल्ने यस अभियानपछि नियमित खोप कार्यक्रममा पनि टाइफाइडविरुद्धको खोप दिने सरकारको तयारी छ । स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले देशव्यापी खोप अभियानमार्फत टाइफाइड संक्रमण र यसबाट हुने जटिलतालाई न्यूनीकरण गर्न देशव्यापी खोप अभियान […]
कञ्चनपुर : कञ्चनपुरमा घरदैलोमै गएर कोरोना भाइरसविरुद्धको खोप दिइँदै छ। कोरोनाविरुद्धको खोप सेवालाई प्रभावकारी बनाउन र लक्षित उमेर समूहका हरेक नागरिकलाई खोप उपलब्ध गराउन घरदैलोमै कोरोनाविरुद्धको खोप दिन लागिएको हो। हाल भीमदत्त नगरपालिका, निड्स नेपाल, लुथरन वर्ल्ड रिलिफ (एलडब्लुआर), बागेश्वरी असल शासन क्लब (बास) र युनिसेफको सहयोगमा भीमदत्त-९ मा कोरोनाविरुद्धको खोप अभियान जारी रहेको छ। […]
रत्ननगर : चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–९ बाँदरझुलाका ३९ वर्षीय सुरेश विक रहेका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। भरतपुर महानगरपालिका–२३ स्थित सो निकुञ्जको दोभान मध्यवर्ती सामुदायिक वनमा आइतबार साँझ विकलाई बाघले आक्रमण गरेको थियो। आफन्तको घरमा बस्दै आएका उनलाई घाँस […]
२० चैत, वाराणसी । भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक नगरी वाराणसीस्थित ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा निर्माण गरिने वृद्धाश्रमको भूमिपूजनसहित शिलान्यास गरेका छन् । नेपाल सरकारले वृद्धाश्रमका निम्ति रु एक करोड विनियोजन गरेको छ । यद्यपि, भवन निर्माणको ठेक्का लगाउन भने बाँकी छ । नेपालबाट तीर्थयात्रामा यहाँ आउनेहरुका लागि उक्त वृद्धाश्रम निर्माण […]
सरकारले अन्तरप्रदेश चल्ने लामा दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्मले वृद्धि गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आइतबार लामा दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्मले वृद्धि गरेको हो । मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार यातायात व्यवस्था विभागले यात्रुबाहक सवारीको भाडा १० प्रतिशतले बढाएको छ । यस्तै, पहाडमा मालबाहक सवारीका लागि १३ र तराईमा १५ प्रतिशतका […]
काठमाडौं, २० चैत। नेपाली सेना र अमेरिकी सेनाबीच शान्ति स्थापना कार्यसम्बन्धी संयुक्त सैन्य अभ्यास आजबाट नेपालमा सुरु भएको छ । नेपाली सेनाको स्पेशल अप्रेसन्स फोर्सेज र अमेरिकी स्पेशल अप्रेसन्स कमान्डका सदस्यहरू एम महिनासम्म चल्ने संयुक्त सैन्य अभ्यासमा सहभागी हुनेछन् । ‘आज अर्थात् ३ अप्रीलदेखि नेपाली सेनाको स्पेशल अप्रेसन्स फोर्सेज र अमेरिकी स्पेशल अप्रेसन्स कमान्डका सदस्यहरू […]
हुम्ला — जडिबुटीको खानी मानिने हिमाली जिल्ला हुम्लाबाट गत पुसयता पाँच लाख केजीभन्दा बढी जडिबुटी निकासी भएको छ । हुम्ला जिल्लावासीको मुख्य आयस्रोत नै जडिबुटी हो । हुम्लाबाट यस वर्ष १३ प्रकारका जडिबुटी निकासी भएका छन् । सबै प्रकारका जडिबुटी गरी ५ लाख केजीभन्दा बढी जडिबुटी निकासी भएको डिभिजन वन कार्यालय हुम्लाका वन अधिकृत रेणु […]
धनगढी: शनिबार कैलालीको अत्तरियास्थित पद्मा अस्पतालमा मृत्यु भएका बिरामीका आफन्तलाई १५ लाख क्षतिपूर्ति दिइएको छ। शनिवार साँझ अस्पताल प्रशासन, प्रहरी र स्थानीयबीच भएको सहमति अनुसार अस्पतालले सो रकम दिएको हो। उक्त सहमति भएसँगै आफन्तले शव बुझेका थिए। सहमति भएपछि शनिवार साँझबाटै अस्पतालले पनि आफ्नो सेवा सुचारु गरेको थियो। शुक्रवार राति उपचारका लागि अस्पतालमा पुगेका गोदावरी […]
काठमाडौं: नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आजदेखि हुने भएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गरेर नयाँ पार्टी गठन गरेका नेपालसहित १४ जना सांसद्विरुद्ध दायर गरेको रिटमा सर्वोच्चले यसअघि अन्तिम सुनुवाइका लागि चैत २० गते पेसी तोक्न आदेश जारी गरेको थियो। एमालेबाट अलग हुनु अघि नै […]
धनगढी : नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा धनगढी आउने कार्यक्रम तय भएको छ। काँग्रेस कैलालीका अनुसार २४ गते विहान प्रधानमन्त्री देउवा धनगढी पुग्ने कार्यक्रम तय भएको हो। सोही दिन प्रधानमन्त्री देउवाले धनगढी उपमहानगरपालिका वडा नम्बर ८ मा निर्माण भएको सिटीहलको उद्धघाटन गर्ने कार्यक्रम रहेको छ। संघीय सरकारको २५ करोड २६ लाख रुपैयाँको लागतमा […]
वाराणसी : भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा धार्मिक नगरी वाराणसी आइपुगेका छन्। उनलाई लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा उत्तर प्रदेश राज्यका उच्च अधिकारीहरूले स्वागत गरेका थिए। यहाँ रहँदा प्रधानमन्त्री देउवाले धर्मपत्नी डा आरजु राणा देउवासहित काशी विश्वनाथको पूजाअर्चना गर्ने कार्यक्रम छ। साथै प्रधानमन्त्री देउवाले यहाँस्थित समराजेश्वर पशुपतिनाथ महादेव तथा कालभैरव मन्दिरमा पुगेर पूजाअर्चना […]