होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
सरकारले आगामी आइतबार रामनवमी पर्वका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।यही चैत २४ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णयानुसार आइतबारका लागि सबै सरकारी कार्यालय, सरकारी निकायलाई सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ। यसअघि राम नवमीको अवसरमा मधेश प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको थियो।
धनगढीः प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार सुदूरपश्चिम आउने भएका छन्। एमाले बझाङ जिल्ला कमिटीले आयोजना गर्न लागेको बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न ओली सुदूरपश्चिमको बझाङ आउन लागेका हुन्। सो कार्यक्रममा करिब २ हजार बढी विभिन्न पार्टीबाट नेता कार्यकर्ताहरू एमाले प्रवेश गर्ने भएका छन्। सुदूरपश्चिम प्रदेशमा पहिलो पटक […]
धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी भएको छ । स्थानीय तह निर्वाचनका लागि आचारसंहिता लागु हुनुअघि कांग्रेस दुई मन्त्री र एक राज्यमन्त्री लिएर प्रदेश सरकारमा सहभागी भएको हो । कांग्रेसबाट संसदीय दलका नेता रणबहादुर रावल आन्तरिक मामिला तथा कानून र गोविन्द बोहोरा सामाजिक विकासमन्त्री भएका छन् । टेकबहादुर रैका सामाजिक विकास राज्यमन्त्री नियुक्त […]
काठमाडौं । आज चैत शुक्ल अष्टमी अर्थात हिन्दुहरूको पर्व चैते दसैं ।देवीको पूजा र उपासना गर्दै मनाइँदै छ।असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा हिन्दुहरूले वर्षको दुईपटक दसैं मनाउने गरेका छन् । असोजमा मनाइने दसैंलाई बडादसैं र चैतमा मनाइनेलाई चैते दसैंका रुपमा चिनिन्छ । पुराना कथन अनुसार, पहिले मुख्य दसैँ चैतमा पर्ने गर्दथ्यो […]
हाल नेपालमा स्थानीय वायुको साथै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षा भएको छ। शनिबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली, बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया […]
सुदूरपश्चिम : सुदूरपश्चिम प्रदेशसभाको नवौँ अधिवेशन (हिउँदे अधिवेशन) अन्त्य भएको छ। प्रदेशसभाको शुक्रबारको बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर हिजो राति १२ बजेदेखि अन्त्य गरिएको जानकारी गराएका हुन्। यही चैत १३ गते हिउँदे अधिवेशन सुरु भएको थियो। यो अधिवेशनका बैठकले सुदूरपश्चिम प्रदेश दुग्ध विकास बोर्ड ऐन, २०७७ लाई संशोधन गर्न […]
सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद पुनर्गठन हुने भएको छ । सत्तारुढ गठबन्धनबीच भएको सहमतिअनुसार सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन हुने भएको हो । हाल प्रतिपक्ष भूमिकामा रहेको नेपाली काँग्रेस सरकारमा सहभागी हुने भएको हो । काँग्रेस दुई मन्त्रालयसहित सरकारमा सहभागी हुन लागेको सरकारका प्रवक्ता समेत रहेकी कानुन मन्त्री पूर्णा जोशी जानकारी दिइन् । मंगलबार बसेको गठबन्धनको बैठकमा सुदूरपश्चिम […]
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले २०४६ पछि नेपाल काँग्रेस एमाले र माओवादीको गठबन्धनको शिकार भएको आरोप लगाएका छन् । शुक्रबार काठमाडौको खुलामञ्चमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देश सामान्य अवस्थाबाट देखेजस्तो नभएको भन्दै इतिहासकै कठिन ढंगबाट चलिरहेको बताए । ‘देश सामान्य अवस्थाबाट देखेजस्तो छैन । इतिहासकै कठिन ढंगबाट चलिरहेको छ’, उनले भने, ‘ठिक ढंगले […]
पोखरा । गण्डकी प्रदेश सरकारले आचारसंहिता लागू हुनु अघिल्लो दिन ११ वटै जिल्ला खेलकुद विकास समिति र एक अस्पतालका अध्यक्षसहितका पदाधिकारीलाई हटाएको छ । गण्डकी प्रदेश सरकारले खेलकुद विकास समितिका पदाधिकारी निर्वाचन पछि नियुक्त गर्ने तयारी गरेको छ । तर संक्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन समितिको अध्यक्ष र सदस्य भने शुक्रबार नै नियुक्त गरेको […]
राप्रपाका वरिष्ठ नेता पशुपति शम्शेर राणाले अपवित्र सम्झौताबाट नेपाललाई धर्मनिरपेक्ष बनाइएको भन्दै राप्रपाले हिन्दु राष्ट्र बनाइ छाड्ने दावी गरेका छन् । शुक्रबार काठमाडौको खुलामञ्चमा भएको चुनावी सभालाई सम्बोधन गर्दै नेता राणाले हिन्दु राष्ट्र नेपालको पहिचान भएको भन्दै कुन साजिसबाट धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेर सम्पुर्ण नेपालीलाई धोखा दिएको राणाको भनाइ छ । ‘हामी यो मुलुकलाई हिन्दु […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा चुनावमा ३ सिट जितेर देखाउन माधवकुमार नेपाललाई चुनौती दिएका छन् । पार्टी एकीकरणको बेला आफूले दिएको सिटलाई प्रचण्ड र माधवकुमार नेपालले दुरुपयोग गरेर आफैंमाथि प्रहार गरेको उनको आरोप छ । शुक्रबार काठमाडौंमा आयोजित पार्टी निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपालको चौंथो राष्ट्रिय महाधिवेशनमा ओलीले एकीकृत समाजवादीका […]
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग तालमेलको प्रयास भइरहेको बताएका छन् । एमालेसँग समझदारी भयो र कानुनी रुपमा मिल्यो भने राप्रपा नेपालका उम्मेदवारहरुले पनि सूर्य चुनाव चिन्ह लिएर लड्ने थापाले बताए । पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा थापाले भने, एमालेसँगको सहकार्यलाई उच्च प्राथमिकता दिने नीति […]
रौतहटको यमुनामाई गाउपालिका २ भेडियाही लमहा नदीमा शुक्रवार एक महिलाको शव फेला परेको छ । नदीको बीच भागमा महिलाको शव फेला परेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी बरुण सिंहले जानकारी दिए । मृतकको पहिचान खुल्न नसकेको र मृत्युको कारण पता लाग्न नसकेको उनले जानकारी दिए । अहिले घटनास्थलमा प्रहरी टोली पुगेको र घटनाबारे अनुसन्धान […]
पोखरा । गण्डकी प्रदेश सरकारले तत्कालीन एमाले सरकारले नियुक्त गरेका संक्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद पौडेलसहित ४ पदाधिकारीलाई पदमुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई पदमुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिएका छन् । चैत १८ गतेको मन्त्रिपरिषद्को बैठकले अध्यक्ष पौडेललगायत चार जना पदाधिकारीलाई ‘पदबाट किन […]
धनगढीः भारतीय राजदूतावासले दार्चुलामा शिक्षा र स्वास्थ्य क्षेत्रमा रु छ करोड सहयोग गर्ने भएको छ। दुहुँ गाउँपालिका वडा नं ३ स्थित जनविकास माध्यमिक विद्यालय बारबाज र नौगाडको इयरकोट स्वास्थ्य चौकी भवनलगायतका संरचना निर्माणका लागि भारतीय राजदूतावासले सहयोग गर्ने भएको हो। यसका लागि भारतीय राजदूतावास र नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, दुहुँ गाउँपालिका […]
काठमाडौंः नेपाल बार एसोसिएसनमा सत्तारुढ गठबन्धननिकट कानून व्यवसायीहरूको संयुक्त प्यानल विजयी भएको छ। अध्यक्षमा गोपालकृष्ण घिमिरेसहित सबै पदमा सत्तारुढ गठबन्धननिकट उम्मेदवारहरू विजयी भएका हुन्। कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसनका पूर्व अध्यक्षसमेत रहेका घिमिरेले नेकपा एमालेनिकट प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहका उम्मेदवार विष्णुमणि अधिकारीलाई बार अध्यक्षमा पराजित गरेका हुन्। त्यस्तै महासचिवमा गठबन्धन उम्मेदवार अञ्जिता खनाल र […]
धनगढीः कैलालीको गोदावरी नगरपालिका-२ को वडाध्यक्षमा कांग्रेसबाट कमल कडायतले उम्मेद्वारी दिने घोषणा गरेका छन्। आसन्न स्थानीय तहको निर्वाचनमा उनले वडाध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका हुन्। उनी २०७४ सालको स्थानीय निर्वाचनमा सदस्यमा निर्वाचित भएका थिए। यस्तै उनले आफ्ना मतदाताहरुसँग मत दिएर सहयोग गर्न आग्रह समेत गरेका छन्।
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आयात घटाउन नसके नेपालको अर्थतन्त्रमा थप चुनौती रहेको बताएका छन् । शुक्रबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको ‘बाह्य क्षेत्र स्थायित्वको चुनौती’ विषयक सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले आयात प्रतिस्थापन नगरेसम्म बाह्य क्षेत्रको स्थायित्वमा जोखिम कायमै रहने बताएका छन् । कोभिड-१९ को प्रभाव घटेसँगै कर्जा विस्तार, बढ्दो आयात र […]
काठमाडौं । सरकारले बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले गरेका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गरेका हुन् । मन्त्रिपरिषदका निर्णय पढ्नुहोस् : हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रवन्धकमा श्री वसन्तकुमार पाण्डेलाई नियुक्ति गर्ने । बुढीगण्डकी जलविद्युत आयोजना सम्बन्धी नेपाल सरकार मन्त्रीपरिषद्को मिति २०७५/६/५ को निर्णय खारेज गर्ने । अमलेगञ्ज […]
काठमाडौं, २५ चैत । बेलायतको युनिभर्सिटी अफ सेन्ट्रल लकांशायरले बिज एजुकेशनको आयोजनामा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं नेपाली वैज्ञानिक डा. महावीर पुन मगरलाई सम्मान गरेको छ । डा. पुनले नेपालको खोज, अनुसन्धान तथा प्रविधिको क्षेत्रमा पु¥याएको योगदान र उनको कर्मको प्रतिफलस्वरुप सम्मान गरिएको हो । सो अवसरमा डा. पुनसँग अन्तक्र्रियासमेत गरिएको थियो । कार्यक्रममा डा […]