होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मतदाता नामावलीको शुल्क लाग्ने‚ कुन तहमा कति ?
समाचार

मतदाता नामावलीको शुल्क लाग्ने‚ कुन तहमा कति ?

  • नागरिक रैबार
मतदाता नामावलीको शुल्क लाग्ने‚ कुन तहमा कति ?

काठमाडौँ — निर्वाचन आयोगले राजनीतिक दल तथा स्थानीय तहका उम्मेदवारहरूलाई मतदाता नामावली विवरण सशुल्क उपलब्ध गराउने भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले शुल्क बुझाएर राजनीतिक दलहरूले मतदाता नामावली विवरण आयोगबाट लिन पाउने व्यवस्था गरिएको जानकारी दिए ।

आयोगले देशभर‚ प्रदेश‚ जिल्ला‚ पालिका र वडा स्तरमा लाग्ने मतदाता नामावलीको शुल्क क्रमशः ७ हजार‚ ५ हजार‚ ३ हजार‚ १ हजार र ५ सय रुपैयाँ निर्धारण गरेको हो ।

निर्वाचन निर्देशिका २०७८ ले व्यवस्था गरेअनुसार नै मतदाता नामावली उपलब्ध गराउनेबारे व्यवस्था भएको प्रवक्ता पौडेलको भनाइ थियो । ‘केन्द्रबाट राजनीतिक दलको आधिकारिक पत्रको आधारमा ७ हजार तिरेर देशभरिको र ५ हजार तिरेर प्रदेशको उपलब्ध गराउन सकिन्छ भने जिल्लाबाट सम्बन्धित दलको पत्र वा उम्मेदवारको पत्रकार आधारमा जिल्लाभरिको ३ हजार पालिकाको १ हजार र वडाको आवश्यक भएमा ५ रुपैयाँ लिएर सम्बन्धित जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावलीको विद्युतीय कपी उपलब्ध गराउन सक्छ,’ उनले भने ।

विज्ञापन

प्रवक्ता पौडेलले सोमबार नै निर्वाचन आयोगको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक बसेको जानकारी दिए । उनका अनुसार सुरक्षा हेर्ने आयुक्त ईश्वरीप्रसाद पौडेलको संयोजकत्वमा बैठक बसेको बताए ।

‘उच्चस्तरीय निर्वाचन सुरक्षा समितिका संयोजक ईश्वरीप्रसाद पौडेलको संयोजकत्वमा बैठक बस्यो । आयोग र सुरक्षा निकायका प्रमुख, गृहसचिव, रक्षा सचिवलगायतसँग कुरा भयो । गृहमन्त्रालयले एकीकृत सुरक्षा योजनाको बारेमा जानकारी गरायो,’ उनले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार